Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #निर्वाचन_आयोग
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #सिसी क्यामेरा
  • #रास्वपा
  • #गगनकुमार थापा
  • #नाकछोङ
Search Here
समाचार
  • Home
  • समाचार
  • म्यानपावर कम्पनीलाई शाखा खोल्न अनुमति
म्यानपावर कम्पनीलाई शाखा खोल्न अनुमति
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ३, २०७९
Hardik health
काठमाडौं - सरकारले वैदेशिक रोजगार व्यवसाय सञ्चालनसम्बन्धी इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीलाई देशभित्र शाखा कार्यालय सञ्चालन गर्न अनुमति दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले आइतबार एक सूचना जारी गरी इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरुलाई देशभित्र शाखा कार्यालय सञ्चालन गर्न अनुमति दिने जानकारी दिएको हो । सूचनामा जनाइए अनुसार कुनै पनि म्यानपावर कम्पनीले स्वदेशमा शाखा कार्यालय खोल्न चाहेमा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७४(२) तथा नियमावली २०६४ को नियम ४७ (२) बमोजिम विभागमा निवेदन दिन सकिनेछ । यसका लागि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्थाले स्वदेशमा शाखा कार्यालय सञ्चालनसम्बन्धी कार्यविधि, २०७९ को प्रक्रिया पूरा गरी निवेदन पेस गर्न विभागले आग्रह गरेको छ । शाखा कार्यालय सञ्चालनका लागि म्यानपावर कम्पनीले वैदेशिक रोजगार व्यवसाय गर्ने इजाजतपत्र लिएको कम्तीमा एक वर्ष पूरा भएको हुनुपर्ने विभागले जनाएको छ । यसैगरी एउटा इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले बढीमा छ वटासम्म शाखा कार्यालय खोल्न पाउने छन् । तर, विभागले एक प्रदेशमा एकभन्दा बढी शाखा खोल्न नपाइने उल्लेख गरेको छ । विभागले तोकेको मापदण्डअनुसार वार्षिकरुपमा तीन हजार जना कामदार पठाउने म्यानपावरले तीन वटासम्म, पा“च हजार जना पठाउने कम्पनीले पाँच वटासम्म र पाँच हजारभन्दा बढी कामदार पठाउने कम्पनीले बढीमा छ वटासम्म शाखा कार्यालय खोल्न अनुमति पाउने छन् । प्रस्तावित शाखा कार्यालयको भौतिक पूर्वाधार निरीक्षण तथा प्रतिवेदन विभागबाट तोकिएपछि मात्र गर्नुपर्ने उल्लेख गरिएको छ । उल्लिखित मापदण्डबाहेक म्यानपावर कम्पनीले शाखा खोल्ने सम्बन्धमा १५ थरी कागजात पेस गर्नुपर्नेछ । जसमा शाखा कार्यालय खोल्ने निवेदन, सञ्चालक समितिको निर्णय रहेको माइन्युट, यसअघि शाखा कार्यालय भए/नभएको जानकारीपत्र, संस्था सञ्चालन गर्ने इजाजतपत्रको प्रतिलिपि रहेको छ । त्यस्तै कम्पनी दर्ता, सेयर लगत, कम्पनी अद्यावधिक, आयकर दर्ता प्रमाणपत्रको प्रतिलिपि, गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, संस्थाले इजाजतपत्र लिएबापत नगद धरौठी तथा बैंक ग्यारेण्टी गरेको प्रमाणको प्रतिलिपि, शाखा प्रमुखको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिका साथै शाखा प्रमुखको चालचलनसम्बन्धी प्रतिवेदन अनिवार्य पेस गर्नुपर्ने विभागले जनाएको छ । यतिमात्र नभइ विभागले शाखा कार्यालयमा काम गर्ने कर्मचारीका नागरिकताको प्रतिलिपि, सम्बन्धित श्रम तथा रोजगार कार्यालयको निरीक्षण प्रतिवेदन, कार्यालय रहने घरबहाल सम्झौता, शाखाको कार्ययोजना तथा भौतिक पूर्वाधार र जनशक्तिको विवरण, अख्तियार प्राप्त कर्मचारी/कानुन व्यवसायीको परिचयपत्र र अख्तियारीनामासहित शाखा कार्यालय सञ्चालनबापत पा“च लाख रुपैयाँ धरौटी राखेको प्रमाण पेस गर्नुपर्ने अनिवार्य सर्त राखेको छ । उल्लिखित प्रक्रिया र कागजातहरुको प्रतिलिपि सम्बन्धित संस्थाको प्रमुखले प्रमाणित गरी विभागमा पेस गरेपश्चात् शाखा कार्यालय सञ्चालनको अनुमति पाइने विभागका शाखा अधिकृत प्रदीपकुमार ढकालले जानकारी दिए । यसअघि म्यानपवारलाई शाखा कार्यालय खोल्न अनुमति दिइए पनि केही वर्षदेखि ठगी तथा नियमनमा समस्या भएको भन्दै विभागले शाखा खोल्न बन्देज गरेको थियो । तत्पश्चात् वैदेशिक रोजगार व्यवसायीहरुले म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय खोल्न दिनुपर्ने माग गर्दै आइरहेका थिए । विभागका अनुसार यसअघि २७ वटा म्यानपावरले शाखा कार्यालय खोल्न अनुमति पाएका छन् ।  
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  ०८:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल आइतबार, पुस ६, २०८२
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी आइतबार, पुस ६, २०८२
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP