Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • नेपाली चलचित्रको इतिहास, पात्र र प्रवृत्तिको सँगालो :‘क्लोज–अप
नेपाली चलचित्रको इतिहास, पात्र र प्रवृत्तिको सँगालो :‘क्लोज–अप
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २७, २०७९
close up
Nada Auto Show 2026
Hardik health
 काठमाडौं - नेपाली चलचित्रको इतिहास सात दशक लामो छ । भारतमा निर्मित पहिलो नेपाली चलचित्र ‘सत्य हरिश्चन्द्र’ र विसं २०२२ मा नेपालमा छायाङ्कन गरिएको पहिलो चलचित्र ‘आमा’देखि हालसम्मका यस क्षेत्रभित्रका अन्तरकुन्तर अनगिन्ती छन् । नेपाली चलचित्रको एउटा सिङ्गो इतिहास मानिने ‘शाही नेपाल चलचित्र संस्थान’ अहिले फरक रुपमा अस्तित्वमा छ । यस बेलामा अगुवाहरु साक्षीका रुपमा हाम्रा अगाडि छन् । कतिपयले भौतिक चोला गुमाइसकेका छन् । नेपाली चलचित्रका तिनै आयामहरुलाई समेटिने गरी चलचित्र पत्रकार जीवन पराजुलीले ‘क्लोज–अप’ पुस्तक बजारमा ल्याएका छन् । नेपाली चलचित्रका विविधपक्ष र पात्रमा आधारित यो पुस्तक नेपाली चलचित्रका विभिन्न कालखण्डमा योगदान दिने साठी भन्दा बढी व्यक्तिहरुसँग संवाद गरी तयार भएको हो । डेढदशकदेखि मनोरञ्जन विधामा रहेर पत्रकारिता गर्दै आएका पराजुलीले मेहनतपूर्वक तयार गरेको पुस्तकमा ‘शाही नेपाल चलचित्र संस्थान’देखि पछिल्ला उतारचढालाई जीवनीको माध्यमबाट व्यक्त गरिएको छ । उक्त जुन दरबारको सक्रियतामा सुरु भएको थियो, आज एउटा पब्लिक कम्पनीको रुपमा रहेको छ । यसको इतिहास र वर्तमानलाई लेखकले संस्थानका पहिलो महाप्रबन्धक यादव खरेल एवं संस्थानमा लामो समय कर्मचारीको रुपमा काम गरेका चेतन कार्कीसँग पराजुलीले गरेको संवाद पस्किएका छन् । कार्की अहिले जीवित हुनुहुन्न । भारतबाट नेपाल आएर नेपाली चलचित्रमा योगदान दिने केही कलाकार, निर्देशक तथा सङ्गीतकर्मीहरुसँग गरिएको संवाद पुस्तकमा समावेश छ । भाषाले नेपाली तर नागरिकको हिसाबमा भारतीय हुँदा उनीहरुले भोग्नुपरेका कठिनाइ उतारिएको छ त्यति हुँदाहुँदै पनि नेपाली चलचित्रलाई उनीहरुले दिएको योगदानको चर्चा गरिएको छ । लगातार पच्चीस वर्ष भारतको सिक्किमको मुख्यमन्त्री बन्नुभएका पवन चाम्लिङ, जसले सिक्किममा नेपाली चलचित्रको अविभावकको जिम्मेवारी पूरा गरे उहाँसँग समेत संवाद गरी समावेश गरिएको छ । तीन सयभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरी नेपाली दर्शकबाट महानायकको उपाधिसमेत पाउन सफल राजेश हमाल र उनीसँग जोडिएर आउने प्रमुख पात्रहरुको खण्ड पुस्तकको रोचक पक्ष हो । सफल अभिनेता हुन के कति सङ्घर्ष, व्यवस्थापन तथा मेहनतको जरुरी छ भन्ने हमालका अनुभवबाट सिद्ध हुन्छ । हालसम्ममा नेपाली फिचर चलचित्र निर्देशनमा जम्मा १४ जना मात्र महिला निर्देशक भएको बेग्लै खण्डले पाठकलाई नयाँ खुराक दिएको छ । आधा शताब्दी भन्दा लामो नेपाली चलचित्रको इतिहासमा नेपाली चलचित्रले जम्मा १४ जना निर्देशक पाएको यथार्थ यस पुस्तकले बाहिर ल्याएको छ । किन महिलाहरु चलचित्र निर्देशनमा थोरै छन् ? उनीहरुले किन निरन्तरता दिन सकेनन् ? निर्देशन गर्ने महिलाको अवस्था कस्तो छ ? यस्तै यावत् प्रश्नहरुको जवाफ यस पुस्तकले दिएको छ ।नेपाली चलचित्र निर्देशनमा सञ्चारकर्मी बाक्लो उपस्थिति छ । भुषण दाहाल, नवीन सुब्बा, मनोज पण्डित, दीपेन्द्र लामा जस्ता २८ सञ्चारकर्मीहरु जसले नेपाली चलचित्र उद्योगमा आफ्ना चलचित्रबाट उथलपुथल बनाएका छन् । सञ्चारकर्मी दाहालले पहिलो नेपाली डिजिटल चलचित्र ‘कागबेनी’ निर्देशन गरी चलचित्र निर्माणको तरिका नै बदल्न सफल रहेको प्रसङ्ग सुब्बाले निर्देशन गरेको चलचित्र ‘नुमाफुङग’ ले पहिलो पटक नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजार पाएको सन्दर्भ तथा लामो समय चलचित्र समीक्षाममा कलम कुँदाएका पण्डित र लामाले बनाएका चलचित्रले दिएका फरक सन्देश यस पुस्तकमा गहिरो गरी अभिलेख गरिएको छ । आफ्नो ‘करिअर’ खोज्दै भारतमा भौँतारिन पुगेका केही विशिष्ट व्यक्ति जस्तैः गायक उदित नारायण झा, निर्देशक शम्भु प्रधान, सङ्गीतकार मुरलीधर, अभिनेता टीका पहारीलगायतका प्रसङ्ग पनि रोचक रुपमा लेखिएको छ । चलचित्र क्षेत्रमा आवद्ध व्यक्तिका बारेका खोजी हुँदा सतही र विरोधाभासपूर्ण जानकारी मात्र पाइने अवस्थाबाट यस पुस्तकले धेरै हदसम्म बाहिर निस्कन मद्दत गरेको अनुभव गर्न सकिन्छ । एउटै पुस्तकमा सबैलाई समेट्न नसकिने हुँदा यस पुस्तकमा केही पक्ष छुटेको महसुस भए तापनि अन्य खण्ड प्रकाशित गर्ने जानकारी लेखक पराजुलीले पुस्तकमार्फत दिएका छन् यस पुस्तकले पहिलो पटक नेपाली चलचित्र उद्योगका धेरै रोचक प्रसङ्ग, केही रहस्य अनि परिचित पात्रका अपरिचित प्रसङ्गहरु बाहिर ल्याउन सफलता पाएको छ । समग्रमा पुस्तकमा समेटिएका पात्रका परिचय, प्रवेश, भोगाइ र बुझाइले नेपाली चलचित्र उद्योगलाई अलग आयामबाट बुझ्न सघाएको छ । -रासस
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश बुधबार, भदौ ३, २०८३
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP