

काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पु¥याउने गरि आफूले काम गर्ने बताएका छन् । आगामी तीन वर्षभित्र चीनबाट पाईपलाईनमा नेपालमा तेल ल्याउने उनको दाबी छ ।
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्नको लागि आफू सक्रिय भएर लाग्ने बताउँदै उनले भने,‘यो नारामा ठूलो कुरा लुकेको छ, हामी यसलाई साकार पार्नको लागि दत्तचित्त भएर लागिरहेका छौं । जबसम्म जनता सुखी हुँदैनन्, तबसम्म मुलुक समृद्ध हुँदैनन् । मुलुक समृद्ध नभएसम्म फेरी जनता सुखी हुँदैनन् । यसमा द्वन्द्वात्मक सम्बन्ध छ ।’ मुलुक औद्योगीकरणको बाटोमा गैसकेको उनको भनाई छ । उनले भने,‘कृषि, पर्यटन सबैलाई उद्योगको रूपमा विकास गर्छौं । हामी कृषिमा आत्मनिर्भर हुँदैछौं । त्यहीअनुसार कृषि मन्त्रालयले योजना र तयारी गरिरहेको छ ।’
मन्त्री भट्टले अहिले सञ्चालनमा रहेका केही सरकारी रुग्ण उद्योगहरूलाई गतिका साथ सञ्चालनमा ल्याउने तयारीमा आफूहरू लागेको पनि सुनाए । ‘सरकारी उद्योगहरूले मुनाफा हासिल गर्न सकेका छैनन् । अब यसलाई मुनाफातर्फ लैजानको लागि हामी छलफल गरिरहेका छौं ।’–उनले भने । त्यस्तै, निजी क्षेत्रको लागि पनि औद्योगीकरणको वातावरण बनाउनको लागि आफूले आवश्यक पहल गरिरहेको मन्त्री भट्टले सुनाए । उनले भने,‘औद्योगीकरणको लागि वातावरण बनाउनको लागि आवश्यक पहल भैरहेको छु । कतिपय ऐन, कानूनहरू बनिसकेका छन् । कतिपय कार्यविधिहरू बन्ने प्रक्रियामा छन् ।’ आफू भर्खरै मन्त्रालयमा आएकोले अहिले छलफलको क्रममा नै रहेको पनि उनले सुनाए । उनले भने,‘अब सुस्त गतिमा हिँडेर काम छैन्, हामी गतिमा काम गर्नेगरि अघि बढ्छौं ।’
पछिल्लो समय मुलुकको व्यापार घाटा कम भैरहेको सुनाउँदै यत्तिमा नै आफूहरूले सन्तोष मान्नुपर्ने स्थिति भने नभएको उनको भनाई छ । उनले भने, ‘कृषिमा हामी आत्मनिर्भर हुँदैछौं । कृषि मन्त्रालयसँग हामी समन्वय गर्दै अघि बढ्छौं । अरु, मन्त्रालयसँगपनि हामी समन्वय र छलफल गर्दै अघि बढ्छौं । आपूर्तिले नेपालमा आन्तरिकतर्फ ध्यान दिएर काम गर्छ भने वाणिज्यले भने बाह्य मुलुकस“गको व्यापारको लागि काम गर्छ ।’
त्यस्तै, उनले केही नयाँ औद्योगिक क्षेत्रपनि घोषणा भएका र केही घोषणा हुने क्रममा रहेको सुनाए । उनले भने, ‘केही क्षेत्रहरू घोषणा भैसकेका छन् । कतिपयहरू घोषणा हुने क्रममा छन् । कतिपयको डिपिआर र आई.ई.ए. भैरहेको छ ।’ मन्त्री भट्टले दुई मुलुकसँग बन्दरगाहा र नाका खोल्ने कामपनि भएको सुनाए । उनले भने, ‘हाम्रो राज्यमन्त्री औद्योगिक क्षेत्रकै व्यक्तित्व हुनुहुन्छ, हामी सामूहिक छलफल र निर्णयमा जान्छौं । हिजोमात्रै पनि मैले उहाँसँग छलफल गरेको छु ।’
उनले जनताका चाहना पूरा गर्नतर्फ आफ्नो मन्त्रालय दत्तचित्त भएर अघि बढ्नेपनि विश्वास दिलाए । उनले भने,‘सरकारले लिएको लक्ष्य पूरा गर्न हामी गम्भिर छौं । प्रधानमन्त्रीज्यूको उद्देश्यअनुसार नै हामी अघि बढ्छौं । जनताका सबै आकांक्षा र सपना पूरा गर्नेतर्फ हाम्रो सक्रिय सहभागिता र प्रभावकारी काम हुनेछ ।’
उनले निजी क्षेत्रका उद्योगहरू नाफामा गएका तर सरकारी उद्योगहरू घाटामा जानुको कारणबारेपनि आफूहरूले अध्ययन तथा अनुशन्धान गरिरहेको बताए । उनले भने, ‘निजी क्षेत्रको व्यवस्थापन चुस्तदुरुस्त छ । सरकारी उद्योगहरू हाम्रो हो भन्ने भावना नै भएन् । व्यवस्थापनमा बसेकाहरूको व्यक्तिगत स्वार्थ लुकेको देखियो । अब त्यस्तो हुँदैन् । व्यवस्थापनमा बसेकाहरूले सरकारी उद्योगपनि हाम्रो हो भन्ने भावनासहित अघि बढ्नुपर्छ । यसको लागि योग्य व्यवस्थापक दिनुपर्छ । काम गर्ने कार्यशैली र सोचन बदल्नुपर्छ । सरकारले त्यसतर्फ पर्याप्त ध्यान पु¥याउँछ ।’
अहिलेको अर्थतन्त्र खुल्ला भएकोले खुल्ला बजारलाई अनुगमन र नियमनको लागि के–कसरी अघि बढ्ने भन्नेबारे आफू अहिले छलफलमा केन्द्रित रहेको पनि उनले सुनाए । उनले भने,‘बजारमा हुने अनियमितता, कालोबजारी र महँगी रोक्ने काममा हामी सफल हुनेछौं । तर, कमिकमजोरी सच्याउनको लागि हामी आग्रह गर्दछौं ।’ उनले आफ्नो कार्यकालमा उद्योगको क्षेत्रबाट मुलुकको कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा बढि र ठूलो योगदान पु¥याउने पनि दाबी गरे ।
उनले आगामी तीन वर्षसम्म नेपालमा चीनबाट पाईपलाईनमा तेल ल्याउनेपनि दाबी गरे । उनले भने, ‘प्रधानमन्त्रीले विश्वास गर्नुभयो भने म तीन वर्ष अझै मन्त्रीको रूपमा रहन्छु, चीनबाट पाईपलाईनमा तेल ल्याउ“छौं । यो सपना हामी पूरा गरेर छोड्छौं । यसको लागि हामी सबै सामूहिक दायित्वबाट जानुपर्छ ।’