Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ऐतिहासिक घरमाथि डकुमेन्ट्री
ऐतिहासिक घरमाथि डकुमेन्ट्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०७६
ghar copy
Hardik health
काठमाडौं– पूर्वको मोरङ उर्लाबारीबाट १३ किमि उत्तरमा एउटा पहाडी थुम्को छ । त्यही थुम्कोमुनि एउटा पुरानो घर देखिन्छ, जहाँ कुनै समय राष्ट्रपति विद्या भण्डारी, पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, पूर्वउप–प्रधानमन्त्री भरतमोहन अधिकारीदेखि नेता मदन भण्डारीसम्मले लामो समय बिताएका थिए । पञ्चायतको अनुदार समयमा नेताले भूमिगत सेल्टर बनाएको यो घर यतिबेला बेवारिस छ । यही ऐतिहासिक घरको नालीबेली र हालको अवस्थिति समेटेर साहित्यकार अनिल पौडेलले डकुमेन्ट्री फिल्म बनाएका छन, ‘एउटा घरको कथा ।’ मिक्लाजुङ गाउँपालिकाको टाँडी ढुम्केस्थित जंगल छेउ रहेको उक्त घर हो, तिलबहादुर राईको । मुलुकमा प्रजातन्त्र ल्याउन किसान आन्दोलनमार्फत सक्रिय राईको यो घरका भित्ताभित्र भूमिगत खोपाहरू देखिन्छ, जहाँ नेताहरूले पढ्ने प्रतिबन्धित पुस्तकहरू अहिले पनि भेटिन्छन । भूमिगत बस्दा पिसाब फेर्ने बाँसको ढुंग्रो, नेताहरूले प्रयोग गरेका गुन्द्री, खाटदेखि गीत गाउन प्रयोग गरिएका सारंगी र विनायोजस्ता बाजाहरू पनि असरल्ल छन् । केही जलेका, केही च्यात्तिएका त केही माकुराको जालोमा बेरिएका पुस्तकहरू निकै ऐतिहासिक लाग्छन् । हस्तलिखित डायरीमा झलकमान गन्धर्वदेखि पुराना ‘जनताका गीतहरू’ सम्म भेटिन्छन् । ‘तीन वर्षअघि तिलबहादुरको निधन भएपछि यी सबै सामग्री अभिभावकविहीन बनेका हुन्’ डकुमेन्ट्रीको परिकल्पनाकार एवं निर्माता पौडेलले भने, ‘मुलुक हाँक्ने ठूला मान्छेहरूलाई संरक्षण गरेको यो घर आज आफैंमा जीर्ण र एकान्तिक बनेको छ ।’ काठको भरपुर प्रयोग गरेर बनाइएको घरमा अहिले कोही छैन । पति बितेपछि पत्नी मनमाया राई छोरीको घर बस्दै आएकी छन् । ‘मदन भण्डारीको पत्नी लामो समय यहीँ बस्नुभएको थियो,’ डकुमेन्ट्रीमा मनमायाले सोझो लवजमा भनेकी छन् ‘लामो समय छोरी निशाको लालनपालन पनि यहीँ भएको थियो’ आफूले पञ्चायतको सुराकी र सुरक्षाकर्मीको खतराबाट बचाउँदै खाना पकाएर दिएका नेताहरू ठूलो मान्छे भएको समाचार टीभीमा आउँदा ‘बोलौं बोलौँझैँ लाग्ने’ प्रतिक्रिया दिएकी छन् मनमायाले । साहित्यकार पौडेलका अनुसार २०२६ सालदेखि मनमोहन अधिकारी र भरतमोहन अधिकारीहरूले यो घरलाई सेल्टरको रूपमा प्रयोग गर्न थालेका थिए । कालान्तरमा यो घर ‘पार्टीघर’ कै रूपमा चिनियो । ‘२०४६ को परिवर्तनसम्म यो घर चेतनाको विश्वविद्यालयजस्तै थियो,’ पौडेलले भने, ‘अध्ययन, बहस र प्रशिक्षणहरू हुन्थे ।’ हालै मोरङको बेलबारीमा सार्वजनिक प्रदर्शनीसमेत गरिएको डकुमेन्ट्रीमा नेता गुरु बरालले दक्षिणतिरको गाउँमा किसान विद्रोह हुँदा बन्दुक लुकाउने थलो पनि यही घर भएको बताएका छन् । मुलुकको राजनीतिक परिवर्तनको साक्षीको रूपमा रहेको घरलाई संरक्षण र प्रबद्र्धन गर्नुपर्ने डकुमेन्ट्री निर्देशक पौडेलले बताए ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  ०८:३४
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
पारिवारिक कथामा बन्यो ‘हर्ष’
पारिवारिक कथामा बन्यो ‘हर्ष’ बिहीबार, कात्तिक २०, २०८२
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP