Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • भ्रमण वर्षमा रुसी राष्ट्रपतिलाई निम्तो
भ्रमण वर्षमा रुसी राष्ट्रपतिलाई निम्तो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर ११, २०७६
gyawali
Hardik health
  काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अहिले रसियामा छन् । मन्त्री ज्ञवालीले रसियासँग आपसी विश्वास, राजनीतिक समझदारी तथा आर्थिक एवं व्यापारिक सम्बन्ध र सुदृढ सहकार्यका लागि त्यहाँ पुगेको बताएका हुन् । रुसी महासंघको औपचारिक भ्रमणमा रहेका मन्त्री ज्ञवालीले मंगलबार मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेशन्समा प्रवचन दिँदै बहुआयामिक नेपाल–रसिया सम्बन्धका विविधपक्षबारे चर्चा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीले नेपाल–रसिया सम्बन्ध, परिवर्तित सन्दर्भमा नेपालको परराष्ट्र नीति, नेपालको विकास प्रयास र भावी योजना तथा प्राथमिकता, नेपालको शान्ति प्रक्रिया र त्यसपछिका अवधिमा प्राप्त राजनीतिक उपलब्धि, सामाजिक–आर्थिक रूपान्तरणका प्रयत्नबारे विस्तृत रूपमा जानकारी दिए । नेपाल–रसियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६३औँ वार्षिकोत्सवको सन्दर्भमा भएको आफ्नो रसिया भ्रमणले दुई देशबीच विद्यमान राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक सम्बन्धलाई नयाँ उचाइ प्रदान गर्ने उनले विश्वास व्यक्त गरे । नेपाल र रुसी महासंघबीच व्यापार–वाणिज्यका क्षेत्रमा उल्लेख्य साझेदारी हुन नसकेको यथार्थ औँ ल्याउँदै मन्त्री ज्ञवालीले नेपालमा उपलब्ध लगानीका अवसरको भरपूर उपयोग गर्न आग्रह गरेका छन् । दुवै देशका सरकार, निजी क्षेत्र, विद्वत् वर्ग, सबै तह र तप्काका जनताले व्यापार, लगानी र पर्यटन प्रवद्र्धनलगायत सबै क्षेत्रमा अर्थपूर्ण साझेदारीका निम्ति अब विलम्ब गर्न नहुने उनको भनाइ छ । कृषि, पर्यटन, खनिज पदार्थ उत्खनन, भौतिक पूर्वाधार निर्माण र सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी गर्न सकिने र त्यसमा उच्च प्रतिफल प्राप्त हुने जानकारी दिए । नेपालमा उत्पादित ऊर्जा बिक्रीका निम्ति बजारको समस्या नभएको पनि उनले स्पष्ट पारे । लगानी र व्यवसायको वातावरण बनाउन नेपाल सरकारले नीतिगत एवं संरचनागत सुधार गरेको, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, विशेष आर्थिक क्षेत्र, एकद्वार सेवा प्रवाह प्रणाली कार्यान्वयनमा ल्याएको जानकारी पनि दिए । सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन्दर्भमा रुसी महासंघले अभिायानमा सहयोग गर्न प्रतिवद्धता जनाएको उनले बताए । पर्यटकीय पूर्वाधारमा रसियाली लगानी प्रवाह भएमा नेपालको अर्थतन्त्रलाई उकास्न ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ । गत सोमबार मन्त्री ज्ञवालीले आफ्ना रुसी समकक्षी सेर्गेइ लाभरोभसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्दै त्यस अवसरमा दुई देशबीच आपसी हित र साझा चासोका सबै विषयमा विचार विमर्श भएको जनाएका थिए । वार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीले संयुक्त रूपमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै रसिया–नेपाल सम्बन्ध र भावी योजनाबारे जानकारी दिएका हुन् । मन्त्री ज्ञवालीले दुई देशबीचको सम्बन्धलाई सरकारी, व्यापारिक समुदाय, विद्वत् वर्ग, सञ्चारकर्मी, वैज्ञानिक, विद्यार्थी, कलाकारका माध्यमबाट थप सुदृढ तुल्याउन सकिने विचार व्यक्त गरेका थिए । उनले राजनीतिक अस्थिरताबाट स्थायित्वतर्फ उन्मुख भएको नेपाल दिगो आर्थिक तथा सामाजिक विकासलाई केन्द्रमा राखेर अघि बढेको जानकारी दिँदै ‘समृद्धि नेपाल सुखी नेपाली’ राष्ट्रिय परिकल्पना साकार पार्न सरकार लागिपरेको बताए । मन्त्री ज्ञवालीले नेपाल र रुसी महासंघबीचको राजनीतिक समझदारीलाई प्रगाढ तुल्याउने तथा दुवै देशलाई लाभ हुने सहयोगका विविध क्षेत्रमा सहकार्य अभिवृद्धि गर्न सकिने बताए । उनले न्यायपूर्ण, शान्त र समृद्ध विश्व निर्माणका निम्ति क्षेत्रीय एवं अन्तर्रा्ष्ट्रियस्तरमा सहकार्य बढाइने जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट समेत मन्त्री ज्ञवालीले रुसी प्रधानमन्त्रीलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् । साथै उनले आफ्ना रुसी समकक्षीलाई पनि नेपाल भ्रमणका निम्ति निम्तो गरेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  ०८:४४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP