काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीर्को विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
बिहीबार अनेरास्ववियू (क्रान्तिकारी), नेविसंघ लगायतका संयुक्त विद्यार्थी संगठनले गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा विद्यार्थी संगठनका कार्यकर्ताहरूले गभर्नर अधिकारीका कार्टुन समेत प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शनमा गभर्नर अधिकारीको राजीनामा मागिएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९ १६:५२