Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • प्राकृतिक पर्व भूम्या
प्राकृतिक पर्व भूम्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ५, २०७९
Bhume Pooja
Hardik health
मगर समुदायको नयाँ वर्ष भूमि (भूम्या) पूजा असार १ देखि ३ गतेसम्म नाचगान, खानपानलगायत विविध कार्यक्रम समारोहका साथ मनाइयो । पाल्पालाई केन्द्र बनाई रूकुम, रोल्पा, प्युठान, सल्यान, गुल्मी, अर्घाखाँची, म्याग्दी र डोल्पाका आदिवासी भूमिपुत्र मगरहरुले भूम्या पूजा कृषि कर्म उत्तम होस, बाढी पहिरोले वितण्डा नगरोस् भन्ने कामना गर्दै मनाउँद छन् । जेठ १५ गतेदेखि पानीको मुहान सफाइ गर्ने, फूल टिप्ने, ध्वजा बाँध्ने प्राकृतिक पूजन परम्परा भूमि सम्मान भएको बताइन्छ । राजधानी काठमाडौंको टुँडिखेलमा आयोजित भूम्या पूजा सभालाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले १८ मगरात क्षेत्रको पहिचान भूमि पर्व बहुजाति बहुधर्मी संस्कृतिले सम्पन्न नेपालीका पहिचानमध्ये एक भएको बताए । उनका अनुसार यी विविध पहिचानमध्ये एक मगर समुदायले मनाइने नयाँ वर्ष भूमि पुजन सम्मान समारोहले हामी जन्मेको भूमि, प्राणी, मानव र प्रकृतिलाई सम्मान गर्न सिकाउँदछ । भूमिसँग अर्थतन्त्र पनि जोडिने हुँदा पर्वहरु मनाउँदा मगर समुदायले हिसाबकिताब चुस्त दुरुस्त राख्न बहिखाताहरु नयाँ बनाइने हुनाले नयाँ वर्षलाई सार्वजनिक बिदाको घोषणाको माग गरिएको थियो ।
प्राचीन मगर लिपि अखालिका भएको बताइन्छ । बुद्धका प्राचीन वंशज ओकाकाको सात्विक अर्थ मुखबाट आगो ओकल्ने मगर भाषा हो । बुद्धले केरालाई मोचा भन्नु, सुँगुरको मासु खाएको प्रमाण भेटिनु, कोलीय जातकी मामाकी छोरीसँग विवाह गर्नुजस्ता धेरै आधारले गौतम बुद्ध र मगर वंश नजिक रहेको मान्न सकिने कथन छ । त्यसैले मगर समुदायले गौतम बुद्धलाई आफ्नै वंशज मानेर बुद्ध जयन्तीलाई भूमे पूजा जस्तै गरी मनाउँदछन् ।
बलीसहितको पूजा हुने भूमे पूजा मनाइने मगर समुदायलाई भुरूङचन, बेडलासी, बुढाथोकी, एसमाली, भस्की, खेली, हिस्रगता, सिढारी, खपांगी थरमा छुट्याइने यस समुदाय आले मगर, थापा मगर, राना मगर र पुन मगरका रुपमा पाइन्छ भने ती चारै मगर समुदायलाई तीन थरभित्रका २३ थरमा विभक्त गरिएको पाइन्छ । जस्तैः आलेः दूध आले, फेङदी आले, तोर्छाकी र सूर्यवंशी । थापाः असमाली, दर्लामी, पुलामी, ताङलामी, रासकोटी, बिस्कटटा, सिंजापति, गहसरु, ध्यवाङ, सिंजाली र फेवाली पुनः तिर्के, पेगेल, रामजाली, रुखमानी, बैजाली, तिके, फुङजा, रोका आदि । नेपाल एकीकरणअघि कर्णाली र गण्डकीबीचको भूभाग बाइसेअन्तर्गत मगरात राज्य थियो । मगर जातिलाई केही जातीय अन्वेषकले भारतको मगधबाट नेपाल पसेका हुन् भन्ने भनाइ छ । तर, स्वयम् मगरहरुले चाहिँ आफ्नो वंशज मंगोलियाको मेधियर प्रान्त अनि चीनहु“दै नेपाल प्रवेश गरेका भूमिपुत्र दाबी गर्दछन् । नेपालका प्रथम सहिद लखन थापा मगरको गौरव बोकेका मगर मंगोलियाको मधियारकै नाम कालन्तरमा भेनेजुयला पुग्दा मग्यार, भारतमा मगध र नेपालमा मगर बनेको कुरा भने स्वीकार्छन् । अझ कतिपय मगर जातीय अन्वेषकले उपत्यकाका शाक्य नेवार, भारतका मौर्य, तराईका थारू र मगर एकै भगवान बुद्धका नश्लसँग सम्बन्धित मंगोलियन दाबी गरेका छन् । प्राचीन मगर लिपि अखालिका भएको बताइन्छ । बुद्धका प्राचीन वंशज ओकाकाको सात्विक अर्थ मुखबाट आगो ओकल्ने मगर भाषा हो । बुद्धले केरालाई मोचा भन्नु, सुँगुरको मासु खाएको प्रमाण भेटिनु, कोलीय जातकी मामाकी छोरीसँग विवाह गर्नुजस्ता धेरै आधारले गौतम बुद्ध र मगर वंश नजिक रहेको मान्न सकिने कथन छ । त्यसैले मगर समुदायले गौतम बुद्धलाई आफ्नै वंशज मानेर बुद्ध जयन्तीलाई भूमे पूजा जस्तै गरी मनाउँदछन् । मगर भाषा, लिपि, धर्म र संस्कृतिः भूमे पूजामा मगर पहिचानको रोधी संस्कृति र नृत्य परम्परा प्रस्तुत भएका थिए भने ती संस्कृतिलाई ठाउ“अनुरुप तीन भाषा प्रस्तुत गरिएका थिए । १) राप्ती, रोल्पा, प्युठान, सल्यान र रूकुमका मगरले खाम भाषा बोल्छन् । २) डोल्पाली मगर काइके भाषा बोल्दछन् । ३) त्यसैगरी नेपालमा सरोबरी मगर भाषाको मान्यता धुत भाषाले प्राप्त गरेको छ । मगरभित्रकै छन्त्याल भने खाम भाषा बोल्छन् भने दुरा धुत भाषा बोल्छन् । अख्खा ब्राह्मी लिपि प्रयोग गर्ने मगर स्याङ्जाको आलमदेवी, गोरखाको मनकामना, धरानको बूढासुब्बा, तनहुँको छिम्केदेवी र धादिङको ढोला मण्डलीलगायत थुप्रै प्राकृतिक देवस्थललाई बज्रयान परम्पराअनुरूप जागृत गरी पुजारी रहेका छन् । आफूलाई प्राकृतिक बुद्ध धर्मावलम्बी भन्ने मगर नेपाल मण्डल अर्थात् काठमाडौं उपत्यका, मकवानपुरको भीमफेदी, बज्रबाराही, कुलेखानी हुँदै नेपाल एकीकरणपश्चात् राजा पृथ्वीनारायण शाहका साथ भित्रिएको बताइन्छ । हाल उपत्यकाभित्र कीर्तिपुरको मच्छेगाउँ, ललितपुरको भैँसेपाटी, महालक्ष्मीस्थान, तीखेदेवल र भक्तपुरको सूर्यविनायकमा मगरको उल्लेख्य बस्ती पाइन्छ । आफ्नै जातका भुसाल पुरोहितबाट कर्मकाण्ड पूजा संस्कार गराउने मगर समाजमा १६ वर्ष उमेर पुगेकी किशोरीलाई जबर्जस्ती तानेर विवाह गर्ने र काख खाली गराएबापत आमाबाबुलाई जरिवाना तिर्ने परम्परा थियो । यी र यस्ता थुप्रै चलनचल्तीलाई पुनर्जागृत गर्ने उदेश्यका साथ काठमाडौंवासी मगर समुदायले टु“डिखेलमा असार १ ,२ ,३ गते तीन दिन भव्य भूम्या पर्व मनाएका हुन् ।  
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १४:३४
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP