Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘फ्रि भिसा, फ्रि टिकट’ र ‘सय कोटा’ खारेजीको माग सेलाउँदै
‘फ्रि भिसा, फ्रि टिकट’ र ‘सय कोटा’ खारेजीको माग सेलाउँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार २१, २०७९
baidesik
Hardik health
काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुले माग गर्दै आएको ‘फ्रि भिसा फ्रि टिकट’ र वर्षमा सय जनाको कोटा पूरा गर्नुपर्ने मुद्दा सेलाउँदै गएको छ । व्यवसायीले लामो समयदेखि उठाउँदै आएको उक्त मुद्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री फेरिएसँगै सेलाउने संकेत देखिएको हो । मन्त्रालयकै निर्देशनअनुसार वैदेशिक रोजगार विभागले जारी गरेको इजाजतपत्र प्राप्त संस्थाले आगामी आर्थिक वर्ष २०७९÷८० को नवीकरणका लागि १०० जना कामदार विदेश पठाएको प्रमाण अनिवार्य पेस गर्नुपर्ने सूचना प्रकाशन गरेको छ । विभागको सँचनापश्चात् म्यानपवर व्यवसायीले सो प्रावधान हटाउन दबाब दिने ठानिए पनि कुनै कदम नचाल्नुले मुद्दा कमजोर र सेलाउँदै गएको कतिपय व्यवसायीहरुकै बुझाइ रहेको छ । २०७२ सालबाट सरकारले फ्रि भिसा, फ्रि टिकटको अनिवार्य व्यवस्था लागि गरेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अगुवाइमा व्यवसायीहरूले २९ दिन आन्दोलन गरेका थिए । विदेशमा काम गर्न जाने कामदारका लागि ‘फ्रि भिसा र फ्रि टिकट’को नीति अव्यावहारिक भएको भन्दै यसको विकल्प अपनाउन म्यानपावर व्यवसायीले त्यतिबेलादेखि नै माग गर्दै आएका छन् । उनीहरुले वर्षभरिमा १०० जना कामदार पठाउनैपर्ने बाध्यकारी नियम पनि खारेज गर्न माग गरेका छन् । सरकारले एक आर्थिक वर्षमा १०० जना कामदारलाई विदेश पठाउन नसके म्यानपावर व्यवसायीले लिएको इजाजतपत्र नै खारेज हुने व्यवस्था गरेको छ । त्यस्तै मलेसियालगायत खाडी मुलुकमा कामदार पठाउँदा ‘फ्रि भिसा र फ्रि टिकट’को प्रबन्ध गरी १० हजार रुपैयाँभन्दा बढी सेवा शुःल्क लिन नपाइने कानुनी व्यवस्था गरेको छ । सरकारले लागँ गरेको नीतिअनुसार कामदार झन् मर्कामा परेको र राज्यले पनि राजस्व गुमाउनुपरेको व्यवसायीहरुले बताउँदै आएका छन् । ‘फ्रि भिसा, फ्रि टिकट’ र ‘सय जनाको कोटा’ प्रणाली हटाउनुपर्ने व्यवसायीको एजेण्डा रहे पनि पछिल्लो समय ठोस रुपमा कुनै गतिविधि हुन नसकेको वैदेशिक रोजगार व्यवसायी संघका संयोजक विमल ढकालले बताए । उनले भने, ‘फ्रि भिसा फ्रि टिकटका विषयमा कुनै परिवर्तनको संकेत देखिएको छैन । तर, सय जनाको कोटा हटाउन नयाँ मन्त्रीज्यू सकारात्मक नै हुनुहुन्छ र मन्त्रालयले ऐनमा नै संशोधन गर्ने गरी परामर्शका लागि कानुन मन्त्रालयमा पठाइसकेको जानकारी दिएको छ ।’ ढकालका अनुसार अब कुनै म्यानपावर कम्पनीले सय जना कामदार पठाउन नसकेकै कारण नवीकरण नहोला कि भन्ने त्रासमा बस्नुपर्ने छैन । उनले कोटा हटाउने कुरा स्वागतयोग्य रहेको भन्दै फ्रि भिसा फ्रि टिकटसम्बन्धी व्यवस्था परिवर्तनको माग पनि कायमै रहेको जानकारी दिए । त्यस्तै भर्खरै नियुक्त भएका श्रममन्त्री शेरबहादुर कुँवर सय जना कामदार पठाउनुपर्ने प्रावधान हटाउन तयार भए पनि फ्रि भिसा फ्रि टिकटसम्बन्धी कुनै परिवर्तन नआउने संकेत गरिसकेका छन् । आर्थिकरुपमा अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको फ्रि भिसा फ्रि टिकटको प्रावधान हटाउन मन्त्रीसँग आफ्नो कुरा राख्न नसक्नु भनेको व्यवसायीको मुद्दा सेलाउनु जस्तै रहेको एक व्यवसायीको भनाइ छ । उनका अनुसार अहिले श्रममन्त्री कुँवरले व्यवसायीसँग भेट्न खासै रुचि देखाएका छैनन् । यसअघिका श्रममन्त्री कृष्णकुमार श्रेष्ठले भने व्यवसायीहरुले राख्दै आएको मागप्रति सकारात्मक हुँदै पुनरवलोकन गर्ने तयारी गरेका थिए । उनले मलेसिया भ्रमणका क्रममा रोजगारदाताले दिने फ्रि भिसा र फ्रि टिकट कागजातमा मात्रै सीमित रहेको रहस्य पत्ता लगाएका थिए । यसपछि सरकारले लागँ गरेको नीति कार्यान्वयनमा अव्यावहारिक र जटिलता देखिएको भन्दै अध्ययनका लागि श्रेष्ठले एक कार्यदल नै गठन गरेका थिए । यद्यपि, अहिले सो कार्यदल नै निस्क्रिय रहेको मन्त्रालयका एक अधिकारीले बताएका छन् । श्रम गन्तव्य मुलुकमा जाने नेपाली श्रमिकहरूको भिसा तथा टिकटको शुल्क रोजगारदाताले नै बेहोर्नुपर्ने निर्णयमा कुनै फेरबदल नहुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । उनले भने, ‘वैदेशिक रोजगारका विषयमा केही प्रावधानहरु फेर्नुपर्ने आवश्यकता रहे पनि निःशुल्क भिसा र टिकटको हकमा नीति नै परिवर्तन गर्नुपर्छ भन्नेमा मन्त्रालय छैन ।’
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  ०९:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP