Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बेलायतमा नेपाली नर्सलाई रोजगारी :भदौ पहिलो साता श्रम सम्झौता हुने
बेलायतमा नेपाली नर्सलाई रोजगारी :भदौ पहिलो साता श्रम सम्झौता हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २६, २०७९
nursebides
Hardik health
काठमाडौं- बेलायतमा नेपाली नर्स पठाउने विषयमा भदौ पहिलो हप्ता श्रम सम्झौता हुने भएको छ । जी–टू–जी (सरकार–सरकारबीच) श्रम सम्झौता हुने प्रक्रिया अन्तिम चरणमा पुगेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भदौको पहिलो हप्ता सम्झौता हुने जानकारी दिएको छ । गत जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयलाई बेलायतसँग द्विपक्षीय श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा मन्त्रालयले श्रम सम्झौताका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आन्तरिक गृहकार्य थालेको थियो । यसैबीच बेलायत सरकारबाट श्रम सम्झौताका लागि प्रस्ताव आएको मन्त्रालयले जनाएको छ । बेलायतमा स्वास्थ्य जनशक्ति पठाउन पहिलेदेखि नै प्रक्रिया अगाडि बढाए पनि दुई देशबीच सम्झौता नसक्दा अवसर हुँदाहुँदै पनि नेपालीहरु बेलायतमा रोजगारका लागि जान सकिरहेका थिएनन् । नेपालस्थित बेलायती दँताबासका प्रतिनिधिहरुले भदौको पहिलो हप्ता श्रम सम्झौताका लागि तयार रहन जानकारी दिएको मन्त्रलयका उपसचिव एवं सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए । उनले भने, ‘श्रम सम्झौता भदौ पहिलो हप्ता हुने निश्चितजस्तै छ, अगस्ट २२ (भदौ ६ गते) सम्म हस्ताक्षर गर्ने तयारी गरिए पनि त्यो भन्दा दुई–चार दिन अगाडि नै हुन पनि सक्छ । जे होस् भदौ पहिलो हप्ता श्रम सम्झौता टुंग्याइन्छ ।’ नर्स लैजान कस्तो मापदण्ड तय गरिएको छ भन्ने सवालमा भुसालले अहिले नै त्यसको टुंगो नलाग्ने बताए । उनका अनुसार श्रम सम्झौतालाई पहिलो प्राथमिकतामा राखिएको छ र त्यसपछि मात्रै मापदण्डका अन्य विषयमा क्रमिकरुपमा सम्झौता हुँदै जानेछ । श्रम सम्झौतापछि नेपालबाट ठँलो संख्यामा नर्सहरुलाई रोजगारीका लागि बेलायत जाने बाटो खुल्नेछ । श्रम सम्झौताको पहिलो वर्ष बेलायतले दुई हजार नर्सिङ जनशक्ति लैजाने तयारी गरेको छ । नेपाल सरकारले भने पहिलो चरणमा २०० देखि ४०० नर्स पठाउन सकिने जनाएको छ । यसरी बर्सेनि दुई हजार नर्सिङ जनशक्ति पठाउने हो भने आगामी पाँच वर्षमा १० हजार नर्सले बेलायतमा रोजगारी पाउने निश्चित छ । यद्यपि, यो संख्यामा तलमाथि हुन सक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार अहिलेको आकडा हेर्दा बेलायत सरकारको मागअनुसार नेपालले नर्सहरु पठाउन कठिन पर्ने देखिन्छ । नेपालबाट एएनएम, स्टाफ नर्स, बिएन, बिएस्सी नर्सिङ र मास्र्टस् गरेका नर्सहरुले बेलायतमा रोजगारीका लागि अवसर पाउने छन् । त्यस्तै ल्याब असिस्टेण्ट, अनमी, फार्मेसिस्टलगायतले पनि जान पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । बेलायत जाने नर्सहरुले त्यहाँको नागरिकले पाएसरहको सेवा सुविधा पाउने बताइएको छ । बेलायत जाने नर्सहरुले अनिवार्य इन्टरनेसनल इंग्लिस ल्यांग्वेज टेस्टिङ सिस्टम (आइइएलटिएस) मा ६.५ देखि ७ अंक प्राप्त गर्नुपर्नेछ । बेलायत जाने स्वास्थ्य जनशक्तिले नेपालको नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिएको हुनुपर्नेछ । साथै, बेलायतमा गएर पनि त्यहाँको नर्सिङ काउन्सिलबाट अनिवार्य अनुमतिपत्र प्राप्त गर्नुपर्नेछ । त्यस्तै बेलायत जाने अवसर पाउने नर्सहरुले कुनै शुःल्क बेहोर्नु पर्दैन । उनीहरु शून्य लागतमा नै बेलायत जान पउने छन् । उनीहरुका लागि पाँच वर्षसम्मको रोजगार अवधि हुने र त्यसपछि नेपाल फिर्ता हुनुपर्ने प्रावधान रहनेछ । नेपालबाट गएका नर्सहरुको पारिश्रमिक कति हुने भन्ने विषयमा अहिलेसम्म यकीन नभए पनि विभिन्न सेवा सुविधासहित सरदरमा मासिक नेपाली पाँच लाख रुपैयाँभन्दा बढी पाउने बुझिएको छ । अर्थात् वार्षिक ६० लाख नेपाली रुपैयाँभन्दा बढी आम्दानी हुनेछ । यसरी नेपालले बेलायतलाई नेपाली नर्सिङ जनशक्ति उपलब्ध गराएबापत सरकारको मातहत रहेका नर्सिङ कलेजहरुको क्षमता अभिवृद्धि गराउन र छात्रवृत्ति प्रदान गरी नर्सिङ जनशक्तिको उत्पादन बढाउन सहयोग पुगोस् भन्ने बेलायत सरकारसँग अपेक्षा गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  ०९:०२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP