Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • चलचित्रका लागि सुखद रह्यो ‘२०८२’
चलचित्रका लागि सुखद रह्यो ‘२०८२’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २६, २०८२

काठमाडौ- विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको यस क्षेत्रका जानकारहरूले बताएका छन् । यस वर्ष विषयवस्तु प्रधानसँगै ‘स्टार’ भनिने कलाकारका चलचित्रले दर्शक पाएका छन् अर्थात् यस वर्ष सबै किसिमका चलचित्र हेर्न दर्शक चलचित्र भवनमा पुगे । चलचित्र विकास बोर्डले यस वर्ष दुई सय ३० वटा नयाँ चलचित्र दर्ता र ९४ चलचित्रले चलचित्र जाँचका लागि सिफारिस प्राप्त गरेको जनाएको छ । 

यस वर्ष हालसम्म ५६ स्वदेशी र ९३ विदेशी चलचित्र प्रदर्शन भइसकेका छन् । यही चैत २७ मा प्रदर्शन हुने चलचित्र ‘राम नाम सत्य’ सँगै यो वर्ष प्रदर्शन हुने स्वदेशी चलचित्रको सङ्ख्या ५७ पुग्नेछ । बोर्डका अनुसार हाल  नेपालमा एक सय ७२ चलचित्र भवन रहेका छन् भने चलचित्र उपलब्ध गराउने वितरक संस्थाको सङ्ख्या ४४ पुगेको छ । 

यस वर्षको हालसम्म नेपाली चलचित्र हेर्न ३७ लाख ८१ हजार ५४४ दर्शक चलचित्र भवन आउँदा एक अर्ब आठ करोड ३८ लाख ५७ हजार ९१० रुपैयाँ बराबरको व्यापार भएको छ । बोर्डअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (सिनेपा २ बक्सअफिस)मा रहेको तथ्याङ्कअनुसार गत कात्तिक १४ मा प्रदर्शन भएको चलचित्र ‘परान’ ले  १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ कमाई गर्दै घरेलुबजारमा सर्वाधिक कमाई गर्ने स्वदेशी चलचित्र बनेको छ । 

यस वर्ष सर्वाधिक कमाई गर्ने चलचित्र ‘परान’ का लागि कुल छ लाख ३० हजार ६९१ टिकट बिक्री भएका छन् । दीपकप्रसाद आचार्यले निर्देशन गरेकाे उक्त चलचित्रले विशेषतः परिवारलाई नै दर्शक बनाएर चलचित्र भवनसम्म ल्याउन सफल भएको थियो । चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रवीन खतिवडालगायतका कलाकारले अभिनय गरेका छन् । 

Hardik health

यस्तै, यस वर्ष सर्वाधिक कमाई गर्ने सूचीको दोस्रो स्थानमा चलचित्र ‘आ बाट आमा’ रहेको छ । उक्त चलचित्रका लागि पाँच लाख चार हजार ३२९ टिकट बिक्री हुँदा  १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ कमाई भएको छ । आमा र छोरा बीचको कथा देखाइएको चलचित्र हालसम्म पनि नेपालका केही चलचित्र भवनमा प्रदर्शनरत छ । 

सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीको तेस्रो स्थानमा चलचित्र ‘जेरी अन टप’ रहेको छ । उक्त चलचित्रले १२ करोड २८ लाख ८४ हजार रुपैयाँ कमाई गर्न सफल भएको छ । उक्त चलचित्रका लागि तीन लाख ९६ हजार ५९७ टिकट बिक्री भएका छन् । 

प्रेम कथानक चलचित्र ‘ऊनको स्वीटर’ यस वर्ष विसं २०८२ मा सर्वाधिक कमाई गर्ने चलचित्र सूचीको चौथो स्थानमा रहेको छ । उक्त चलचित्रले घरेलुबजारमा  ११ करोड ४१ लाख ९२ हजार १९५ रुपैयाँ कमाई गरेको छ । नवीन चौहानले निर्देशन गरेकाे उक्त चलचित्रका लागि तीन लाख ९२ हजार २४३ वटा टिकट बिक्री भएका छन् ।

