Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • तीन विधाका ज्ञाता कलाकार हरिप्रसाद वैद्य
तीन विधाका ज्ञाता कलाकार हरिप्रसाद वैद्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २६, २०७९
har p baidhya fota
Hardik health
वास्तुकलाका ज्ञाता, डिजाइनर, वरिष्ठ चित्रकार र भ्वाइलिन संगीतका गुरु कलाकारसमेतका रुपमा प्रख्यात छन्, हरिप्रसाद वैद्य । ८५ वर्षको उमेरमा पनि त्यत्तिकै सक्रिय गुरु वैद्यले कला सिर्जना, भ्वाइलेन संगीतका कलाकारलाई प्रवद्र्धन र सम्पदा संरक्षणको कार्यमा योगदान पु¥याउँदै आएका छन् । पुरातात्विक सम्पदा पुनर्निर्माण गर्दा हामीले के भुल्नु हँदैन भने रातो, सेतो मच्छिन्द्रनाथ वा उपत्यकाका जात्रा गर्ने खट रथ बनाउँदा एउटा पनि फलामको किला प्रयोग गर्नु हँदैन भन्ने विधान छ, त्यो विधानविपरीत भयो भने त्यो संरचना सम्पदायोग्य हँदैन । त्यसमा विवाद, मुद्दा, जुलुस नारा आवश्यक छैन । जहाँसम्म भँकम्पपछि पुनर्निर्मित सम्पदा कति ठीक, कति बेठीक भन्ने प्रश्न सचेत जनता आफैंले अनुगमन गरिरहेका छन् ।
उनीद्वारा आफ्नो जीवनकालमा सिर्जित चित्रकला, भ्वाइलिन वाद्यवादन, पुनर्निर्माणमा वास्तुकलाका लागि दिएको आर्किटेक्चरहरुमा इन्द्रचोकको आकाशभैरव, महाबौद्धस्थित नेपालकै सबैभन्दा ठँलो बुद्धमँर्ति रहेको बुद्ध विहार, मखनको नारायण विष्णु मन्दिरलगायत छन् । त्यसैगरी बाफलस्थित गणेश मन्दिर, स्वयम्भँको धिमेय् ल्वहनिरको गणेशको मन्दिर उनको हातबाट सिर्जित आर्किटेक्चर सम्पदाहरु हुन् ।
वास्तुकला, चित्रकला र संगीत तीनवटै विधामा एकसाथ हात चलाएका उनलाई सबै क्षेत्रमा सफलता कसरी सम्भव भयो ? भन्ने प्रश्न राख्दा उनको जवाफ छ– मलाई धेरैको यस्तै प्रश्न आउने गर्दछ, यस्तो प्रश्न स्वाभाविकै पनि हो । तर, म भन्छु कला सौन्दर्यप्रधान हुन्छ र संगीत भावनाप्रधान हुने गर्दछ । साहित्य प्रतिविम्बले प्रभावित हुने गर्दछ । म विशुद्ध कलाकार मात्र हँ, त्यसैले मेरो दृष्टिमा प्रत्येक सिर्जनाहरु भिन्नाभिन्नै जस्तो देखिए पनि सगोलमा एउटै हुन्छ मेरो लागि । अझ यसलाई यसरी भनौं मँर्तिकार हुन चित्रकार नबनी सुखै छैन । कलाकारभित्र साहित्य र संगीतको भाव नफुर्ने हो भने त्यो कलाकार कुनैमा पनि सफल हुन सक्दैन । कलाकारले कुनै एक विधामा विशिष्टता हासिल गर्ने मात्र हुन् । म त भन्छु मान्छे भएर जन्मिएपछि त्यो मान्छेले कुनै न कुनै विधाको मँर्तिकार, चित्रकार वा साहित्यकार संगीत कलाबाट पृथक रहनै सक्दैन । त्यसैले बाहिरी आँखाले हेर्दा बेग्ला–बेग्लै जस्तो लागे पनि यी एक अर्काका पर्यायवाची सिर्जना नै हुन् । मलाई वास्तुकला, चित्रकला र संगीत कलालाई एक साथ लान समस्या होइन सहयोग नै गरिरहेको छ भन्ने लाग्छ । २०७२ को विनासकारी भँकम्पपछि भत्किएका सम्पदाको स्थानीय र राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरबाट पुनर्निर्माण भइरहेकोबारे पनि प्रश्न उठिरहेको सन्दर्भमा कलाकार वैद्य भन्छन्– भत्किएका भित्ता, गजुरलाई हुबहु बनाउनु मात्र सम्पदा संरक्षण हुनु होइन । सम्पदा पुनर्निर्माण हुनका लागि त्यो सिर्जनाले तय गरेको कच्चापदार्थ, प्रविधि उचाइ नापजाँच, आकृति, त्यो वास्तुकलाले दिन खोजेको सन्देश, इतिहास, संस्कृति, पुराताŒिवक ऐन कानुनले निर्दिष्ट गरेको तथ्यसहितको पुनर्निर्माण हुनुपर्दछ । सुर्की मास र चाकु मिलाएर बनाएको भनिने घरहरा अग्लो मोटो र सिमेण्टमय बनेको छ, उपत्यकाको पहिचान काष्ठमण्डपमा कति काठ पुरानो कति काठ नयाँ भनेर तथ्य खुलाइएको छैन भने खण्डितमँर्ति कहाँ छ ? किन काष्ठमण्डपभित्रै नराखी संग्रहालयमा राख्न लगियो ? यी प्रश्नको चित्तबुझ्दो जवाफ छैन । हाम्रा पुर्खाहरूले खाइनखाई आफ्नै सीप, प्रविधि प्रयोग गरेर बनाएको नौ तल्ले