Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियाको पहिलो प्राथमिकतामा नेपाली कामदार संख्या बढाएर लैजाने तयारी
मलेसियाको पहिलो प्राथमिकतामा नेपाली कामदार संख्या बढाएर लैजाने तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १२, २०७९
Hardik health
काठमाडौं- मलेसिया सरकारले नेपाली कामदारलाई पहिलो प्राथमिकतामा राख्दै थप संख्यामा लैजाने तयारी गरेको छ । नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाले आगामी दिनमा नेपालबाट लैजाने कामदारको संख्या बढाउने जनाएको हो । कोरोना महामारीका कारण मलेसियाले झण्डै दुई वर्षदेखि नेपाललगायत अन्य मुलुकबाट आप्रवासी श्रमिक प्रवेशमा कडाइ गर्दा यतिखेर कामदारको अभाव झेल्नुपरेको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कोरोनाको चपेटाले आप्रवासी कामदार प्रवेशमा कडाइ गर्दा मलेसियामा गत आर्थिक वर्षमा नेपालबाट ३५ हजारको हाराहारी मात्र कामदार गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । विविध कारणले कामदारको अभाव हुन थालेपछि मलेसिया सरकारले श्रमिकहरुको पक्षमा केही नीतिगत परिवर्तनसमेत गरेको छ भने सकेसम्म आप्रवासी कामदार भित्र्याउन पहल थालेको छ । गत फेब्रुअरीमा मलेसिया सरकारले २०२२ को अन्त्यसम्ममा १० लाख आप्रवासी कामदार भित्र्याउने घोषणा गरेको थियो । तर, अगस्टसम्ममा मुस्किलले दुई लाख कामदारमात्र भित्र्याएको त्यहाँको मानव संसाधन मन्त्रालयले जनाएको छ । यसै सेरेफेरोमा रहेर नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फाजिल अबु हसनले आगामी दिनमा मलेसिया जाने कामदारको संख्यामा वृद्धि गरिने जानकारी दिएका छन् । उनले केही दिनअघि मलेसिया सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसँगको भेट गरी नेपाली कामदारको संख्यामा वृद्धि गर्ने तयारी भइरहेको जानकारी दिएका थिए । कार्यवाहक राजदूत हसनले संख्या बढाउने तयारी भएको मात्र नभई आगामी दिनमा औसतभन्दा बढी नै कामदार लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली श्रमिकलाई मलेसिया सरकारले पहिलो प्राथमिकतामा राखेको पनि जानकारी दिए ।कोरोना महामारी मत्थर भएसँगै मलेसियाले आप्रवासी श्रमिक प्रवेशका लागि बाटो खुला गरेपछि अहिले मलेसिया जाने नेपालीको संख्या ह्वात्तै बढेको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् । ‘मलेसियाले गत फेब्रुअरीमा घोषणा गरेअनुसार १० लाख विदेशी कामदार आपूर्ति हुने अवस्था नआएपछि अहिले नेपाली कामदार लैजाने रफ्तार बढाउँछौं भनिएको हो,’ नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमुद खनालले भने, ‘अहिले मलेसियाले भनेजति विदेशी कामदार लैजान नसकेको र युक्रेन युद्धका कारण खाडी मुलुकमा कामदारको माग घटेको बेला मलेसियाले संख्या बढाउनु नेपालीहरुका लागि राम्रो अवसर हो ।’ आम्दानीको हिसावले पनि खाडी मुलुकभन्दा मलेसियामा राम्रो कमाइ हुने उनले बताए । सरकारले आवश्यक सहजीकरण गरिदिने र श्रम स्वीकृतिका प्रक्रियालाई छोट्याउने हो भने छिटोभन्दा छिटो थुप्रै नेपाली युवाले मलेसिया रोजगारीमा जाने अवस्था निर्माण हुने खनालको भनाइ छ । ‘यतिखेर मलेसियालाई सर्भिस सेक्टर, प्लान्टेसन, कन्ट्रक्सन र म्यानुफ्याक्चरिङमा विदेशी कामदार चाहिएको छ, यो सुनौलो अवसर पनि हो र यसबाट नेपालले लाभ लिन सक्नुपर्छ,’ खनालले भने । अर्का एक व्यवसायीले भने नेपाली कामदार बढी लैजान्छौं भन्नु प्रोपोगाण्डा मात्रै भएको बताए । ‘अहिले मलेसियामा लेबर क्राइसिस छ, यस्तो अवस्थामा कामदारको संख्या बढाउन खोज्नु जायज भए पनि धेरै मान्छे लैजान्छौं भन्नु प्रोपोगाण्डा मात्रै हो,’ ती व्यवसयीले भने । उनका अनुसार मलेसियाले तोकेको निश्चित मेडिकललाई नेपाल सरकारले स्वास्थ्य परीक्षणमा अवरोध नगरोस् भन्ने मनसायका साथ कामदारको संख्या बढाउने कार्ड फालिएको हो । तर, पछिल्लो समय मलेसिया सरकारले श्रमिकको आधारभूत पारिश्रमिक बढाउने निर्णय गरेस“गै नेपालीहरुको लागि मलेसिया अकर्षक गन्तव्य बनेको उनको भनाइ छ ।मलेसियाले हाल आधारभूत पारिश्रमिक वृद्धि गरी १५ सय मलेसियन रिंगेट (४२ हजार रुपैयाँभन्दा बढी) पुर्‍याएको छ । त्यस्तै नेपाल–मलेसियाबीच भएको श्रम समझदारीबमोजिम बायोमेट्रिक स्वास्थ्य परीक्षणको सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्ने व्यवस्था पनि मलेसियाले कार्यान्वयनमा ल्याएको छ । जसअन्तर्गत नेपाली कामदारहरुले मेडिकल चेकजाँचका लागि नेपालमा तिरेको शुल्क रोजगारदाताले पहिलो महिनाको पारिश्रमिकसँगै अनिवार्य फिर्ता दिनुपर्ने व्यवस्था गरेको छ । उल्लिखित व्यवस्थासहित ‘फ्रि भिसा, फ्रि टिकट’को प्रावधान पूर्णरुपमा कार्यान्वयनमा आए मलेसियाको ३० प्रतिशत विदेशी कामदार नेपालबाट आपूर्ति हुने व्यवसायीहरुको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP