ओखलढुंगा- सिन्धुली र ओखलढुंगा जोड्ने सुनकोशी पुल निर्माण सम्पन्न भएको छ । सिन्धुलीको फिक्कल र ओखलढुंगाको चम्पादेवी गाउँपालिका जोड्ने नवलपुरघाटस्थित सुनकोशीनदीमाथिको पक्की पुल निर्माण सम्पन्न भएको हाे ।
यसै समयमा ढलान हुँदै गरेको पुल अघिल्लो वर्ष बाढीले भत्काइदिएपछि पुल पुन: यसवर्ष निर्माण भएर सम्पन्न भएको हो ।२ सय १० मिटर लामो यो पुल २०७४ सालमा ठेक्का लागेको थियो ।
करिब २३ करोडको लागतमा सडक डिभिजन कार्यालय मार्फत् चुँदी कन्ट्रक्सनले पुल निर्माणको गरेको हो । बहुप्रतीक्षित यो पुल सम्पन्न भए पनि उद्घाटन हुन भने बाँकी रहेकाे जनाइएकाे छ ।
पुलका कारण ओखलढुंगाको चम्पादेवी र लिखु गाउँपालिकाका बासिन्दालाई राष्ट्रिय राजमार्गसँग जोडिएर आवतजावत गर्न सहज हुने भएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९ ०८:३७