दरबार, हनुमानढोकास्थित गद्दी बैठक चीन, अमेरिका जस्ता देशहरूले पुनर्निर्माण गरिदिनुपर्ने स्थितिलाई कसरी गौरव भन्ने ? यो सर्वसाधारण जनताको पनि प्रश्न बनेको छ । इन्द्रचोकस्थित आकाशभैरवको पुनर्निर्माण मार्बल, सिमेण्ट राख्नैपर्छ भनेर वितण्डा मच्चाउँदा होस् वा रानीपोखरी, कमलपोखरी पुनर्निर्माण गर्दा, वसन्तपुरमा कंक्रिटको झण्डा निर्माण गर्दा होस् वा भँगोलपार्कमा आचार्य बन्धुको प्रतिमा राख्न खोज्दा जनताले प्रतिवाद गर्नुपर्ने स्थिति ठँलो विडम्बनाको कुरा हो । पुराताŒिवक सम्पदा पुनर्निर्माण गर्दा हामीले के भुल्नु हँदैन भने रातो, सेतो मच्छिन्द्रनाथ वा उपत्यकाका जात्रा गर्ने खट रथ बनाउँदा एउटा पनि फलामको किला प्रयोग गर्नु हँदैन भन्ने विधान छ, त्यो विधानविपरीत भयो भने त्यो संरचना सम्पदायोग्य हँदैन । त्यसमा विवाद, मुद्दा, जुलुस नारा आवश्यक छैन । जहाँसम्म भँकम्पपछि पुनर्निर्मित सम्पदा कति ठीक, कति बेठीक भन्ने प्रश्न सचेत जनता आफैंले अनुगमन गरिरहेका छन् । जनताको सरकार हो भने प्रश्नको चित्तबुझ्दो जवाफ दिन तयार रहनुपर्छ, नत्र वसन्तपुर र भँगोल पार्कमा राख्न लागेको सिमेण्टको झण्डा र आचार्य बन्धुदत्तको मँर्तिजस्तै फिर्ता हुन्छ एक दिन अवश्य । मध्यपुर कलापरिषद्का संस्थापक अध्यक्ष गणेशराम लाछीको पहलमा सिक्किममा इन्द्रजात्राको रथारोहण र नेवार समुदायले बेलायतमा मच्छिन्द्रनाथको जात्रा थालेको बारेमा कलाकार वैद्यको विचार अलि फरक देखिन्छ । उपत्यकामा मनाइने जात्रा, पर्व, संस्कृति प्राकृतिक पर्व हुन् । त्यस्ता अमँर्त सम्पदायुक्त जात्रा मनाइँदा तिथियुक्त पनि हुने भएकाले रातो मच्छिन्द्रनाथको रथारोहण हँदा आकासबाट पानी पर्नैपर्ने र इन्द्रजात्राका लागि उपत्यकामा सित झरेर जाडो सुरू हुने वैज्ञानिक तथ्य छन् । आख्यान जेसुकै भए पनि सिक्किम र बेलायतमा जात्रा रथारोहण गर्दा मनोरञ्जन र नेवारी संस्कृतिलाई व्यापकता दिन त सकिएला तर प्राकृतिक भावसँग त्यो पर्वले तालमेल खाँदैन । गर्मी महिनामा चाकुको योमरी खाँदा गर्मीले जसरी उधुम मच्चाउँछ, हो ठीक त्यस्तै उपत्यकामा मनाइने जात्रा पर्वलाई देश विदेशमा फैलाउँदछ । त्यसो भए नेवारका जति पनि संस्कार संस्कृति, वास्तुकला प्राचिन परम्परा हुबहु पुनर्निर्माण र प्रचलन हुनुपर्छ भनेका हुन् कि भन्ने बारेमा पनि कलाकार वैद्यको धारणा अलि फरक देखिन्छ । त्यसो ठ्याक्कै भन्न खोजिएको होइन । समयसापेक्ष परिमार्जित पनि हुनुपर्छ, भइरहेको पनि छ । परिवर्तनलाई कसैले रोकेर रोक्न सक्दैन पनि । तर, मँलमा नै भँल पर्ने गरी काठैकाठको मन्दिरलाई सिमेण्टमय बनाउनु, जहाँ पायो त्यहाँ, जहिले पायो तहिले जात्रा पर्व मनाउँदै हिँड्नु भनेको गर्मी महिनामा योमरी घिउचाकु खाने÷खुवाउने जस्तै कुरा हो । देवताको मँर्तिमा रङ मात्र लगाउँदा पनि आँखा, जिउ, हातखुट्टा मुकुटमा छुट्टा–छुट्टै रङ लगाइनुपर्ने विधान छ । तर, कुमारी घर वसन्तपुरको झ्यालढोका, टँडाल, तोरणमा विधानविपरीत इनामेल पोत्ने कार्य गरी संस्कारविपरीतको कार्य भएको छ । जुन असल संस्कार होइन ।
प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न मंगलबार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक सोमबार, माघ १९, २०८२
काठमाडौँमा मिथिला चित्रकला तालिम
काठमाडौँमा मिथिला चित्रकला तालिम सोमबार, माघ १९, २०८२
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक 
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक  सोमबार, माघ १९, २०८२
चलचित्र पत्रकार सिटौलाको निधन 
चलचित्र पत्रकार सिटौलाको निधन  आइतबार, माघ १८, २०८२
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक आइतबार, माघ १८, २०८२
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP