Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • पुरोहितहरूले नेत्रलाई प्रोत्साहन गर्ने
पुरोहितहरूले नेत्रलाई प्रोत्साहन गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १३, २०७६
Hardik health
प्रभाव संवाददाता चितवन–नेपालका पुरोहितहरूले धार्मिक प्रवचन, गरुणपुराण, श्रीमद्भागवत महापुराण, सामाजिक संस्थाहरूको विशेष प्रवचनमा आँखादानका सम्बन्धमा सन्देश प्रवाह गर्ने सामूहिक प्रतिवद्धता जनाएका छन् । नेपाल नेत्रज्योति संघ चितवनअन्तर्गतको आँखा बैंक व्यवस्थापन समितिले बुधबार यहाँ आयोजना गरेको पुरोहितहरूसँगको अन्तक्र्रियामा सहभागीहरूले सो प्रतिवद्धता जनाएका हुन् । उनीहरूले आ“खादान गर्न जनचेतना जगाउने कार्यमा सहयोग पु¥याउन आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने जनाएका छन् । सो अवसरमा पुरोहित समाज नेपालका अध्यक्ष खेमराज अधिकारीले आँखादानलाई सबै दानजस्तै नेत्र महादान सम्झेर जनचेतनामा जुट्ने बताए । उनले अष्टमहादान, दश महादान, पञ्चधेनु जस्तै अब नेत्र दान महादान पनि थप्ने बताए । उनले भने,‘जलेर जाने आँखाले नेत्रहीन व्यक्तिले संसार देख्ने भएकाले यो महादान हो’ उनले एउटै व्यक्तिको आ“खाले आठ जनासम्मले देख्न सक्ने जनाए । विशेष गरेर ६५ प्रकारबाट मृत्यु हुने वा दुरमरणमा नारायणवलीको शास्त्रीय मान्यता भएको भए पनि आँखादानमा त्यो नआउने उनको ठहर छ । उनले मरणोपरान्त दिइने दान भएकाले नारायणवलीको आवश्यक नपर्ने बताए । संस्थाका उपाध्यक्ष जनक सापकोटाले अब नेपालका पुरोहितहरूले धार्मिक प्रवचन, गरुणपुराण, श्रीमद्भागवत महापुराण, सामाजिक संस्थाहरूको विशेष प्रवचनमा आँखादानका सम्बन्धमा सन्देश प्रवाह गर्ने बताए । दान धेरै किसिमका भएको भन्दै उनले जुन दान उपयोग हुन्छ, त्यो महादान हुने भएकाले आँखादान महादान भएको बताए । नेपाल नेत्रज्योति संघले भरतपुरमा सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा भीमराज उषामाया पाठक आँखा बैंक स्थापना गर्दैछ । जसका लागि स्थानीय समाजसेवी भीमराज पाठकले एक करोड ५० लाख सहयोग गरिसकेका छन् भने, पर्याप्त आ“खा र आर्थिक अभावमा बैंक सञ्चालनमा आउन सकेको छैन । यहाँ संकलित आँखाका नानी तिलगङ्गा आँखा अस्पतालको आँखा बैंकमा पठाइँदै आएको छ । त्यहीबाट प्रशोधन गरेको नानी ल्याएर यहाँ आँखा प्रत्यारोपण गरिँदै आएको छ । सो अवसरमा अस्पतालका डा पुष्पा गिरी श्रेष्ठले हालसम्म आठ जनाको आँखा झिकेर प्रशोधनका लागि पठाइएको र तिलगङ्गाबाट आँखाको नानी ल्याएर ७२ जनामा प्रत्यारोपण गरिएको जानकारी दिए । आँखाको नानीको झिल्ली मात्र निकालिने बताउँदै उनले सो स्थानमा प्लाष्टिक राखेर पहिलेको जस्तै बनाइने बताए । एउटा आँखामा हुने पाँच पत्रको झिल्लीमध्ये चार पत्र काम लाग्ने भन्दै उनले मृत्यु भएको आठ घण्टाभित्र नानी निकाल्न सक्दा अति उत्तम हुने भए पनि १२ घण्टासम्म झिक्न सकिने बताए । एक व्यक्तिको दुई आँखाबाट आठ जनाले ज्योति पाउने उनको भनाइ थियो । क्यान्सर, सरुवा रोग, लामो समयसम्म सघन उपचार कक्षमा बसेका बिरामीबाहेक दुई वर्षमाथिका व्यक्तिका आँखा झिक्न सकिने र प्रत्यारोपण गर्न सकिने श्रेष्ठले जानकारी दिए । सो अवसरमा आँखा बैंक व्यवस्थापन समितिका अध्यक्ष प्रभातकुमार जोशीले जलेर जाने आँखाको नानीले आँखा नदेख्नेहरूलाई संसार देखाउने भएकाले यो पुण्य काममा सहयोग गर्न आग्रह गरे । नेपाल नेत्रज्योति संघ चितवनका सभापति कृष्णराज धरेलले मान्छेको मृत्युपछि पहिलोपटक पुरोहितहरू पुग्ने भएकाले आँखादानका लागि उत्प्रेरित गरिदिन आग्रह गरे । कार्यक्रममा नेपाल नेत्रज्योति संघका सहसचिव केशव अधिकारी, आँखा बैंक व्यवस्थापन समितिका सदस्य विनय श्रेष्ठ, शान्तकुमार पिया, अशोक अधिकारी, अस्पतालका व्यवस्थापक दयाशङ्कर चौधरी, छायाँ श्रेष्ठलगायतले आँखा दानको महत्वका विषयमा प्रकाश पार्नुभएको थियो । आँखा संकलन बढाएर दाताको खोजी गरी बैंक स्थापना गर्ने तयारी गरिएको छ । भरतपुर आँखा अस्पतालले चितवन र आसपासका जिल्लामा आँखा उपचारमा सेवा दिँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  ०८:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP