Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रेमिट्यान्समा सामान्य सुधार, डलरमा अझै न्यून
रेमिट्यान्समा सामान्य सुधार, डलरमा अझै न्यून
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २९, २०७९
Remitance
Hardik health
काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा विदेशमा कार्यरत नेपालीले पठाउने रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा बढेको छ । नेपाल राष्ट्र बैकले शुक्रबार सार्वजनिक गरेको चालु आवको १० महिनाको मुलुकको आर्थिक तथा वित्तीय अवस्था समेटिएको तथ्यांकअनुसार वैशाख महिनासम्म विप्रेषण (रेमिट्यान्स) आठ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ भित्रिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ०.२ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । तर, वैशाख महिनामा भित्रिएको रेमिट्यान्स अघिल्लो महिना (चैत)को तुलनामा भने न्यून हो । चालु आवको सुरुआती महिनादेखि नै गिरावट आएको रेमिट्यान्स वैशाखमा पहिलोपटक अघिल्लो वर्षभन्दा बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १९.२ प्रतिशतले बढेको थियो । यता, अमेरिकी डलरमा भने रेमिट्यान्स गत वर्षभन्दा न्यून छ । गत वर्षको तुलनामा १.६ प्रतिशतले कम भएर छ अर्ब ७६ करोड डलरमा झरेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउ“छ । गत दुई आर्थिक वर्ष कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा आएको मन्दीले रेमिट्यान्स आप्रवाहमा प्रत्यक्ष असर परेको अर्थविद्हरुको धारणा छ । विस्तारै वैदेशिक रोजागारीमा जाने कामदारको संख्या बढ्ने र रेमिट्यान्समा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । अर्थविद्हरुकै धारणालाई बल पुग्नेगरी वैदेशिक रोजगार विभागले पनि चालु आवको १० महिना (साउनदेखि वैशाखसम्म)को अवधिमा रोजगारीका लागिसंस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिने कामदारको संख्या बढेको जनाएको छ । विभागको तथ्यांकअनुसार चालु आवको वैशाखसम्ममा पाँच लाख पाँच हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन् । पछिल्ला १० महिनामा प्रत्येक महिना औसतमा ५० हजार ५४९ जनाले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएको विभागका निर्देशक कृष्णप्रसाद भुसाल बताउँछन् । उनका अनुसार यही गतिमा श्रम स्वीकृति लिनेको संख्या बढे चालु आर्थिक वर्षको अन्त्यसम्ममा छ लाखभन्दा बढी हुने विभागले प्रक्षेपण गरेको छ । कोरोना महामारी कारण पछिल्लो दुई वर्ष वैदेशिक रोजगारमा जानेको संख्यामा आएको कमीले गर्दा नेपाल भित्रिने रेमिट्यान्समा समेत असर गरेको भुसालको भनाइ छ । गत वर्षबाट कोरोनाको खोप प्रयोगमा आएपछि वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै रेमिट्यान्स आप्रवाहमा पनि वृद्धि हुन थालेको तथ्यांकले देखाउँछ । मुलुकमा पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा चाप परिरहँदा) वैदेशिक रोजगारीमा जाने कामदारको संख्या र रेमिट्यान्स आप्रवाह बढ्नुले सकारात्मक प्रभाव पार्ने सरोकारवालाहरुको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP