Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जापानसँग जिटुजी सम्झौता: कामदार पठाउन अझै अलमल
जापानसँग जिटुजी सम्झौता: कामदार पठाउन अझै अलमल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १५, २०७९
Hardik health
काठमाडौं- सरकारले वैदेशिक रोजगारीका लागि जापानसँग जिटुजी (सरकार–सरकारबीच) सम्झौता गरे पनि अझै कामदार पठाउन सकेको छैन । दुई देशबीच सन् २०१९ को मार्चमा जापानमा नेपाली कामदार लैजाने विषयमा श्रम समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीपत्र कार्यान्वयनमा अझै अलमल भइरहेको छ । जापानसँग भएको मेमोरेण्डम अफ को–अपरेसन (एमओसी)मा नेपालबाट स्पेसिफाइड स्किल वर्कर (एसएसडब्ल्यू) अर्थात् भाषा र सीप भएका कामदार रोजगारीका लागि जान पाउने उल्लेख गरिए पनि दुई देशका सम्बन्धित प्रतिनिधिहरु बैठक बस्नुबाहेक अरू प्रगति भएको छैन । एमओसीमा उल्लेख भएअनुसार साढे पाँच हजारभन्दा बढी नेपाली युवाहरु भाषा र सीप परीक्षा उत्तीर्ण गरेर जापान रोजगारीका लागि प्रतीक्षारत छन् । अहिले भाषा र सीप पास गरेर बसेका युवाहरु जापान जान पाइने हो कि होइन भन्ने अन्योलको अवस्थामा छन् । नेपाली युवाहरुलाई जापानमा रोजगारीका लागि लैजाने समझदारीपत्रमा हस्ताक्षर भएलगत्तै तयारी थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ठोस कदम चाल्न सकेको छैन । जसका कारण जापान जान तयार भएका कामदारहरू जान पाएनन् । गत साउन १९ गते दुई देशबीच काठमाडौंमा दोस्रो बैठक बसेर जापानमा केयरगिभर, कृषि, निर्माणक्षेत्र र रेस्टुरेण्टमा कामदार पठाउने निर्णय ग¥यो । तर, मन्त्रालयले अझै आवश्यक कार्यविधि बनाउन सकेको छैन । बैठकमा स्पेसिफाइड स्किल वर्कर (एसएसडब्ल्यू) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापान पठाउन सरकारले कार्यविधि बनाउनुपर्ने भए सो कार्य गर्न जापानले औंल्याएको थियो । आफूले गर्नुपर्ने तयारी समयमै पहिल्याउन नसक्दा केही ढिलाइ भएको मन्त्रालयका उपसचिव एवं सहप्रवक्ता डा. थानेश्वर भुसालले बताए । उनका अनुसार कोरोना महामारी र नेपालको तर्फबाट गर्नुपर्ने तयारीमा केही कमजोरी भएका कारण भाषा र सीप परीक्षा उत्तीर्ण भएका युवाहरु जापान जानबाट अड्किएका छन् । नेपाल–जापान संयुक्त कार्यसमितिको बैठकले नेपालले गर्नुपर्ने तयारी गर्न र रोजगारीका लागि जापानले त्यहाँका रोजगारदाताहरुलाई जानकारी दिने र कामदारको माग गर्ने जनाए पनि अहिलेसम्म कुनै सन्देश नआएको मन्त्रालयले जनाएको छ । एसएसडब्लु प्रणालीमार्फत विभिन्न १४ वटा व्यावसायिक क्षेत्रमा रोजगारीका लागि नेपालीलाई लैजान सकिने जापानले जनाएको छ । तर, जापान कामदार पठाउन दक्षिण कोरियाकै जस्तो प्रणाली अपनाउने वा वैदेशिक रोजगार व्यवसायीसँग साझेदारी गरी पठाउने भन्नेबारे मन्त्रालय प्रष्ट देखिएको छैन । एमओसी सम्झौता अनुसार संयुक्त कार्यसमितिको बैठक बसे पनि यसले आफैं निर्णय कार्यान्वयन गर्न नसक्ने भुसालले बताए । ‘यसले दुई पक्षबीच देखिएका समस्याका विषयमा छलफल गर्ने र समाधान निकाल्न आफ्नो सरकारलाई सुझाव दिने काम गर्छ,’ भुसालले भने । यद्यपि, जतिसक्दो छिटो कामदारहरुलाई जापान पठाउन गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ ।भाषा, सीप उत्तिर्ण गरेका युवाहरुलाई जापान पठाउन अलमल भइरहेपनि श्रम स्वीकृति लिएर नेपालीहरु जापान रोजगारीमा गइरहेकै छन् । कोरोना महमारीकै बीच आर्थिक वर्ष २०७६÷७७ मा ९३९ जना नेपाली कामदार जापान गएको वैदेशिक रोजगार विभागले जनाएको छ । त्यस्तै २०७७÷७८ मा ५५३ र २०७८÷७९ मा दुई हजार ४७८ नेपाली कामदार जापान गएको विभागको तथ्यांकमा उल्लेख छ । अहिले जापानका मल्टिनेसनल कम्पनी तथा होटल÷रेस्टुरेण्टहरुमा कामदारको उच्च माग रहेको बुझिएको छ । यस्तो अवस्थामा पनि नेपालबाट कामदार पठाउन ढिलाइ हुनुले रोजगारी गुम्ने खतरा रहेको जानकारहरु बताउँछन् । भाषा र सीप सिकेर जापान जाने नेपाली कामदारले त्यहाँ काम गर्दा जापानी नागरिकसरह सेवासुविधा पाउने छन् । अहिले जापानमा रोजगारीका लागि गएका कामदारले मासिक दुई लाखभन्दा बढी पारिश्रमिक पाउने गरेका छन् । जापानले नेपालसहित चीन, थाइल्याण्ड, भियतनाम, फिलिपिन्स, इण्डोनेसिया, म्यानमार, कम्बोडिया र मंगोलियालगायतका देशबाट कामदार आपूर्ति गर्ने नीति लिएको छ । जसअन्तर्गत थाइल्याण्ड, फिलिपिन्स, इण्डोनेसियाबाट अहिले कामदार आपूर्ति भइरहेको बताइन्छ ।
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  ०९:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP