Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • व्यवसाय छाडेर सांगीतिक यात्रामा होमिँदै प्रतीक्षा
व्यवसाय छाडेर सांगीतिक यात्रामा होमिँदै प्रतीक्षा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार १६, २०७९
289974227_575134147566689_7710153855441098081_n
Nada Auto Show 2026
Hardik health
काठमाडौं-  पुख्र्यौली घर स्याङ्जा तर छिमेकी मुलुक भारतमा जन्मिएकी प्रतीक्षाको हुर्काइ भने रूपन्देहीको सैनामैना । रूपकी रानी । सानैदेखि नाच्न गाउन भनेपछि हुरुक्कै र खप्पिस पनि । तर, आफूलाई विस्तारै नाच्नभन्दा पनि गाउनतिर ढल्काइन् । स्कूल पढ्दै गर्दा लोक गायन विधामा विभिन्न प्रतियोगितामा पुरस्कार हात पार्न सफल । सुरुका दिनमा घर परिवारबाट गायनभन्दा पनि पढाईमा जोड दिन गरेको बललाई पाखा लगाउँदै उनी गायनमै लागिन् । प्रतीक्षाले जब पुरस्कारसहित घर पुग्थिन् अनि पाउँथिन् स्याब्बासी, अनिमात्र घरमा थाहा हुन्थ्यो गाएर जितेकी भन्ने कुरा । प्रतियोगितामा लगातार पुरस्कार अनि घरबाट विस्तारै गाली कम हुन थालेपछि प्रतीक्षाले नाच्नभन्दा गाउनमै अघि बढिन् । उमेरसँगै कक्षा चढ्दै गएपछि प्रतीक्षाको प्रतिभालाई बजारमा ल्याउने काम गरे बर्दियाली कमल बिसी ‘माइलादाई’ले । माइलादाईसँगको संगत प्रतीक्षाका लागि सफल सावित भयो, उनै माहिलादाईसँग मिलेर २०७४ सालको तिजमा रातो सारी नाम गीत बजारमा ल्याएकी प्रतीक्षाले त्यसपछि लगातार रूपमा नेपालका चर्चित कलाकारहरूसँग सहकार्य गर्ने सौभाग्य पाइन् । तेजस रेग्मी, उज्ज्वल गिरी, राजन कार्की, सन्तोष केसी, विशाल रायमाझी, रञ्जीत परियारलगायतका कलाकार उनका अहिलेसम्मका सांगीतिक सहयात्राका साथी हुन् भने कमल बिसी सारथी । जसले प्रतीक्षाको लोक सांगीतिक चाहको विजलाई मलजल गर्दै अगाडि बढाइरहे । सांगीतिक यात्राको प्रवेशसँगै हरेक वर्षका तिजमा आफना सिर्जनालाई दर्शक स्रोतामाझ ल्याईरहेकी प्रतीक्षाले लकडाउनका समयमा भने आफू केही सुस्ताएको बताइन् । सिर्जनाका हिसाबले त्यही समय बढी सिर्जना गरेको बताए पनि बजारमा पस्कनका लागि आर्थिकका साथै अन्य विभिन्न कारण बाधक बनेको प्रतीक्षाको ठहर छ । सुरुका दिनमा सोखमा रूपमा गीत गाएकी प्रतीक्षाले अबका दिनमा भने पेशा बनाउन लागि परेकी छिन् । सांगीतिक क्षेत्रका अलावा व्यापार व्यवसायलाई अगाडि बढाइरहेकी प्रतीक्षाले कतिपय अवस्थामा ‘सोख’लाई ‘पेशा’ले जितेको बताइन् । जसका कारण आफूले चाहे र सक्नेजति बजार आउन नपाएको बताउँछिन् । राजन कार्कीसँग गाएको मायाको हाई हाई बोलको गीतमा नेपाली डान्सका नम्बर एक अभिनेता दिलीप रायमाझी र डान्सिङ क्वीन कविता नेपालीलाई सँगै नचाएकी छिन् । त्यस्तै विशाल रायमाझीसँग गाएको संगिनी नाम गीत प्रतीक्षाको अर्को खुड्किलो सावित भएको छ । संगिनी गत वर्षको तिजमा प्रतीक्षा र विशालले ल्याएका थिए । विशालसँगको सहकार्यमा नारीहरूको संवेदनाका साथै वास्तविकतालाई समेटिएको कमेडी गीत प्रतीक्षालाई चिनाउने अर्को सिर्जना बनेको छ । लुती, टिनको बाकस, बगेको खोला, टिकटक कि हिरोइन, दशैं मनाउन आउँदै छौं उनका अन्य सिर्जना हुन् । जुन नेपाली लोक बजारमा फरक पहिचान बनाउन सफल बनेका थिए । नेपाल तथा भारतका विभिन्न सहरमा गीत गाउनकै लागी पुग्नु प्रतीक्षाको अर्को सफलता हो, जसबाट दर्शकसँग नजिकिने मौका उनले गुमाइनन् । जसले गर्दा मधुर स्वरकी धनी प्रतीक्षा स्टेज शोबाट राम्रो पर्फमरका रूपमा पनि चिनिन थालिन् । गायनको छोटो समयको औपचारिक प्रशिक्षण प्रतीक्षाका लागि बजारमा स्थापित हुन केही सहयोगी सिद्ध भएको अनुभव उनमा छ । प्रशिक्षण अघिभन्दा आफैंलाई खारिएको अनुभव गरेकी प्रतीक्षाले अब विस्तारै व्यापारलाई भन्दा गायनलाई अगाडि बढाउने सुर कसेकी छिन् । भावी योजनाका बारेमा प्रतीक्षाले भनिन् तत्कालका लागि आउनै लागेको तिजलाई प्राथमिकतामा राखेकी छु । अहिलेसम्म आउने तिजका लागि दुई कोसेली तयार भइसकेको बताएकी प्रतीक्षाले यसपटक पुनः आफनो लागि लक्की सावित कमल बिसीका साथमा आउने बताएकी छिन् भने रञ्जीत परियारसँगको गीतमा पनि ठूलो आशावादी छिन् । अब बिस्तारै सांगीतिक यात्रामा थप तीब्रता दिने योजनासहित प्रतीक्षा मोडलिङतिर पनि लाग्ने बताउँछिन् । लकडाउनका बेला आफूलाई खासै ‘मेन्टेन’ गर्न नसकेकी प्रतीक्षा विस्तारै ‘मेन्टेन’ गर्दै आफनो गीतमा आफैं अभिनय गर्न समेत कम्मर कसेकी छिन् । आउनै लागेको तीज गीतको काम अन्तिम चरणमा पुगिसकेको बताएकी प्रतीक्षा लाइभ दोहोरीमा भने अहिलेसम्म खासै भाग नलिएको बताउँछिन् । व्यावसायले गर्दा खासै समय दिन नसकेकी प्रतीक्षाले अब व्यावसायलाई अर्कैको जिम्मा लगाउँदै सांगीतिक क्षेत्रमा पूर्णरूपमा होमिने जनाएकी छिन् । जसले गर्दा आउने दिनमा उनको उपस्थिति नेपाली सांगीतिक बजारमा प्रभावशाली बन्ने देखिन्छ ।  
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश बुधबार, भदौ ३, २०८३
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP