सुदुरपश्चिम- कञ्चनपुरको पुनर्वासमा खुकुरी प्रहारबाट तीनजना घाईते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको छ ।
मोतिबस्तीका टेक बहादुर सार्कीले खुकुरी प्रहार गर्दा पुनर्वास न.पा. २ अमरैयाका ४७वर्षिय बिरासिँह राना, ३८ वर्षिया मधु महता र ४५ वर्षिया धनसरा रावत घाईते भएका हुन् ।
मधु महताको अवस्था गम्भीर रहेको बिएम पोलिक्लिनिकका डाक्टर सागर केसीले बताएका छन् । बिरासिँह र धनसराको बिएम पोलिक्लिनिकमा उपचार भईरहेको र गम्भीर रहेकी मधुलाई धनगढीस्थित निसर्ग अस्पताल लगिएको डाक्टर सागर केसीले जानकारी दिए ।
पसलमा बसेका बेला बिनाकारण एक्कासी आएर अन्धाधुन्ध खुकुरी प्रहार गरेकफ घाईते बिरासिँह रानाकी पत्नी हरदसो रानाले बताए ।
खुकुरी प्रहार गर्ने टेकबहादुर सार्कीलाई नियन्त्रणमा लिईसकेको र आवश्यक कारबाही प्रकृया अगाडी बढाईने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका बरिष्ठ प्रहरी नायब निरिक्षक गोपाल बोहराले जानकारी दिए ।
खुकुरी हान्ने टेकबहादुर मानसिक रोगी भएको स्थानियबाट जानकारी पाएको प्रहरीले जनाएको छ । यद्यपी मानसिक रोगी भएको नभएको बारे मेडिकल रिपोर्टबाट मात्र सत्यतथ्य खुल्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९ ०८:२२