कास्की- डुबेर बेपत्ता भएका गुरुङ्गको शव प्रहरीले फेला पारेकाे छ । कास्की जिल्लाको पोखरा महानगरपालिका १७ दोविल्ला स्थित फुस्रे खोलामा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले मंगलबार फेला पारेको
हाे ।
नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ घर भई पोखरा महानगरपालिका १४ बस्ने २४ वर्षिय विवेक गुरुङ्ग उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४
गणबाट खाेजीका लागि गएका थिए ।
सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालको कमाण्डमा खटिएको गोताखोर सहितको टोलीले खोजीकार्य गर्दा उनको शव घटनास्थल भन्दा करीब २ सय मिटर तल पानीमा बगिरहेको अवस्थामा फेला पारेको हो ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९ १९:३८