Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पुनःएकीकरण कार्यक्रम सञ्चालन निर्देशिका विदेशबाट फर्केकालाई स्वउद्यमी बनाउन जोड
पुनःएकीकरण कार्यक्रम सञ्चालन निर्देशिका विदेशबाट फर्केकालाई स्वउद्यमी बनाउन जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ३१, २०७९
sram mantralaa
Hardik health
काठमाडौं- सरकारले वैदेशिक रोजगारीबाट फर्केका नेपाली श्रमिकको उद्यमशीलता विकास तथा सीप प्रवद्र्धन गर्ने उद्देश्यले ‘पुनःएकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७९’ ल्याएको छ । वैदेशिक रोजगार बोर्डले तयार पारेको उक्त निर्देशिका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार स्वीकृत गरेको हो । बोर्डले तीन वर्षअघि पठाएको निर्देशिका मन्त्रालयमा अड्किएर रहेको थियो । निर्देशिकामा वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुले आर्जन गरेको पुँजी, सीप, प्रविधि र अनुभवलाई नेपालमा नै उपयोग गर्ने गरी उद्यमशीलतासँग जोड्ने उल्लेख गरिएको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई समाजमा अन्तरघुलन गराउनका लागि परिवारका सदस्यसमेतको सहभागितामा सामाजिक मेलमिलाप, नेतृत्व विकास, सामाजिक सञ्जाल निर्माण जस्ता कार्यक्रम सञ्चालन गरिनेछ । पेसाको आधुनिकीकरण, बजारको माग र व्यक्तिको क्षमता अनुरुप रोजगारीको व्यवस्था गर्न निर्देशिकाले सहजीकरण गर्नेछ । वैदेशिक रोजगारीबाट फर्किएकाहरुको लागि उद्यमशीलता प्रवद्र्धन गराउन वित्तीय साक्षरता र पहुँचमा वृद्धि गर्न प्राविधिक र व्यवस्थापकीय रुपमा सहयोग गरी स्वउद्यम कार्यक्रम सञ्चालन गर्न पाइनेछ । आर्थिकरुपमा वैदेशिक रोजगार बोर्डले स्वीकृत गरेबमोजिम सचिवालयले कार्यक्रम सञ्चालन गर्नेछ । उद्यमशीलता कार्यक्रम प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्न स्थानीय तहसँग बोर्ड सचिवालयले प्रस्ताव आह्वान गर्नेछ । नेपाल सरकारका निकाय, प्रदेश सरकार वा स्थानीय तहले आफ्नै स्रोत उपयोग गरी सचिवालयको समन्वयमा पनि कार्यक्रम सञ्चालन गर्न सक्ने छन् । यस्तो कार्यक्रम प्रचलित कानुनमा उल्लेख भएका सर्तहरु पूरा गरी राष्ट्रिय गैरसरकारी संस्थालेसमेत सञ्चालन गर्न सक्ने निर्देशिकामा उल्लेख छ । त्यस्तै द्विपक्षीय श्रम सम्झौता भएका मुलुक वा कूटनीतिक सम्बन्ध भएका मुलुक, संयुक्त राष्ट्रसंघीय निकाय, विकास साझेदार वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि कार्यक्रम सञ्चालन गर्न पाउने छन् । जसका लागि सचिवालयले आवश्यक समन्वय र सहजीकरण गर्न मद्दत गर्नेछ । तर, यस कार्यक्रममा सहभागिता जनाउन विदेशबाट फर्किएका कामदारले निर्देशिकाबमोजिम पुनःएकीकरण कार्यक्रमको लाभग्राहीमा सूचीकृत हुनुपर्नेछ । लाभग्राहीमा सूचीकृत हुन चाहनेले रोजगार सेवा केन्द्रमा निवेदन दिनुपर्नेछ । सचिवालयले यस्ता लाभग्राहीको व्यक्तिगत विवरण तयार पारी निजको आवश्यकता, प्राथमिकता, योजना अनुसार राष्ट्रिय, प्रादेशिक र स्थानीय आप्रवासी प्रोफाइल तयार पार्नेछ । निर्देशिकाबमोजिम सञ्चालन हुने कार्यक्रमको सचिवालयले नियमित अनुगमन तथा मूल्यांकन गर्नेछ । यसका लागि कुनै सरकारी निकायको सहयोगसमेत लिन सक्नेछ । कार्यक्रम प्रवद्र्धनका लागि जानकारी दिन सचिवालय तथा सम्बन्धित प्रदेश सरकारले तोकेको निकायमा सूचना तथा परामर्श केन्द्र स्थापना हुनेछ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको व्यक्तिगत विवरण संकलनका लागि अन्तर्राष्ट्रिय आगमन बिन्दुमा सहायता कक्षको व्यवस्था गरिने उल्लेख छ । निर्देशिका कार्यान्वयनमा कुनै कठिनाइ वा अप्ठ्यारो परेमा सहजीकरण गर्न श्रम मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने जनाएको छ ।  
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०९:३४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP