Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • कालुको व्यक्तित्व झल्किने कृति
कालुको व्यक्तित्व झल्किने कृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १३, २०७६
Kalu copy
Hardik health
  प्रभाव संवाददाता काठमाडौं– ८७ वर्षीय प्रसिद्ध परम्परागत मूर्तिकार कालु कुमालेको कृतित्व र व्यक्तित्व झल्किने पुस्तक ‘क्रोधकला शिरोमणि कालु कुमाले’ बजारमा आएको छ । हात्तिवनस्थित कालु आर्टस् एण्ड ह्याण्डिक्राफ्टमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, प्रतिनिधिसभाका सदस्य कृष्णलाल महर्जन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा मूर्तिकार कालु कुमालेले उक्त पुस्तक संयुक्तरूपमा विमोचन गरे । कार्यक्रममा वाङ्मय शताब्दी पुरुष जोशीले कुमालेका कला निकै उत्कृष्ट रहेको बताए । उनले भने, ‘कलामा नेपालको आफ्नैपन र शैली छ । कहीँकतैबाट आयातित छैन । शैली र विषयवस्तुका दृष्टिले निकै ओजपूर्ण कलाकृति मूर्तिकार कालु कुमालेले बनाउँदै आउनुभएको छ । उहाँका कलाकृति उत्कृष्ट छन् ।’ जोशीले राष्ट्रका निम्ति यस्ता कुमालेजस्ता प्रतिभा गौरव गर्नलायक रहेको जनाउँदै राज्यले उचित सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कला र संस्कृतिको जर्गेना गर्न महानगर लागेको बताए । उनले कला र कलाकारको सम्मानका निम्ति महानगरले विभिन्न कार्ययोजना ल्याएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘कालु कुमालेजस्ता प्रतिभाको उचित सम्मान र कदर गर्न महानगरले कुनै कसुर बाँकी राख्दैन ।’ कुमालेले ललितपुरको मात्रै नभएर देशकै इज्जत र गौरव बढाएको प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनले बताए । उनले भने, ‘राष्ट्रकै शिर उँचो बनाउने कलाकारको मान सम्मानमा राज्यले उचित पहल लिनुपर्दछ । क्रोधकला शिरोमणि कालु कुमालेका कलाकृतिको उचित संरक्षण तथा प्रवद्र्धनमा समेत राज्यले काम गर्नुपर्दछ ।’ पुस्तकमाथि टिप्पणी गर्दै ललितकला परिषद् नेपालका संयोजक देवेन्द्र थुम्केलीले कालु कुमालेको जीवनी, कृतित्व तथा मूर्तिकलाका विविध पक्ष समेटिएको बताए । उनले भने, ‘पुस्तकमा कुमालेले बनाएका दुर्लभ र अधिकांश मूर्तिका तस्बिर राखिएको छ । त्यस्तै, विभिन्न विद्वान, कलाकार, लेखकले कुमालेका बारेमा लेखेका लेखरचना समेटिएको छ ।’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कुमालेको बारेमा पुस्तक प्रकशित गरेर प्रतिष्ठानले कलाकारको सम्मान गरेको बताए । उनले भने, ‘प्रतिष्ठानले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट मानार्थ सदस्यद्वारा सम्मानित कलाकार कुमालेको कलायात्रा समेटेर पुस्तक प्रकाशन गरेको हो । पुस्तकले कुमालेको कलायात्रासँगै नेपाली कलालाई नजिकबाट बुझ्न निकै सहयोग पुग्ने विश्वास लिएका छौँ ।’ उनले नेपाली ललितकला क्षेत्रका मूर्धन्य कलाकार एवं वरिष्ठ मूर्तिकार कालु कुमालेले बनाएका असंख्य मूर्तिहरू स्वदेशमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत संग्रहित रहेको बताए । उनले थपे, ‘यो सम्पूर्ण ललितकलाकर्मीको लागि गौरवको विषय हो भन्ने मैले महसुस गरेको छु । कुनै औपचारिक शिक्षा हासिल नगरिकन र कलासँग सम्बन्धित संघ–संस्थाबाट कुनै प्रकारको तालिम नलिइकन ठूलो त्याग, तपस्या, मिहिनेत, परिश्रम र निरन्तर साधनारत् रहेकै कारण उहाँले क्रोधकला शिरोमणिको उपाधि दिइएको हो ।’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं हस्तकला विभाग प्रमुख धर्मराज शाक्यले प्रतिष्ठानले नेपालकै गर्व गर्ने कलाकारका बारेमा पुस्तक प्रकाशित गरेको बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  ०९:२७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
पारिवारिक कथामा बन्यो ‘हर्ष’
पारिवारिक कथामा बन्यो ‘हर्ष’ बिहीबार, कात्तिक २०, २०८२
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP