Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
विश्व
  • Home
  • विश्व
  • अफ्रिकी आप्रवासी चराहरू तातो र सुख्खा मौसमका कारण  खतरामा
अफ्रिकी आप्रवासी चराहरू तातो र सुख्खा मौसमका कारण  खतरामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ५, २०७९
Hardik health
एजेन्सी -  अफ्रिकी महाद्वीपको मध्य र पूर्वमा विनाशकारी खडेरी निम्त्याएको तातो र सुख्खा मौसमका कारण आप्रवासी चराहरू खतरामा परेका छन् । जलवायु परिवर्तन र लामो खडेरीको कारण अफ्रिकी केही मुलुकहरूमा देखिएको तातो र सुख्खा अवस्थाले यहाँ यात्रा गर्ने केही प्रजातिहरूलाई कठिन बनाएको छ । उनीहरूले आवश्यक पानीको स्रोत र प्रजननका लागि आवश्यक आधारहरू गुमाइरहेका छन् र धेरै प्रजाती अहिले खतरामा परेका छन् वा चिसो उत्तरी क्षेत्रमा सर्दै उनीहरूको बसाइँसराइको ढाँचालाई पूर्ण रूपमा परिवर्तन गर्न बाध्य छन् । अफ्रिकाका दुई हजारभन्दा बढी चरा प्रजातिहरूमध्ये लगभग १०% प्रजातिहरू खतरामा छन्, माडागास्कर माछा चील, ताइटा फाल्कन र हुड गिद्धहरूजस्ता दर्जनौं प्रवासी चराहरूका २८ प्रजातिहरूलाई ‘गम्भीर संकट’ उत्पन्न गरेको देखिएको छ । तीमध्ये एक तिहाइभन्दा बढी विशेषगरी जलवायु परिवर्तन र चर्को गर्मी मौसमको जोखिममा रहेको वातावरणीय समूह बर्डलाइफ इन्टरनेसनलको विश्लेषणले देखाएको छ । बर्डलाइफका नीति संयोजक केन मवाथेले भने, “जलवायु परिवर्तनका कारण जल तथा जमिनमा पाइने अन्य प्रजातिजस्तै चराहरू पनि प्रभावित भइरहेका छन् । “खडेरीका कारण आप्रवासी चराहरू चराहरू कै अन्य समूहहरूको तुलनामा बढी प्रभावित हुन्छन् आप्रवासी चराहरूले आफ्नो यात्राको दौडान भरोसा गर्ने ठाउँ कुनै न कुनै रूपमा बिग्रिएको हुन सक्छ र तिनीहरू हिँडडुल गरिरहनुपर्छ,” मवाथेले बताए । जाडोको लागि भूमध्य सागर र सहारा मरुभूमि हुँदै दक्षिण यात्रा गर्ने चराहरूको लागि उडान करिडोर चराहरूको अफ्रिकी–युरेशियाली उडानमार्ग (फ्लाईवे) मा पर्ने करिब दुई हजार ६०० भन्दा बढी स्थानहरू स्थानान्तरण गर्ने चराहरूको लागि बसाईसराइका लागि अस्थाई बसोबास स्थल हुने गर्दछन् । संयुक्त राष्ट्रसंघको वातावरणमामिला निकाय र संरक्षण समूह वेटल्यान्ड्स इन्टरनेसनलले गरेको एक अध्ययनअनुसार अफ्रिकी स्थलमध्ये ८७ प्रतिशत जलवायु परिवर्तनको जोखिममा छन्, जुन युरोप वा एसियाको तुलनामा बढी हो । विश्व मौसम विज्ञान संगठनका अवकाशप्राप्त मौसमविद् तथा विज्ञान निर्देशक इभान्स मुकोल्वेका अनुसार अफ्रिका जलवायु परिवर्तनको चपेटामा परेको छ किनभने त्यहाँ वातावरणीय अनुकूलनका लागि सीमाहरू रहने गर्छन् । ‘गरिबी, जैविक विविधताको ह्रास, चरम मौसमी घटना, पूँजीको अभाव र नयाँ प्रविधिमा पहुँच’ले महाद्वीपलाई जंगली प्रजातिहरूको वासस्थान संरक्षण गर्न थप कठिन बनाएको उनले बताए । प्रकृतिमाथि मानवीय हस्तक्षेपका कारण जलवायु परिवर्तन र कम वर्षा हुँदा तापक्रममा आउने वृद्धिले चराहरूले आप्रवासी यात्राको क्रममा निर्भर हुने प्रमुख सिमसार क्षेत्र र पानीका स्रोतहरूलाई खुम्च्याउँछ ।  
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ०९:००
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इजरायलद्वारा तेहरानका दुई सैनिक क्षेप्यास्त्र उत्पादन स्थलमा आक्रमण
इजरायलद्वारा तेहरानका दुई सैनिक क्षेप्यास्त्र उत्पादन स्थलमा आक्रमण बुधबार, चैत ११, २०८२
लाल सागरमा आप्रवासीको मृत्यु रेकर्ड स्तरमा
लाल सागरमा आप्रवासीको मृत्यु रेकर्ड स्तरमा बुधबार, चैत ११, २०८२
दक्षिणी लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु, ३४ घाइते
दक्षिणी लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु, ३४ घाइते बुधबार, चैत ११, २०८२
इजरायली आक्रमणका कारण लेबनानबाट सिरियामा लाखौँ मानिसहरु स्थानान्त्रण : आइओएम
इजरायली आक्रमणका कारण लेबनानबाट सिरियामा लाखौँ मानिसहरु स्थानान्त्रण : आइओएम बुधबार, चैत ११, २०८२
अमेरिकी प्रस्ताव इरानसम्म पुगेको दाबी
अमेरिकी प्रस्ताव इरानसम्म पुगेको दाबी बुधबार, चैत ११, २०८२
दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्वः संयुक्त राष्ट्र
दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्वः संयुक्त राष्ट्र बुधबार, चैत ११, २०८२
तेल भण्डार थप खोल्न जापानको आग्रह
तेल भण्डार थप खोल्न जापानको आग्रह बुधबार, चैत ११, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP