काठमाडौं— निजी क्षेत्रको हकहित संरक्षणका साथै मुलुकको आर्थिक सामाजिक विकास गर्ने उद्देश्यले स्थापित नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश गरेको छ । चेम्बरको ६९ औँ वार्षिक साधारणसभा तथा ‘चेम्बर दिवस २०७६’ का अवसर पारेर आज यहाँ आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको लगानीबाट मात्र मुलुकको समृद्धि सम्भव नभएकाले यसका लागि निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको बताए ।
‘मुलुक उच्च आर्थिक वृद्धिको बाटोमा छ । यो सरकारको लगानीबाट मात्रै सम्भव भएको होइन, सरकारले जम्मा एक तिहाई लगानी गरेको छ, बाँकी दुईतिहाइ निजी क्षेत्रले लगानी गरेको छ, त्यसले नै अर्थतन्त्र सबल दिशामा अगाडि बढेको हो’, उनले भने ।