Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीमा उल्लेख्य सुधार: एक वर्षमा ६ लाख २८ हजार विदेशिए
वैदेशिक रोजगारीमा उल्लेख्य सुधार: एक वर्षमा ६ लाख २८ हजार विदेशिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १, २०७९
sudhar
Hardik health
काठमाडौं- कोरोना महामारीका कारण थलामा परेको वैदेशिक रोजागर पुनः लयमा फर्किएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारमा जाने नेपालीहरुको संख्या उल्लेख्य बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवमा वैदेशिक रोजगारीमा जानका लागि छ लाख २८ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या पछिल्लो पाँच वर्षयताकै धेरै हो । अघिल्लो आव २०७७/७८ मा जम्मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएका थिए । गत आवमा अघिल्लो आवको भन्दा चार लाख ६१ हजार ८०५ जना बढीले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो तथ्यांकले वैदेशिक रोजगारी लयमा फर्किएको पुष्टि गर्छ । गत आवमा श्रम स्वीकृति लिएकामध्ये पाँच लाख ७९ हजार ५२८ पुरुष र ४८ हजार ९७५ महिला रहेका छन् । आर्थिक वर्षको सुरुआती महिना साउनमा २५ हजार ४२७ जनाले श्रम स्वीकृति लिएका थिए । यसैगरी भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७०, कात्तिकमा ५४ हजार ९१७, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२४, माघमा ५४ हजार ४६८, फागुनमा ५३ हजार ४५७, चैतमा ५४ हजार ९३४, वैशाखमा ४५ हजार चार जना, जेठमा ६२ हजार ३४८ र असार महिनामा ६० हजार ७६१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको तथ्यांक विभागले सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७४/७५ पछि यो नै सर्वाधिक श्रम स्वीकृति रहेको विभागले उल्लेख गरेको छ । विभागले उल्लेख गरेको १० वटा मुलुकहरुमा यस वर्ष सबैभन्दा बढी श्रम गन्तव्य साउदी अरब भएको छ भने मलेसिया पाँचौं नम्बरमा परेको छ । क्रोएसिया १०औं स्थानमा छ । साउदी अरबमा एक लाख ८८ हजार ३९८, कतारमा एक लाख ८४ हजार ५०३, युएईमा एक लाख २२ हजार ३६६, कुवेतमा ३५ हजार ४४६, मलेसियामा ३५ हजार ४४१, बहराइनमा १२ हजार ४०, रोमानियामा सात हजार ४०२, ओमानमा छ हजार ८३८, जापानमा पाँच हजार ६२९ र क्रोएसियामा पाँच हजार २८६ जना नेपालीले रोजागारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७८/७९ मा रोजगारीको लागि विदेश गएका ४८ हजार ९७५ महिलामध्ये युएईमा २१ हजार ११०, कतारमा सात हजार १२२, कुवेतमा पाँच हजार ३३९, साइप्रसमा तीन हजार ६३८, माल्दिभ्समा एक हजार १६०, क्रोएसियामा एक हजार ९९, बहराइनमा एक हजार दुई, जोर्डनमा ९३२ र रोमानियामा ८९५ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै इपिएस प्रणलीमार्फत रोजगारीका लागि सन् २०२२ जुलाई १३ सम्म पाँच हजार ५५६ जना दक्षिण कोरिया पुगेका छन् । यसैगरी श्रम स्वीकृति प्राप्त गरी २९७ जना इजरायल गएका छन् भने ८३४ जना जाने प्रक्रियामा रहेको विभागले उल्लेख गरेको छ । विभागले गएको आवमा २४ भन्दा बढी म्यानपावर तथा अभिमुखीकरण संस्थामा आकस्मिकरुपमा अनुगमन तथा नियमन गरिएको जनाएको छ । साथै, श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको निर्णयानुसार शीघ्र प्रत्युत्तर टोली (आरआरटी) गठन गरी कार्यान्वयनमा गइसकेको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । उनका अनुसार पछिल्लो समय वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाहमा थुप्रै सुधारका प्रयास भएका छन् । ‘हामीले आवश्यक देखेका र सुधार गर्नैपर्ने विषयमा तत्काल काम गरेका छौं । जस्तो वैधानिकीकरण, अधिकार प्रत्यायोजन, भैरहवामा रोजगार व्यवस्थापन शाखा कार्यालय स्थापना, अनलाइनमार्फत संस्था नवीकरणलगायतका कामहरु कार्यान्वयनमा गइसकेका छन्,’ उनले भने । महानिर्देशक पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा भएको परिवर्तनलाई सम्बोधन गर्न सक्नेगरी समयानुकूल देशको वैदेशिक रोजगार नीति, ऐन नियमहरुको परिमार्जन आवश्यक रहेको बताए । उनले ‘फ्रि भिसा, फ्रि टिकट’ र सेवा शुल्कका बारेमा पुनरवलोकन गर्नुपर्ने अवस्था आएको बताए । यसका लागि कामदारसँग सेवा शुल्कबापत एक महिनाको तलव वा ५० हजार रुपैयाँ कुन कम हुन आउँछ त्यो लिन पाउनेगरी कानुन बनाउन मन्त्रालयमा प्रस्ताव गर्न लागिएको उनले जानकारी दिए । विभागले गत आवमा भए÷गरेका कार्यहरुको उपलब्धिबारे शुक्रबार कार्यक्रम आयोजना गरी जानकारी दिएको थियो । सबै प्रकारका श्रम स्वीकृतिलाई अनलाइन गरिएको विषयलाई प्रमुख उपलब्धि मानिएको छ । जसका कारण ‘अफ आवर’ (कार्यालय समयबाहेक)मा पनि श्रम स्वीकृति हुने, विभाग र सम्बन्धित कार्यालयप्रति हेर्ने दृष्टिकोणमा फरक आई सेवा प्रवाहमा विवाद तथा गुनासो कम आएको विभागले उल्लेख गरेको छ । त्यस्तै श्रमिकहरुमाथि विमानस्थलमा हुने भेदभाव अन्त्य गरिएको, वैदेशिक रोजगारीको नाममा हुने ठगी र बेथितिको अन्त्य गर्न वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ प्रयोगमा ल्याइएको विभागले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP