Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
Search Here
विश्व
  • Home
  • विश्व
  • शिन्जो आबेको निधनमा शोक व्यक्त गर्न अमेरिकी विदेशमन्त्री जापान जाँदै
शिन्जो आबेको निधनमा शोक व्यक्त गर्न अमेरिकी विदेशमन्त्री जापान जाँदै
आइतबार, असार २६, २०७९
Antony-Blinken-US-foreign-Minister-760x500
Hardik health
एजेन्सी- जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा समवेदना प्रकट गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार टोकियो जाने भएका छन् । पूर्वप्रधानमन्त्री आबेको मृत्युमा जापानी जनताप्रति शोक प्रकट गर्न विदेशमन्त्री ब्लिन्केनले जापानको भ्रमण गर्ने जनाउँदै विदेश मन्त्रालयले त्यहाँ रहँदा उनले जापानका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने बताएको छ । संयुक्त राज्य अमेरिका–जापान गठबन्धन एशिया–प्रशान्त क्षेत्रको शान्ति र स्थिरताका निम्ति आधारशिला भएको बताउँदै उक्त क्षेत्रमा अमेरिका–जापान गठबन्धन कहिल्यै सुदृढ हुन नसकेको अमेरिकी विदेश मन्त्रालयले स्वीकार गरेको छ । इन्डोनेसियाको बालीमा जी २० का विदेश मन्त्रीहरूको बैठकमा भाग लिएर विदेशमन्त्री ब्लिन्केन थाइल्याण्डतर्फ प्रस्थान गरेका छन् । बाली बैठकको क्रममा उनले खाद्य र ऊर्जा असुरक्षा र युक्रेनविरुद्ध रूसको निरन्तर युद्धले अन्तर्राष्ट्रिय व्यवस्थामा परेको प्रतिकूल प्रभावलगायत विश्वव्यापी चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्ने अमेरिकी प्रतिबद्धतालाई दोहो¥याएका थिए । बालीमा जी २० को बैठकमा भागलिनुका अतिरिक्त उनले इन्डोनेसियाका विदेशमन्त्री रेत्नो मार्सुदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । सोही क्रममा उनले जनवादी गणतन्त्र चीनको राज्य परिषद् सदस्य एवम् विदेश मन्त्री वाङ यीसँग पनि भेटवार्ता गरेका थिए । त्यस अवसरमा दुवै देशका विदेशमन्त्रीले विद्वेषपूर्ण अमेरिका–चीन सम्बन्धलाई सुदृढ बनाउने प्रयास गरेका थिए । आमने–सामने बसेर गरिने कूटनीतिक वार्ताको विकल्प नरहेको बताउँदै विदेशमन्त्री ब्लिन्केनले आफ्ना चिनियाँ समकक्षीलाई परिणाममुखी एवम् फलदायी वार्ताका निम्ति अमेरिका उत्सुक रहेको जनाएका थिए । पछिल्लोपटक विदेशमन्त्री ब्लिन्केन र चिनियाँ विदेशमन्त्री वाङबीच सन् २०२१ को अक्टोबरमा इटालीको रोममा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा पनि अमेरिकाले चीनसँगको सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न सञ्चार सम्पर्क खुला राख्नुपर्नेमा जोड दिएको थियो । उनले अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थालाई कमजोर पार्ने गतिविधि हुननहुने अमेरिकी अभिमत प्रष्ट गरेका थिए । थाइल्याण्डमा रहँदा विदेशमन्त्री ब्लिन्केनले प्रधानमन्त्री प्रयुत चान–ओ–चा र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री डोन प्रमुद्विनाइसँग भेट गर्ने कार्यक्रम छ । उनले एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) आयोजक थाइल्याण्डका कार्यसूचीको सफलता तथा अर्को वर्ष एपेक आयोजना गर्ने अमेरिकी निर्णयलाई कार्यान्वयन गर्नेबारेमा छलफल गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । थाइल्याण्डमा स्वास्थ्य, जलवायु सहयोग विस्तार तथा म्यान्माको सङ्कट सम्बोधनलगायत विभिन्न मुद्दाहरूमा सम्बद्ध अधिकारीहरूसँग उनले छलफल गर्नेछन् । अमेरिकी राष्ट्रपतिको एशिया–प्रशान्त रणनीतिलाई अघि बढाउने चाहना र उक्त क्षेत्रको शान्ति, समृद्धि र सुरक्षालाई केन्द्रमा राखेर थाई नेताहरूसँग विदेशमन्त्री ब्लिन्केनले विचारविमर्श गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जनाएको छ ।  
प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो बुधबार, मंसिर १७, २०८२
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल बुधबार, मंसिर १७, २०८२
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी बुधबार, मंसिर १७, २०८२
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि बुधबार, मंसिर १७, २०८२
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक बुधबार, मंसिर १७, २०८२
सरकारी एप प्रीलोड आदेशले भारतमा बढायो गोपनीयता चिन्ता
सरकारी एप प्रीलोड आदेशले भारतमा बढायो गोपनीयता चिन्ता मंगलबार, मंसिर १६, २०८२
पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने
पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने मंगलबार, मंसिर १६, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP