Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • स्टार म्युजिक भिडियो अवार्ड ४२ विधामा प्रदान
स्टार म्युजिक भिडियो अवार्ड ४२ विधामा प्रदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २९, २०७९
287238400_396908599036609_9161705731432499131_n
Hardik health
काठमाडौं - काठमाडौंमा ‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’ सम्पन्न भएको छ । विभिन्न उत्कृष्ट ४२ विधा तथा जुरी र पपुलर विधामा अवार्ड प्रदान गर्दै शनिबार यो अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा आधुनिक गीत यसपटक प्रताप दाश र एलिना चौहान उत्कृष्ट गायक गायिका भएका छन् । प्रताप दासले तिमि छाउ र एलिना चौहानले ओखल ढिकीबाट उत्कृष्ट गायनको अवार्ड चुमेका हुन् । यस्तै आधुनिक गायनमै जुरी अवार्ड शेरकेनीले प्राप्त गरे । आधुनिक संगीतकारको अवार्ड रोशन सिंहले हाँसिल गरे । ग्रेट नटराज फिल्मस्ले काठमाडौंमा आयोजना गरेको सो कार्यक्रममा नव गायिका विधामा दिया पोखरेल उत्कृष्ट भईन भने कविता शिवाकोटीले जुरी अवार्ड प्राप्त गरिन् । आधुनिक विधामै भिडियो तर्फ नृत्य निर्देशकको अवार्ड राहुल बराईलीले, महिला मोडलको अवार्ड जेविका कार्कीले, म्युजिक भिठियो छायाँकारको अवार्ड नवराज उप्रेतीले र छायाँकारको जुरी अवार्ड बिरेन्द्र भट्टले प्राप्त गरे । यस्तै आधुनिक गीत म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड अर्जुन भुसालले, उत्कृष्ट भिडियो सम्पादकको अवार्ड मिलन विश्वकर्माले र भिडियो सम्पादकको जुरी अवार्ड वीरबहादुर थारुले हाँसिल गरे । आधुनिक गीतको भिडियोमा उत्कृष्ट पुरुष मोडलको अवार्ड हरिश निरौला (कक्रोच)ले, नव मोडलको अवार्ड प्रकाश बस्नेतले, पपुलर नव मोडलको अवार्ड अनिल थापाले र मोडलको जुरी अवार्ड रमेश रामतेलले प्राप्तगरे । कार्यक्रममा उत्कृष्ट बाल कलाकारको अवार्ड सान्वी खतिवडाले चुमिन् । यस्तै लोक पप विधामा गायकको अवार्ड सारनकोट गीतबाट प्रवीण भट्टले र यही विधाको जुरी अवार्ड सनम खतिवडाले पाए । लोक पप विधामा उत्कृष्ट पुरुष मोडलको अवार्ड सुनिल गुरुङले र पुरुष मोडलमै जुरी अवार्ड प्रकाश श्रेष्ठले, पपुलर विधाको अवार्ड कमल सिंहले हाँसिल गरे भने उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड सुबोल थापाले पाए । उत्कृष्ट लोक साँस्कृतिक गीतको अवार्ड निशा गुरुङ श्रेष्ठले यही विधाको जुरी अवार्ड कालिका रोकाले हाँसिल गरे । लोक दोहोरी विधामा उत्कृष्ट गायकको अवार्ड विछोड गीतबाट मानसिंह खखड्काले र यही विधाको जुरी अवार्ड सविन गुरुङले हाँसिल गरे ।उत्कृष्ट महिला लोक दोहोरी गायिकाको अवार्ड अँधेरीमा गीतबाट टिका पुनले प्राप्त गरिन् । यही विधामा सन्ध्य परियारले जुरी अवार्ड र शान्ता थापाले पपुलर अवार्ड हाँसिल गरे । उत्कृष्ट नव गायिकाको अवार्ड सुनिता तिमिल्सिनाले, नव गायिकाको जुरी अवार्ड करिश्मा बीसीले, उत्कृष्ट नव गायकको अवार्ड प्रवीण सापकोटाले, नव गायकको पपुलर अवार्ड सिद्धार्थ मगरले र जुरी अवार्ड कृष्ण लामिछानेले प्राप्त गरे । लोक दोहोरीमै खेम सेन्चुरीले उत्कृष्ट लय तथा नव तर्फ गोविन्द भण्डारीले उत्कृष्ट लय (नव)को अवार्ड जिते । उत्कृष्ट लोक दोहोरी गीतको अवार्ड आभास शताब्दीको जाडो भयो पछौरी गीतले हाँसिल गरेको सो कार्यक्रममा नव कलाकारको उत्कृष्ट गीत चौतारीमा बर्को भयो । कृष्ण स्वर्णकारले पनि नव कलाकारको अवार्ड पाए ।लोक दोहोरी भिडियो मै नृत्य तर्फ पुरुष मोडको अवार्ड शंकर बीसीले चुमे । यही विधामा ओबी रायमाझीले रम रम मरौटीबाट पपुलर र प्रेम थापाले जुरी अवार्ड पाए । उत्कृष्ट महिला मोडलको अवार्ड मन परेको गीतबाट अञ्जली अधिकारीले हाँसिल गरिन् । लोक दोहोरी भिडियो मै अभिनय तर्फ उत्कृष्ट मोडलको अवार्ड आनन्द गुरुङले, लोकप्रिय मोडलको अवार्ड निक शर्माले र जुरी अवार्ड सुनिल लामिछानेले हाँसिल गरे । अभिनय तर्फ उत्कृष्ट महिला मोडलको अवार्ड टिका जैसीले, नयाँ मोडल पुरुषको अवार्ड पदम बहादुर राना मगरले र जुरी अवार्ड गोविन्द बिवासले प्राप्त गरे । नव तर्फ उत्कृष्ट मोडल शर्मिला पुन मगर र जुरी अवार्ड सुमित्रा गुरुङले पाए । नारायणी खत्री वर्षको सर्वश्रेष्ठ मोडल घोषित भए । यस्तै लोक दोहोरीमै म्युजिक भिडियो निर्देशकको जुरी अवार्ड दीपक अधिकारीले, कोरियोग्राफरको अवार्ड माधव श्रेष्ठले, छायाँकारको अवार्ड विजय लामाले, सम्पादकको अवार्ड राजकुमार मगरले र सम्पादक तर्फको जुरी अवार्ड रबिन बीकेले प्राप्त गरे । ब्यबस्थापकको अवार्ड तेजेन्द्र दुराले, लोक दोहोरीमै उत्कृष्ट रेकर्डिस्टको अवार्ड गोविन्द पराजुलीले, उत्कृष्ट म्युजिक भिडियो नव निर्देशकको अवार्ड रमेश बिके रसाइलीले पाए । मौलिक गीत तर्फ उत्कृष्ट मोडलको अवार्ड लक्ष्मी गुरुङले र जुरी अवार्ड बबिता गुरुङ (कुडुले)ले हाँसिल गरे ।भाषाभाषी तर्फ उत्कृष्ट तामाङ गीत भिडियो निर्देशक अवार्ड देव दोर्जे लामाले, उत्कृष्ट तामाङ गीत भिडियो पुरुष मोडलको अवार्ड हेरुका लामा र महिला मोडलको अवार्ड सरिता रानाले तथा महिला मोडल जुरी अवार्ड ऋतु लामाले प्राप्त गरे । यस्तै मैथिली भाषा तर्फ उत्कृष्ट गायन अवार्ड रुपेश झाले हाँसिल गरे ।उत्कृष्ट डान्स लिडरको अवार्ड नाथुनी जैशवालले र यही विधाको जुरी अवार्ड मोहन सुनुवारले पाए । म्युजिक भिडियोका प्राविधिक विधा तर्फ उत्कृष्ट पुरुष मेकअप आर्टिष्टको अवार्ड मोहन लामाले र महिला मेक अप आर्टिष्टको अवार्ड सपना लम्सालले प्राप्त गरे ।गीत संगीत क्षेत्रमा लामो योगदान दिएको भन्दै लोक दोहोरी गायक कृष्णा कँडेल, राजु परियार, बाद्यबादक खर्क बुढा, लोक दोहोरी गायिका लक्ष्मी न्यौपाने, गायिका सरिता भारती कार्यक्रममा सम्मानित भए । यस्तै नृत्य कलाकार विशाल स्याङजाली, कलाकार मधुर बस्नेत, सामाजिक अभियान्ता डिल्ली अधिकारी पनि कार्यक्रममा सम्मानित भए । अशोक विकको अध्यतामा ग्रेट नटराज फिल्म्स प्रा.लिले यो अवार्ड आयोजना गरेको हो । अशोक विकको अध्यक्षतामा अभिनेत्री दिपासा बिसी, प्रशान्त आग्रे, मदन गजमेर, रमेश थापा, गोपाल थापा र केशव कार्कीको टिमले यो अवार्ड आयोजना गरेको हो । यो अवार्डको निर्णायकमा म्युजिक भिडियो निर्देशक उज्ज्वल केसी, कोरियोग्राफर कविराज गहतराज र सँगीतकार करण रहेका थिए ।    
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न मंगलबार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक सोमबार, माघ १९, २०८२
काठमाडौँमा मिथिला चित्रकला तालिम
काठमाडौँमा मिथिला चित्रकला तालिम सोमबार, माघ १९, २०८२
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक 
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक  सोमबार, माघ १९, २०८२
चलचित्र पत्रकार सिटौलाको निधन 
चलचित्र पत्रकार सिटौलाको निधन  आइतबार, माघ १८, २०८२
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक आइतबार, माघ १८, २०८२
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP