Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #किम_जु
  • #किम_जोङ_उन
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सार्वजनिक यातायात सुरक्षित हुनुुपर्छ – नेता नेपाल
सार्वजनिक यातायात सुरक्षित हुनुुपर्छ – नेता नेपाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २७, २०७६
Hardik health
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन आवश्यक रहेको औँल्याएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको प्रथम राष्ट्रिय साधारण सभाको उद्घाटन कार्यक्रममा शनिबार बोल्दै यातायात क्षेत्रको एकाधिकारको अन्त्य गर्दै यस क्षेत्रमा रहेका बेथिति र विकृति नियन्त्रणका लागि नियमनकारी निकाय सक्रिय हुन जरुरी भएको उल्लेख गरेका हुन् । नेता नेपालले मुलुकभित्र सार्वजनिक यातायात मात्र नभई विद्यालय, हवाई कम्पनी तथा बैंक वित्तीय संस्थालगायत जुनसुकै निकाय खोल्नका लागि कुनै सीमितता नरहेको र हचुवाका भरमा बग्रेल्ती संस्था खुल्ने परिपाटी रहेको भन्दै त्यसलाई बदल्न नियमनकारी निकायको विशेष ध्यान जान जरुरी भएको बताए । नेता नेपालले भने, ‘देशमा उदारभावको नाममा बग्रेल्ती अनुमति दिइन्छ, कति सङ्ख्या हो, कुनै सीमितता छैन । अर्कोतर्फ खुलेका संस्थाको अनुगमन प्रणाली प्रभावकारी छैन, जसले गर्दा सेवा गुणस्तरतामा ह्रास आउँछ, अन्ततोगत्व लगानीकर्ताले सेवाबाटै विमुख हुनुपर्ने अवस्था पनि सिर्जना हुन्छ, त्यसैले राम्रोसँग अध्ययन गरेर मात्र यातायात सेवा सञ्चालनको अनुमति दिनुपर्छ, प्रतिस्पर्धा र नियमनलाई राज्यका निकायले अझ बढी जिम्मेवार र सक्रिय भएर लाग्नुपर्ने जरुरी छ ।’ पूर्वप्रधानमन्त्री तथा नेता नेपालले मुलुकभित्र राज्यले बृहत्तर ढंगले दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजनाका कामलाई अघि बढाउने परिपाटीको विकास नहुँदा लगानीअनुरूपको प्रतिफल आउन नसकेको समेत बताएका छन् । नेता नेपालले भने, ‘हामी विमानस्थल, सडक वा पुल जे पूर्वाधार बनाउँदैछाँै, त्यो कति अवधिमा कस्तो गुणस्तरको बनाउने भन्ने मापदण्ड छैन । साँघुरो हेराइ, संकीर्ण सोचका कारण मुलुकको विकासको गतिलाई तीव्रता दिन सकिन्न । जुनसुकै पूर्वाधार बनाउँदा १० वर्ष, २० वर्ष वा ५० वर्ष कति अवधिसम्मका लागि हो कति खर्च लाग्छ आदि विषय शुरुमै निर्धारण गरेर आयोजना अघि बढाउन जरुरी छ ।’ चालकको लापर्बाहीका कारण मुलुकमा सवारी दुर्घटना बढ्नुका साथै ठूलो जनधनको क्षति बेहोर्नुपरेको उल्लेख गर्दै उहाँले चालकलाई उत्तरदायी बनाउन आवश्यक प्रशिक्षणका साथै उनीहरूलाई अनुशासित र मर्यादित बनाउनेतर्फ सरोकार भएका निकायले ध्यान दिनुपर्ने खाँचो आँैल्याएका थिए । कार्यक्रममा विभिन्न यातायात व्यवसायी संगठनका प्रतिनिधिले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउन राज्यका नियमनकारी निकाय र निजी क्षेत्रका व्यावसायिक संस्थाले सहयोग र समन्वयात्मक ढंगले लाग्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सार्वजनिक यातायातलाई अनुशासित, व्यवस्थित, मर्यादित र सुरक्षित बनाई यात्रु उपभोक्ता, सरकार मजदूर र व्यवसायीबीचको एकतालाई थप सुमधुर तुल्याउने उद्देश्यले महासङ्घ स्थापित भएको बताए । महासंघमा देशैभरका सार्वजनिक यातायात क्षेत्रका ५४ संगठन आबद्ध रहेको बताइएको छ । साधारणसभाले सार्वजनिक यातायात सेवालाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाई सेवाको गुणस्तर अभिवृद्धका लागि संस्थाले आगामी दिनमा प्रभावकारी नीति लिने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  ०६:३६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
गैरआवासीय नेपाली संघकाे गम्भीर चिन्ता व्यक्त
गैरआवासीय नेपाली संघकाे गम्भीर चिन्ता व्यक्त बिहीबार, भदौ २६, २०८२
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP