Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पिएनसिसीको अध्ययन ‘कोरोनाकालमा ४० प्रतिशतले रोजगारी गुमाए’
पिएनसिसीको अध्ययन ‘कोरोनाकालमा ४० प्रतिशतले रोजगारी गुमाए’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १०, २०७९
pncc
Hardik health
काठमाडौं-  वैदेशिक रोजगारीको लागि श्रम गन्तव्य मुलुकमा गएका नेपालीहरु कोरोना महामारीका कारण ठूलो संख्यामा प्रभावित भएको देखिएको छ । कोरोना महामारीको समयमा तलब नै नपाएको र कतिपयले ढिलो गरी पाएका कारण ठूलो संख्यामा नेपाली कामदार प्रभावित भएको यसै साता सार्वजनिक गरिएको एक अध्ययनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)ले हालै गरेको अध्ययनले खाडी मुलुक र मलेसिया गएका अधिकांश नेपाली कामदारले कोरोनाको समयमा तलब नपाएको वा ढिला पाएको र ज्याला कटौती गरिएको पाइएको उल्लेख गरेको छ । अध्ययनअनुसार ७१ प्रतिशत नेपाली कामदारले तलब नपाएको वा ढिला पाएको देखिएको छ भने ६७ प्रतिशतको ज्याला कटौती भएको पाइएको छ । यस्तै ४० प्रतिशतले रोजगारी गुमाउनुपरेको छ । अध्ययनमा सहभागी भएकामध्ये १३ प्रतिशतले बाध्यकारी श्रममा फसेको बताएका छन् । पिएनसिसीले तयार गरेको अध्ययनमा खाडी मुलुकहरु कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स तथा मलेसियाबाट फर्केका नेपाली कामदारलाई सहभागी गराइएको उल्लेख छ । अनुसन्धान गर्ने संस्था सेस्लमका प्रतिनिधि सदीक्षा भट्टराई, डा. जीवन बानियाँ र डोगेन्द्र तुम्साले पिएनसिसीका लागि कोरोना महामारीमा नेपाली कामदारहरुको अवस्थाका बारेमा अध्ययन गरेका थिए । उक्त अध्ययनले वैदेशिक रोजगारीमा जाने व्यक्तिले सरदरमा एक लाख ५० हजार रुपैयाँसम्म खर्च गरेको देखाएको छ । जसमा एक लाखभन्दा बढी म्यानपावर कम्पनीले लिने गरेको कामदारहरुले जानकारी दिएका छन् ।अध्ययनअनुसार विविध कारणले अन्यायमा परेका श्रमिकहरुले न्याय पाउन कठिनाइ हुने गरेको छ । न्यायका लागि विभिन्न अवरोध खेप्नुपर्ने र आर्थिक जटिलताका कारण न्यायबाट वञ्चित हुनुपर्ने अवस्था देखिएको छ । अध्ययनमा सहभागीमध्ये ४० प्रतिशतले आफू ठगीमा परेको वा अन्य कारण अन्यायमा परेको उजुरी श्रम गन्तव्य मुलुकमा दर्ता गरेको बताएका छन् । यद्यपि, ४० प्रतिशत कामदारले गन्तव्य मुलुकमा न्यायका लागि कुनै पहल नै नगरेको देखाएको छ । उनीहरुलाई समस्या वा अन्याय नै परे पनि कहाँ र कसरी उजुरी गर्ने भन्नेबारे जानकारी नभएको अध्ययनमा उल्लेख छ । २५ प्रतिशत कामदारलाई आफ्नो अधिकारका बारेमा कुनै जानकारी नै नभएको वा न्यून जानकारी रहेको अध्ययनले देखाएको छ । कतिपयले झण्झटिलो कानुनी प्रक्रिया र रोजगारदाताको त्रासका कारण अन्याय वहन गरिरहेको भेटिएको छ भने केहीले नेपाल फर्केपछि वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गराएको बताएका छन् । अनुसन्धानकर्ताहरुले अध्ययनका लागि ९० जना प्रवासी नेपाली कामदारहरुलाई सहभागी गराएको जनाएका छन् । जसमा ७२ जना कोरोना महामारीपश्चात स्वदेश फर्किसकेकाहरु रहेका थिए भने १८ जना श्रम गन्तव्य मुलुकमा नै रहेका छन् । अनुसन्धानकर्ताहरुले कोरोना महामारीको समयमा तलब वा ज्यालामा ठगिएकाहरुको यकीन विवरण संकलन गरी व्यवस्थित गर्न र उनीहरुको अधिकारका लागि पैरवी गर्न सुझाव दिएका छन् । यसका लागि श्रम गन्तव्य मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगमार्फत संक्रमणकालीन न्यायको पहल गर्न सकिने अध्ययनमा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०८:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP