काठमाडौं - निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएर करको दायरा हेरफेर गराएको विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको बैठक सकिएको छ ।
सोमबार बसेको छानबिन समितिले सीसीटिभी फुटेज पत्ता नलाग्ने निष्कर्ष निकालेको छ । स्रोतका अनुसार समितिले अर्थ मन्त्रालयको सीसीटिभी फुटेज रिस्टोर हुने सफ्टवेयर मगाएको थियो । तर केही पनि फेला पार्न सकेन ।
अब उक्त सीसीटिभी फुटेज रिकभर गर्न सक्ने सफ्टवेयरको खोजी गर्ने र सबै प्रक्रिया पुरा गरेर जनार्दन शर्मासँग सोधपुछ गर्ने तयारी समितिले गरेको छ ।
यसअघि आइतबार बसेको समितिको बैठकमा सीसीटिभी फुटेज हेर्ने व्यक्ति बोलाइए पनि फुटेज प्राप्त हुन सकेको थिएन ।