Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #किम_जु
  • #किम_जोङ_उन
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • द्रूतगतिमा सडक बनाउन बनाउन निर्देशन
द्रूतगतिमा सडक बनाउन बनाउन निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २७, २०७६
Hardik health
फिदिम–भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रबी–भेडेटार सडक निर्माण कार्य द्रूतगतिमा बनाउन सम्बन्धीत निर्माण कम्पनी तथा सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् । पूर्वी पहाडी जिल्लाको विशेष चासोको रूपमा रहेको यो सडक निर्माणको कार्य एकदमै सुस्त भएको पाइएपछि स्थलगत निरीक्षणमा पुगेका मन्त्री नेम्वाङले निर्माण कार्य तत्काल द्रूतगतिमा अघि बढाउन निर्देशन दिएका हुन् । ‘यहाँका नागरिकको जीवनसँग जोडिएको यो सडक निर्माणको कार्य सुस्त भएको जनगुनासाका आधारमा स्थलगत निरीक्षणमा आउनुपरेको हो’ पाँचथर र धनकुटाको सीमावर्ती छ नम्बर बुधारे बजारमा आयोजित कार्यक्रममा उनले भने, ‘पहिला यहाँ फिल्डमा के भएको छ भनेर हेर्न आएका हौँ । काठमाण्डौँ पुगेपछि उचित निर्णय लिनेछौँ ।’ ‘ठ्याक्कै एक वर्षअघि प्रधानमन्त्री ज्यूले यो सडकको शिलान्यास गर्नुभएकाले उहाँको समेत यसमा धेरै चासो छ’ उनले भने, ‘सडक निर्माणको ठूलो रकम भारतीय सरकारको ऋण सहयोग रहेकाले भारत पक्षसँग पनि छलफल गर्नुपर्ने आवश्यकता देखिएको छ ।’ मेची र कोशी जोड्ने यो सडकको प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सक्रियतामा कालोपत्रको ठेक्का लागेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सस्तो ऋण सहयोगअन्तर्गत यो सडक निर्माण गर्ने समझदारी भएको थियो । गत वर्षको पुस २० गते प्रधानमन्त्री ओलीले पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रबीमा यो सडकको शिलान्यास गरेका थिए । १०१ किलोमिटर लामो यो सडकले पाँचथर, इलाम र धनकुटा जिल्लालाई जोड्दछ । यस सडकबाट यी जिल्लाका अतिरिक्त मोरङ, ताप्लेजुङ र तेह्रथमुका नागरिकले समेत प्रत्यक्ष लाभ लिन सक्दछन् । यति लामो सडकखण्डमा एउटा पनि पुल निर्माण गर्नु नपर्ने राँके–रबी–भेडेटार सडक आयोजनाका प्रमुख राजेन्द्र शाहले जानकारी दिए । तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सडकको पूर्ण ट्र्याक खोल्ने कामले नै अपेक्षाकृत गति लिन नसकेको आयोजना उनको भनाइ छ । पछिल्लो पटक निर्माणले केही गति लिएपनि निर्धाति समयमा पूरा गर्न ‘चमत्कारिक’ काम गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए । सात मिटर चौडा बाटोले यहाँका धेरै व्यापारिक केन्द्र र ठूलो परिमाणमा कृषि उपज उत्पादन हुने क्षेत्रलाई जोड्नेछ । २०४६ सालपछि सडकको ट्र्याक खोलिएपनि स्तरोन्नति र कालोपत्र हुन सकेको थिएन् । भारतको आयात–निर्यात (एक्जिम) बैङ्कको तीन अर्ब ६५ करोडको ऋण सहयोगमा यो सडक निर्माण हुन लागेको हो । यस आयोजनामा ८७ प्रतिशत लगानी भारतीय सरकारको ऋण सहयोग र बाँकी १३ प्रतिशत नेपाल सरकारको छ । सडक निर्माणको जिम्मा भारतीय कम्पनी एप्कोले पाएको छ । भारतीय निर्माण कम्पनीका आधिकारिक पदाधिकारीसँग काठमाडौंमा छलफल गरी उचित रणनीति तय गर्ने निश्कर्ष सहित मन्त्रालयको टोली आज काठमाडौं फर्किएको आयोजना प्रमुख शाहले वताए । सडक अनुगमनपूर्व शुक्रवार बिहान मन्त्री नेम्वाङले पाँचथर–इलाम सीमावर्ती राँके बजारमा पाँचथर र इलामका सुरक्षा निकायका प्रमुखसहितको बैठक राखेका थिए । बैठकमा निर्माण कम्पनीका प्रतिनिधि, राँके–रबी–भेडेटार सडक आयोजनाका प्रतिनिधि तथा प्राविधिकहरूले सडक निर्माणको प्रगतिबारे उनलाई जानकारी गराएका थिए । राँके–रबी–भेडेटार सडक आयोजनाका प्रमुख राजेन्द्र शाहका अनुसार १८ महिनामा सडक निर्माणमा २५ प्रतिशत प्रगति हुनुपर्ने थियो । ‘तेह्रौँ महिनासम्ममा कूल भौतिक प्रगति ४ प्रतिशत मात्रै छ । यसरी यो सडक निर्धाति समयमा पूरा हुन नसक्ने कुरा हामीले जानकारी गराएका छौँ’ बैठकपछि शाहले भने । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशवकुमार शर्मासहित मन्त्री नेम्वाङ यो सडकको स्थलगत निरीक्षणमा आइपुगेका थिए । रासस
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  ०७:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
गैरआवासीय नेपाली संघकाे गम्भीर चिन्ता व्यक्त
गैरआवासीय नेपाली संघकाे गम्भीर चिन्ता व्यक्त बिहीबार, भदौ २६, २०८२
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP