Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • लिच्छविकाल खोज्दै टोखा
लिच्छविकाल खोज्दै टोखा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २४, २०७६
Licchabai copy
Hardik health
काठमाडौं– कला, साहित्य र रंगमञ्चमार्फत स्थानियता र मौलिकता प्रबद्र्धन गर्ने ध्येयसहित हुँदै आएको छ जेसुम यात्रा । हाइकिङ गर्दै स्थानिय सम्पदा र संस्कृति अवलोकन गर्ने र तिनको प्रभावलाई सिर्जनामा उतार्ने अभियानको ११औँ शृंखला काठमाडौंको सांस्कृतिक शहर टोखामा सम्पन्न भएको छ । लिच्चविकाल भन्दा पनि पुरानो मानिने यो शहरको माथिल्लो लाक्षीमा एउटा फराकिलो चोक छ । यहीँ लिच्छविकालदेखि भगवानहरूको नाच निकालिने डबली छ, जसलाई भनिन्छ, ‘या प्याँख । पुर्वतिर लिच्छविकालमै बनाइएको गाःहिटी (भुइँमा खनेर बनाइएको धारा) छ । कुनै समय उपत्यकामा अनिकाल पर्दा टोखाबासीले यही धारा पुरिने गरि अन्नदान गरेका थिए भन्ने किम्बदन्ती छ । यही चोककै पुर्वोत्तर भागमा बिसं ५१९ मा लेखिएको शिलालेख खडा छ । यही ऐतिहासिक शहरमा जेसुम अभियानका साथ चित्रकार र कविहरू पुरानो समय, सम्पदा र संस्कृति खोज्न निस्किएका हुन् । विहानको हुस्सु र चिसोलाई छिचौल्दै आइपुगेका स्रष्टाहरूले न्हुज पुस्तकालयबाट टोखाको सांस्कृतिक यात्रा थालेका थिए । पुस्तकालयका अध्यक्ष दिपेन्द्र श्रेष्ठले ‘पंचायतकालमै खुलेको पुस्तकालय कुनै समय नेताहरू भुमिगत थलो रहेको’ बताउँदै परिवर्तनप्रतिको ध्येय झल्काउन उतिबेला न्हुज (नयाँ किरण) राखिएको बताए । टोखा नगरपालिकाको सहकार्य रहेको यात्रामा स्थानिय संस्कृतिविद सत्यनारायण डंगोल र गणेशमान श्रेष्ठ तथा स्थानिय सुविन्द्र श्रेष्ठले विभिन्न ऐतिहासिक तथ्यहरूबारे जानकारी दिएका थिए । मतिना भ्वाय छें (भोजघर)मा नेवारी परम्परागत भोजनपछि न्हुज पुस्तकालयकै सभाहलमा प्राज्ञ लक्ष्मी माली, सुलोचना मानन्धर, स्नेह सायमी, अनिता लामा, अजितमान तामाङ, फूलमान वल, विना थिङ, रामगोपाल आशुतोष, रोजिता बुद्धाचार्य, रमेश कँडेल, लक्ष्मी रुम्बा, ममता थापा, श्याम संकल्प, गणेश बुढा, प्रभात सापकोटा, भरत गौतम, दिपेन्द्र श्रेष्ठ लगायतले टोकाको सांस्कृतिक र ऐतिहासिक सौन्दर्य र सन्दर्भ समेटिएको कविता सुनाएका थिए । जेसुम यात्राकी संयोजक अनिता लामाले बाहिरी सांस्कृतिक प्रभाव बढ्दै गइरहेको बेला आफूहरू साहित्य, कला र रंगमञ्चमार्फत स्थानियपनको खोजीमा लागिपरेको बताइन् ।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  ०६:४१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
पारिवारिक कथामा बन्यो ‘हर्ष’
पारिवारिक कथामा बन्यो ‘हर्ष’ बिहीबार, कात्तिक २०, २०८२
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP