काठमाडौं - आचार्य स्वामी ध्रुवले आठौं योग दिवसको अवसरमा निःशुल्क ध्यान÷योग शिविर सञ्चालन गरेका छन् । सानेपास्थित स्टार अस्पतालको सभाहलमा सञ्चालित उक्त शिविरमा अस्पतालका अध्यक्ष किशोर महर्जनलगायत ४० जनाको सहभागिता थियो ।
योग दिवसकै अवसरमा नाइटिंगेल विद्यालय सानेपाका ३०० विद्यार्थीहरुका लागि निःशुल्क शिविर सञ्चालन गरिएको जनाकारी दिइएको छ । शिविरमा ध्यान÷योग र प्राणायाम गराइएको थियो ।
‘वर्तमान अस्तव्यस्त समाजमा सुखी र स्वस्थ जीवनका लागि हामी सबैले सबैभन्दा पहिला सन्तुलित आहार र सन्तुलत जीवनशैली अपनाउनुपर्छ,’ स्वामी ध्रुवले भने, ‘यसको साथ ध्यान÷योग पनि गर्नुपर्छ ।’ कार्यक्रमको आयोजना सृष्टि साधना केन्द्रले गरेको उनले बताए ।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९ ०७:१५