Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मट्यांग्राे
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #घुँगीफोर गरुड
  • #संसद
  • #विदेसिनेको संख्या
  • #दुर्घटना
  • #गाजा
  • #विपद्का घटना
Search Here
विश्व
  • Home
  • विश्व
  • जासुसी गरेको आरोपमा ट्वीटरका पूर्व कर्मचारी दोषी ठहर
जासुसी गरेको आरोपमा ट्वीटरका पूर्व कर्मचारी दोषी ठहर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २६, २०७९
tweet
वासिङ्टन- अरबको आलोचना गर्ने निजी प्रयोगकर्ताको इमेल एकाउन्ट र फोन नम्बरजस्ता जानकारी साउदी अरबका लागि जासुसी गरेको आरोपमा ट्विटरका एक पूर्व कर्मचारी दोषी ठहरिएका छन् । ‘वाल स्ट्रिट जर्नल’का अनुसार ट्वीटरइंकका पूर्व कर्मचारी ४४ वर्षीय अहमद अबुआम्मोले लक्जरी घडी र लाखौं डलर लिएर साउदी अरबका आलोचकहरूसँग सम्बन्धित निजी प्रयोगकर्ताको जानकारी दिएका थिए । सान फ्रान्सिस्कोको संघीय न्यायलयमा मंगलबार ११ सदस्यीय न्यायधीसको इजलासले उनलाई सम्पत्ति शुद्धिकरण रेकर्डमा जालसाजी र ‘वायर फ्रड’को एकाउन्टमा पनि दोषी ठहर गरेको थियो । अबुअम्मो अन्य पाँच वटा अभियोगमा निर्दोष ठहरिएका छन् । अबुआम्मोले सन् २०१३ देखि २०१५ सम्म ट्वीटरमा काम गरेका थिए भने मध्यपूर्व र उत्तरी अफ्रिकाका उच्च प्रोफाइल प्रयोगकर्ताहरूसँग मिडिया साझेदारीको व्यवस्थापन गरेका थिए । सञ्चार पोर्टलका अनुसार उनले साउदी सरकारको आलोचना गर्ने इमेल एकाउन्ट र फोन नम्बरहरू साउदी अधिकारीलाई पटक पटक उपलब्ध गराएका थिए, जसमा बेनामी रूपमा सञ्चालित अकाउन्ट ’मुज्तहिद’ पनि समावेश थियो । अभियोजक एरिक चेङले गत साता अन्तिम बहसमा अबुअम्मोले करिब एक वर्षसम्म आफ्नो वार्षिक तलबको तीन गुणा बढी घूस लिएको बताएका थिए । “हामी सबैलाई थाहा छ कि यस प्रकारको पैसा कुनै पनि चीजको लागि होइन । यद्यपि, ट्वीटरले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । अबुअम्मो बुधबार अदालतमा सुनुवाइका लागि उपस्थित हुने कार्यक्रम छ । अमेरिकी सरकारले लेबनानी मुलका अमेरिकी नागरिक अबुअम्मोलाई साउदी सरकारको ओहदामा उक्लँदै गरेका बादर बिनासेकर नामका व्यक्तिले उक्त योजनामा सामेल गराएको बताएको छ । तीन सन्तानका पिता अबुअम्मोलाई सन् २०१९ मा सियाटलमा मुद्दा चलाइएको थियो, जहाँ उनी त्यतिबेला बस्थे र अमेजन इंकमा तीन वर्षपछि सोसल मिडिया कन्सल्टेन्टका रूपमा काम गरिरहेका थिए ।उनले आफू निर्दोष रहेको दाबी गरेका थिए । अभियोजकहरूका अनुसार यो योजना सन् २०१४ को ग्रीष्मऋतुमा सुरु भएको थियो । अबुआम्मोले ट्वीटरको मुख्यालयको भ्रमणका क्रममा तत्कालीन साउदी युवराज मोहम्मद बिन सलमानका सहयोगी बिनासेकरलाई भेटेका थिए । त्यसको केही समयपछि नै यी दुईबीच निकट सम्बन्ध बनेको थियो । करिब छ महिनापछि, डिसेम्बरमा अबुअम्मोले कामको सिलसिलामा लण्डनमा बिनासेकरलाई भेटेका पाइएको छ ।एरिक चेङले भन्नुभयो, “उनी ४० हजार अमेरिकी डलरभन्दा बढीमूल्यको लक्जरी घडी लिएर अमेरिका फर्किएको सरकारले जनाएको छ । त्यो लक्जरी घडी निः शुल्क थिएन,” “राज्यले अहिले आफ्नो ट्वीटर इन्साइडर सुरक्षित गरेको छ ।” अमेरिकी सरकारका अनुसार अबुअम्मोसँग उनका सहकर्मी अली अल्जाबराह पनि सामेल थिए, जसले ट्वीटरका लागि वेबसाइट मर्मत गरुको र उनलाई बिनासेकरसँग परिचय गराएको पुष्टि भएको छ ।न्याय विभागले अल्जाबराह र अर्का व्यक्ति अहमद अलमुताइरीलाई साउदी अरेबियालाई निजी ट्विटर प्रयोगकर्तालाई जानकारी दिन भूमिका खेलेको आरोपमा विदेशी सरकारको अवैध एजेन्टको रूपमा काम गरेको आरोप लगाएको छ । साउदी नागरिक अलमुताइरीले साउदी राजपरिवारका लागि काम गर्ने एक सामाजिक सञ्जाल कम्पनीलाई नियन्त्रण गरेको र अबुअम्मोलाई यस योजनामा भर्ना गर्न सहयोग गरेको अमेरिकी सरकारले जनाएको छ । -सिन्ह्वा
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  ०८:४४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
जेलमा रहेका पूर्व नेतालाई पूर्व राष्ट्रपतिहरूको समर्थन
जेलमा रहेका पूर्व नेतालाई पूर्व राष्ट्रपतिहरूको समर्थन आइतबार, भदौ ८, २०८२
उत्तर कोरियाद्वारा हवाई रक्षा परीक्षण
उत्तर कोरियाद्वारा हवाई रक्षा परीक्षण आइतबार, भदौ ८, २०८२
 मोदीको कर कटौतीको वाचा
 मोदीको कर कटौतीको वाचा आइतबार, भदौ ८, २०८२
अन्टार्कटिकामा  भूकम्प
अन्टार्कटिकामा  भूकम्प शुक्रबार, भदौ ६, २०८२
गाजामा इजरायली आक्रमण तीव्र
गाजामा इजरायली आक्रमण तीव्र शुक्रबार, भदौ ६, २०८२
चुनावी विवरण सार्वजनिक
चुनावी विवरण सार्वजनिक बिहीबार, भदौ ५, २०८२
इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन
इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन बुधबार, भदौ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
म गएँ अब भाउजू ! 
म गएँ अब भाउजू ! 
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP