काठमाडौं- अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हाल्ने भएका छन् ।
बुधबाट संसद् बैठकमा सम्बोधन गर्दै जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हाल्ने भएका हुन् ।
राष्ट्रपति कार्यलयले सो जानकारी एक विज्ञप्ति जारी गरी जनाएको हो ।