यस्तै, पाँचौँ स्थानमा रहेको चलचित्र ‘जारी २’ ले  ६ करोड २४ लाख १७ हजार ४५३ रुपैयाँ कमाई गरेको छ । कवि उपेन्द्र सुब्बाले निर्देशन गरेकाे उक्त चलचित्रका लागि दुई लाख ९ हजार ३३३ टिकट बिक्री भएका छन् । 

यस्तै, सर्वाधिक कमाई गर्ने चलचित्रको छैटौँ स्थानमा रहेको चलचित्र ‘बलिदान’ ले  पाँच करोड १० लाख ५१ हजार १७२ रुपैयाँ, सातौँ स्थानमा रहेको चलचित्र ‘मोहर’ ले  पाँच करोड आठ लाख ९५ हजार ५१२ रुपैयाँ, आठौँ स्थानमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले  चार करोड ७१ लाख ३८ हजार ६८७ रुपैयाँ, नवौँ स्थानमा रहेको चलचित्र ‘माग्ने राजा’ ले  चार करोड ६९ लाख ४३ हजार ६५१ रुपैयाँ र दसौँ स्थानमा रहेको चलचित्र ‘माइतीघर’ ले  चार करोड १६ लाख ३१ हजार ८६३ रुपैयाँ कमाई गरेको छ ।

यस वर्ष चलचित्रमा विषयवस्तु वा कथा आकर्षणसँगै ‘स्टारडम’ भएका कलाकारको चलचित्रलाई दर्शकको साथ प्राप्त हुनु सुखद रहेको चलचित्रकर्मीको भनाइ छ । 

समग्रमा चलचित्रका लागि यो वर्ष सुखद नै रहेको निर्देशक तुलसी घिमिरेको बुझाइ छ । झन्डै सात वर्षको विश्रामपश्चात् चलचित्र ‘पहाड’ मार्फत पुनः निर्देशनमा सक्रिय भएका उनले दर्शकको अपेक्षाअनुसारको चलचित्र निर्माण गर्न सके घरेलुबजार राम्रो रहेको विश्लेषण गरे।

“यहाँ  ५० करोड रुपैयाँ व्यापार गर्ने चलचित्र पनि छन् भने  ५० हजार रुपैयाँ व्यापार गर्ने पनि । यसकारण दर्शकसम्म चलचित्रको जानकारी पुग्ने हो भने घरेलुबजार नै पर्याप्त छ, तर त्यो सीमित चलचित्रको हकमा देखिएको छ । ती चलचित्रको समानता हेर्ने हो भने सबै सामाजिक विषयमा आधारित चलचित्र रहेका छन्”, निर्देशक घिमिरेले भने, “नेपाली समाज र माटो सुहाउँदो चलचित्र बनाउन सके हामीले राम्रो बजार पाउँछौँ ।” 
 


प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अघोषित लोडसेडिङ र अनियमित विद्युत आपूर्ति प्रति  मोरङ उद्योग संघको गम्भीर ध्यानाकर्षण
अघोषित लोडसेडिङ र अनियमित विद्युत आपूर्ति प्रति  मोरङ उद्योग संघको गम्भीर ध्यानाकर्षण बिहीबार, असार २५, २०८३
बाह्र वर्षदेखि रोकिएको ढल्केबर-हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
बाह्र वर्षदेखि रोकिएको ढल्केबर-हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो बिहीबार, असार २५, २०८३
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली बिहीबार, असार २५, २०८३
चर्किएको असन्तुष्टिबीच कोशी प्रदेशसभाकाे बजेट पारित
चर्किएको असन्तुष्टिबीच कोशी प्रदेशसभाकाे बजेट पारित बुधबार, असार २४, २०८३
कोशीमा आज बजेट पारित गर्ने तयारी,कांग्रेस र एमालेबाट ह्वीप जारी
कोशीमा आज बजेट पारित गर्ने तयारी,कांग्रेस र एमालेबाट ह्वीप जारी बुधबार, असार २४, २०८३
सवारी नियम उल्लंघनको कारबाहीकाे चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व संकलन
सवारी नियम उल्लंघनको कारबाहीकाे चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व संकलन बुधबार, असार २४, २०८३
सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल
सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल मंगलबार, असार २३, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP