Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘देशमा नयाँ स्किम आउँदा विरोध हुन्छ’
‘देशमा नयाँ स्किम आउँदा विरोध हुन्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १, २०७६
Hardik health
काठमाडौं–सरकारले ल्याएको सामाजिक सुरक्षा योजनामा निजी व्यावसायिक प्रतिष्ठानहरूबाट विरोध आइरहेको सन्दर्भमा सञ्चारकेन्द्र नेपालले ‘सामाजिक सुरक्षा कोष – भ्रम र वास्तविकता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रियसभाका सदस्य राम नारायण विडारीले सामाजिक सुरक्षा ऐन संविधानको पालना भएको भएपनि केही व्यक्तिहरूले यसलाई असफल पार्न प्रयत्नशील रहेको बताए । सामाजिक सुरक्षासम्बन्धी करको विषयमा, धेरै तलब खाने कर्मचारीहरूको बीचमा केही अप्ठ्याराहरू रहेका भएपनि सामाजिक सुरक्षा योजना आकर्षक योजना भएको उनले बताए । पछिल्लो समय विभिन्न सरकारी स्वामित्वका कार्यालय र बैंक तथा वित्तिय क्षेत्रका अधिकारीहरूले आफूखुसी नियम बनाएर मनोमानी रकम लिँदै आएकाहरूलाई मात्र अप्ठ्यारो पर्ने भएकाले सामाजिक सुरक्षा योजनामा नजान अस्थायी र ज्यालादारी कर्मचारीहरूलाई उछालेको आरोप उनले लगाए । तर उनले अस्थायी र ज्यालादारी कर्मचारीहरू समेत सामाजिक सुरक्षा योजनाको हकदार भईरहने कानुनमै स्पष्ट भएको दाबी गरे । देशमा नयाँ स्किम आउँदा विरोध हुने भन्दै उनले भ्याट लागू हुने बेलामा समेत केही अवैध काम गर्ने उद्योगी, व्यापारीहरूले अफवाह फैल्याएका थिए भ्याटका विषयमा जस्तै केही व्यक्तिले अन्योलता फैल्याउने कोसिस गरिरहेको भएपनि सामाजिक सुरक्षा योजनासम्बन्धी योजना सामान्य मान्छेहरूका लागि ठीक भएको जिकिर गरे । कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले पछिल्लो समय बजारमा सामाजिक सुरक्षासम्बन्धी हल्लाहरू फैल्याइएकोमा आपत्ति जनाउँदै यथार्थतमा गएर आफूहरूको आलोचना गर्न सुझाव दिए । उनले विश्वका शक्ति राष्ट्रहरू अमेरिका युरोपहरूमा रहेका नेपालीलेसमेत सामाजिक सुरक्षाको फाइदाहरू लिइरहेको जनाउँदै अन्तराष्ट्रिय सामाजिक सुरक्षाको अवधारणा अनुसार नेपालमा पनि सामाजिक सुरक्षा कार्यक्रमलाई अघि बढाइएको बताए । सामाजिक सुरक्षा कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी चार वटा स्किमहरू ल्याएको छ । कार्यकारी निर्देशक ज्ञवालीले सामाजिक सुरक्षा कोषमा प्रशिक्षार्थी कामदारहरूसमेत कोषका सहभागि भएको जानकारी गराउँदै यसभन्दा अगाडि ३ महिनाका लागि प्रशिक्षार्थीका रूपमा कामदार राख्दै आएकोमा हाल ६ महिनाका लागि कामदार राखेर कोषमा सहभागि भएकाले सामाजिक सुरक्षा कोषका स्किमहरू आकर्षक रहेको दाबी गर्दै यसलाई सफल कार्यान्वयन गराउन आफूहरू लागि परेको बताए । कार्यक्रममा बैंकर संघका सिइओ अनिल शर्माले सामाजिक सुरक्षा कोष आफूहरूको आपत्ति नभएको भन्दै सामाजिक सुरक्षा योजना अन्र्तगत केही कन्फ्युजहरू आफूहरूमा रहेका बताए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द प्रसाद चौलागाईंले पछिल्लो समय सरकारले ल्याएको सामाजिक सुरक्षासम्बन्धी योजनाहरू समग्र श्रमिकहरूको हक हितमा भएकाले यसलाई प्रभावकारी ढंगले कार्यन्वयन गर्न सबै पक्षले सहयोग गर्नुपर्ने धारणा राखे ।
प्रकाशित मिति: बुधबार, माघ १, २०७६  ०५:५९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP