काठमाडौं- सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि प्रतिनिधि सभामा आज छलफल हुने भएको छ ।
विहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठकमा जबरा विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव माथि छलफल हुने कार्यसूची संसद सचिवालयले तय गरेको छ ।
सङ्घीय संसद सचिवालयले प्रकाशन गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा २०७८ फागुन २९ गतेको बैठकमा माओवादी सांसद देवप्रसाद गुरुङले प्रस्तुत गरेको जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९ ०७:३६