Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ममाथि प्रश्न उठे बाहिरिन्छु ः निराला
ममाथि प्रश्न उठे बाहिरिन्छु ः निराला
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २१, २०७६
Nirala
Hardik health
काठमाडौं– न्याय परिषद् सदस्यका लागि सिफारिस भएका लक्ष्मीबहादुर निरालाले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने र आचारसंहिता बनाउने ठाउँ न्याय परिषद्मा बसेर सकेसम्म राम्रो काम गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिमा सुनुवाइमा क्रममा निरालाले जीवनको उत्तराद्र्धमा राम्रो काम गरेर देखाउने अवसरका रूपमा आफूले परिषद् सदस्यलाई लिएको सुनाउँदै भने, ‘राम्रो काम गरेर केही जस पाऊँ भन्ने लोभ सबैलाई हुन्छ, ममाथि प्रश्न उठ्ने अवस्था आएमा परिषद्बाट बाहिरिन्छु ।’ निरालाले जीवनले सन्न्यास लिने बेलामा परिषद्मा गएर सक्दो राम्रो गर्ने प्रयास गर्ने र संविधान र कानूनको दायराभित्र रहेर काम गर्ने प्रतिबद्धत्ता व्यक्त गरिन् । सरकारले न्याय परिषद् सदस्यमा निरालालाई सिफारिस गरेको थियो । समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सरकारले यही ३ पुसमा परिषद्मा सरकारका प्रतिनिधिका रूपमा रहने सदस्यका लागि निरालालाई सिफारिस गरेको थियो । शाही शासनकालमा महान्यायाधिवक्ताको भूमिका निर्वाह गरेको निरालाले २०६२÷६३ को जनआन्दोलनमा भएको दमनबारे छानबिन गर्न बनेको रायमाझी आयोगले अरुलाई सबैलाई दोषी ठहर गरेको तर आफूलाई निर्दोष साबित गरेको जिकिर गर्दै भने, ‘शाहीकालमा पनि एक इञ्च दायाँबायाँ नगरी काम गरेकी हुँ । त्यसैले मलाई रायमाझी आयोगले निर्दोष साबित ग¥यो ।’ समितिका सदस्य देवप्रसाद गुरुङले न्याय क्षेत्रमा निकै भ्रष्टाचार र अनियमितताका कुरा सुनिँदै आएको र तत्कालीन शाहीकालमा महान्यायाधिवक्ताको भूमिकामा रहेका उनले आगामी दिनमा कसरी काम गर्नुहुन्छ भन्ने प्रश्नमा निरालाले आफूले त्यस समयमा पनि राम्रो काम गरेको जिकिर गरे । समितिका अर्का सदस्य पूर्णकुमारी सुवेदीले न्यायपालिका अझै सरल र सहज हुन नसकेको हुँदा झन्झटिलो, खर्चिलो र ढिला न्याय पाउने बारम्बारका गुनासालाई कसरी सम्बोधन गर्नुहुन्छ भन्ने प्रश्न राखेका थिए । ‘संविधान र कानूनको अन्तिम व्याख्या गर्ने न्यायालय समावेशी हुन सकेको छैन’, समितिका सदस्य अमृता थापा मगरले निरालालाई प्रश्न गरिन्, ‘न्यायालयप्रति किन निष्ठा र आकर्षण हराउ“दै गयो ? संविधानको व्याख्या गर्ने न्यायालयले किन समावेशिताको कुरालाई ध्यान दिँदैन ?’ समितिका सदस्य पुष्पा भुसालले लोकतन्त्रको संरक्षण र संविधानको व्याख्या गर्ने न्यायालयप्रति धेरै गुनासो आउने गरेको हुँदा २०२२ सालदेखि वकालतको क्षेत्रमा काम गरेका व्यक्तित्वले न्यायालयको सुधार गर्नेमा आशावादी रहेको बताइन् । समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जीवनको उत्तराद्र्धमा राम्रो काम गर्नुहुनेछ भन्ने विश्वास लिएको र न्यायालयको मूल्यमान्यतालाई उचाइमा पु¥याउने हुन्छ भन्ने आशावादी रहेको धारणा राखेका थिए । समितिका सबै सदस्यले निरालाविरुद्ध उजुरी नपर्नुलाई सकारात्मक रूपमा लिएको र अनुभवी भएको हुनाले राम्रो काम गर्ने आशा रहेको सुनाए । समितिका सभापति लक्ष्मणलाल कर्णले क्षमता र अनभवका आधारमा योग्य देखिएको हुँदा निरालाको नाम सर्वसम्मतले अनुमोदन भएको सार्वजनिक गरेका थिए ।
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  ०५:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP