Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पुनर्निर्माण कार्य सन्तोषजनक
पुनर्निर्माण कार्य सन्तोषजनक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २७, २०७६
Hardik health
काठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को बैठकले पुनर्निर्माणका कार्यहरू सन्तोषजनक रूपमा अघि बढेको निष्कर्ष निकाल्दै बाँकी काम छिटो सक्ने गरी काम गर्न सुझाव दिएको छ । बैठकको निष्कर्ष सुनाउँदै प्रधानमन्त्री एवं परामर्श परिषद्का अध्यक्ष केपी शर्मा ओलीले पुनर्निर्माणका कार्य प्रगति सन्तोषजनक भएको र देखिएका समस्याहरूलाई समाधान गर्दै बाँकी काम सकेसम्म छिटो गर्न प्राधिकरणलाई सुझाव दिएको बताए । बैठकले भूकम्पपछिको राहत, उद्धार र पुनर्निर्माण बारेका सिकाई र अनुभवहरू अहिलेका पुस्तामा सचेतना जगाउन र भावी पुस्तालाई जानकारी दिनका लागि संरक्षित र सुरक्षित गर्न पनि सुझाव दिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माणका सिकाई र अनुभव बाँड्नका लागि आगामी वर्ष नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीले पुनर्निर्माण राम्रो गतिमा अघि बढेको र नेपालको पुनर्निर्माण तथा विपदको क्षेत्रमा काम गरेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूले आफूसँगको भेटमा पुनर्निर्माणमा नेपालले हासिल गरेको प्रगति उल्लेखनीय र अनुकरणीय भनेको जानकारी दिए । उनले समस्या र जटिलताहरूलाई समाधान गर्दै पुनर्निर्माण अघि बढेको बताउँदै पुनर्निर्माणलाई अझ प्रभावकारी रूपमा अघि बढाउन नीतिगत र व्यवहारिक पक्षमा सुधार गर्न, काम गर्ने तरिकामा सुधार गर्न, सामाजिक जागरण बढाउन, स‌ंगठीत संस्थाहरूलाई परिचालन गर्न, स्थानीय र प्राविधिकहरूलाई अझ सकृय पार्न सुझाव दिए । सांसद अग्नि सापकोटाले धरहरा उठ्दै गरेकाले थप आशा जगाएको भन्दै पुनर्निर्माणका धेरै क्षेत्रमा काम भएको बताए । उनले स्थानीय तहसँग समन्वय गरी गुनासाको सम्बोधन गर्न, सम्पदा पुनर्निर्माण, पुस्तकालय पुनर्निर्माण, विश्व विद्यालय पुनर्निर्माणमा जोड दिन सुझाव दिए । सांसद यज्ञराज सुनुवारले पुनर्निर्माणका कार्य उत्साहजनक रूपमा अघि बढेको भन्दै पुनर्निर्माण प्राधिकरणलाई धन्यवाद दिए । उनले निजी आवास पुनर्निर्माणमा ओखलढुङ्गा अग्रस्थानमा रहेको उल्लेख गर्दै एकीकृत बस्ती पुनर्निर्माणमा आकर्षण बढाउन सरकारले पूर्वधार विकासमा विशेष ध्यान दिनुपर्ने बताए । सांसद सुनुवारले विद्यालय राम्रा बनेकोमा प्रशंसा गर्दै खानेपानी, पुल, प्रवलीकरण, गुनासो सुनुवाई लगायतमा ध्यान दिन सुझाव दिए । सांसद प्रेम सुवालले भक्तपुरको कला संग्रहालय नेपाली शैलीमा बनाउनका लागि सहयोग गर्न प्राधिकरणलाई आग्रह गर्दै निजी आवास पुनर्निर्माणको अनुदान र सहुलियत ऋण बढाउन आग्रह गरे । सांसद पम्फा भुसालले पुनर्निर्माणका राम्रा कामप्रति धन्यवाद दिँदै व्यवहारिक रूपमा स्वबासी र गुठीको समस्या अझै रहेको बताईन् । सांसद विरोध खतिवडाले प्रवलीकरण र स्वास्थ्य संस्थाहरू पुनर्निर्माणको संख्या कम भएको भन्दै त्यसको कारण दिन आग्रह गर्नुभयो । सांसद हितबहादुर तामाङले व्यवहारिक रूपमा भिन्नु भएका तर लालपूर्जा नबनेका कारण लाभग्राही हुन नसकेका भूकम्पपीडितलाई सम्बोधन गर्न सुझाव दिए । त्यस्तै, सांसद हरि राज अधिकारीले गोरखाको एउटा वस्ती जोखिममा रहेकोले त्यसको स्थानान्तरणका लागि प्राधिकरणको ध्यानाकर्षण गराए । परामर्श परिषद्को बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको वर्तमान अवस्था र कार्ययोजना पेश गर्नु भएको थियो ।उनले निजी आवास पुनर्निर्माण अन्तर्गत ६२ प्रतिशत पूरा भएको, २५ प्रतिशतको पुनर्निर्माण जारी रहेको र १७ प्रतिशत पुनर्निर्माण सुरु हुन बाँकी रहेको जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  ०७:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP