Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फोनिज
  • #मालढुंगा-बेनी_सडक
  • #सकुन_सुनुवार
  • #जुडो
  • #मुदीगाउँ
  • #मानव अधिकार दिवस
  • #क्यामेरा_ट्यापिङ
  • #एनआरएनए
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • एसइईको नतिजा उच्च श्रेणीमा दुई प्रतिशतभन्दा न्यून
एसइईको नतिजा उच्च श्रेणीमा दुई प्रतिशतभन्दा न्यून
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १२, २०७९
SEE Result
Hardik health
काठमाडौं- गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी विद्यार्थीमध्ये उच्च श्रेणीमा उत्तीर्ण हुनेको संख्या दुई प्रतिशतभन्दा न्यून पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको एसइई २०७८ को नतिजामा १.९४ प्रतिशत विद्यार्थी मात्र उच्च श्रेणी अर्थात् ३.६ देखि ४ जिपिए (ग्रेड) ल्याएको पाइएको हो । कोरोना महामारीको दुई वर्षपछि बोर्डले पहिलोपटक विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिएको थियो । यसअघिका दुई वर्षमा भने विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यसपटक अघिल्लोपटकको तुलनामा नतिजा खस्किएको पाइएको छ । अघिल्लो वर्ष उच्च श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी ३.८३ प्रतिशत रहेकामा यस वर्ष घट्न पुगेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार उच्च श्रेणी ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी नौ हजार ६३३ जना छन् । बोर्डले परीक्षामा सहभागीमध्ये चार लाख ९५ हजार ७५१ परीक्षार्थीको नतिजा सार्वजनिक गरेको हो । त्यस्तै, ४१ हजार ६२७ विद्यार्थीले ३.२ देखि ३.६ जिपिए र ६९ हजार ९००ले २.८ देखि ३.२ जिपिए ल्याएका छन् । ९० हजार ७५८ जनाले २.४ देखि २.८ जिपिए ल्याएको बोर्डले सार्वजनिक गरेको नतिजामा उल्लेख छ । त्यस्तै एक लाख १२ हजार ७३३ विद्यार्थीले २ देखि २.४ जिपिए, एक लाख ५९४ जनाले १.६ देखि २ जिपिए, ४४ हजार ५८६ विद्यार्थीले १.२ देखि १.६ जिपिए र तीन हजार २८० विद्यार्थीले ०.८ देखि १.२ जिपिए ल्याएको सदस्यसचिव अर्यालले जानकारी दिए । यस वर्ष १.९४ प्रतिशतले ३.६ देखि ४ जिपिए, ८.४० प्रतिशतले ३.२ देखि ३.६ जिपिए, १४.१० प्रतिशतले २.८ देखि ३.२ जिपिए, १८.३१ प्रतिशतले २.४ देखि २.८ जिपिए ल्याएको उनले बताए । त्यस्तै २२.७४ प्रतिशतले २ देखि २.४ जिपिए, २०.२९ प्रतिशतले १.६ देखि २ जिपिए, ८.९९ प्रतिशतले १.२ देखि १.६ जिपिए र ०.६६ प्रतिशतले ०.१ देखि १.२ जिपिए ल्याएका छन् । परीक्षामा २२ हजार छ सय ४० अर्थात् ४.५७ प्रतिशत परीक्षार्थी अनुपस्थित रहेको सदस्यसचिव अर्यालले जानकारी दिए । उनले समग्रमा नतिजा सन्तोषजनक रहेको बताए । नतिजा सार्वजनिक गरिएका विद्यार्थीमध्ये प्रदेश १ का १७.४ प्रतिशत, मधेस प्रदेशका १५.५ प्रतिशत, बागमती प्रदेशका २१.६७ प्रतिशत, गण्डकी प्रदेशका ९.३० प्रतिशत, लुम्बिनी प्रदेशका १७.४५ प्रतिशत, कर्णाली प्रदेशका ७.५३ प्रतिशत र सुदूरपश्चिम प्रदेशका ११.५ प्रतिशत रहेका छन् । बागमतीमा सबैभन्दा राम्रो, कर्णालीमा कमजोर प्रदेशगत आधारमा बागमती प्रदेशको नतिजा तुलनात्मक रुपमा सबैभन्दा राम्रो देखिएको छ भने कर्णालीको नतिजा कमजोर देखिएको छ । यद्यपि, विद्यार्थी संख्या पनि बागमतीमा सबैभन्दा धेरै र कर्णालीमा सबैभन्दा कम रहेको छ । एसइई नतिजामा कूल चार लाख ९५ हजार ७५१ परीक्षार्थी समेटिएकामा ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । उक्त जिपिए प्राप्त गरेका नौ हजार ६३३ जना विद्यार्थीमध्ये ४७.७७ प्रतिशत बागमती प्रदेशका छन् । उच्च जिपिए सबैभन्दा कम प्राप्त गर्ने विद्यार्थी कर्णाली प्रदेशका छन् । त्यसपछि सुदूरपश्चिम रहेको छ । उच्च श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी कर्णालीबाट १.१८ प्रतिशत र सुदूरपश्चिमबाट २ प्रतिशत मात्रै रहेको छ ।मधेस प्रदेशमा भने सुधार देखिएको छ । उक्त प्रदेशबाट उच्च जिपिए (३.६–४) प्राप्त गर्ने विद्यार्थीको संख्या १५ प्रतिशत रहेको छ । उच्च जिपिएतर्फ प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमभन्दा मधेस प्रदेश अगाडि देखिन्छ । उच्च जिपिए ल्याउने विद्यार्थी प्रदेश १ बाट १२ प्रतिशत, गण्डकीबाट ८ प्रतिशत, लुम्बिनीबाट साढे १२ प्रतिशत र कर्णालीबाट १.१८ प्रतिशत र सुदूरपश्चिमबाट २ प्रतिशत रहेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कोभिड–१९ महामारीका कारण पढाइ प्रभावित हुँदा उच्च जिपिए ल्याउने विद्यार्थी घटेको बताए । ‘तुलनात्मक रुपमा उच्च ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको छ । यो समयमा र नियमित पढाइ हुन नसक्दा विद्यार्थीको सिकाइ नभएको हुनसक्छ । यद्यपि, यो नतिजालाई सन्तोषजनक मान्न सकिन्छ,’ उनले भने ।
जिपिएअनुसार विद्यार्थी संख्या र प्रतिशत ३.६ देखि ४ जिपिए - ९,६३३ (१.९४∞) ३.२ देखि ३.६ जिपिए -४१,६२७ (८.४०∞) २.८ देखि ३.२ जिपिए - ६९,९०० (१४.१०∞) २.४ देखि २.८ जिपिए -९०,७५८ (१८.३१∞) २ देखि २.४ जिपिए - १,१२,७३३ (२२.७४∞) १.६ देखि २ जिपिए - १,००,५९४ (२०.२९∞) १.२ देखि १.६ जिपिए - ४४,५८६ (८.९९∞) ०.८ देखि १.२ जिपिए - ३,२८० (०.६६∞)

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  ०८:५६
#एसइई_७९
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ शुक्रबार, मंसिर २६, २०८२
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई शुक्रबार, मंसिर २६, २०८२
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने बिहीबार, मंसिर २५, २०८२
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै बुधबार, मंसिर २४, २०८२
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP