कैलाली - तीस हजार घुससहित कैलालीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई पक्राउ गरेकाे छ ।
कैलाली जिल्लाकाे मोहन्याल गाउँपालिकाका (छैठौ तह) अधिकृत दिपेन्द्र बुढा क्षेत्रीले रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु३०,०००।– घुस लिएकाेमा कन्चनपुरबाट पक्राउ परेका हुन् ।
विशेष सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कन्चनपुरबाट खटिई गएको टोलीले निज दिपेन्द्र बुढा क्षेत्रीलाई पक्राउ गरेकाे बताइएकाे छ ।
निजलाई घोडाघोडी नगरपालिका-१, स्थित होटेल नवरत्नबाट आइतबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयाेगले जनाइएकाे छ ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९ १९:२६