Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संसद्मा सांसद लिम्बूको प्रश्न– श्रमिकसँग लिने शुल्कमा विभेद किन ?
संसद्मा सांसद लिम्बूको प्रश्न– श्रमिकसँग लिने शुल्कमा विभेद किन ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २७, २०७९
Hardik health
काठमाडौं - प्रतिनिधिसभा सदस्य लालप्रसाद (एलपी) साँवा लिम्बूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकसँग सरकार र म्यानपावर व्यवसायीले लिने शुल्कमा विभेद भएको बताएका छन् । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको मन्त्रालयगत छलफलमा भाग लि“दै सांसद लिम्बूले श्रमिकसँग सरकारले लिने शुल्क र निजी क्षेत्र (व्यवसायी)ले लिने शुल्कमा ठूलो अन्तर रहेको भन्दै यसले विभेद सिर्जना भएको बताएका हुन् । उनले नेपाली श्रमिकलाई विदेश पठाउ“दा सरकारले एक लाख रुपैया“को हाराहारी शुल्क लिइरहेको उल्लेख गर्दै व्यवसायीलाई १० हजार रुपैयाँ मात्रै शुल्क लिन पाउने व्यवस्था गर्नु आफैंमा ठूलो विभेद भएको टिप्पणी गरे । सांसद लिम्बूले प्रश्न गरे, ‘व्यवसायीले १० हाजारमा कामदार पठाउनुपर्ने, अनि सरकारले एक लाख लिने, यो कत्तिको जायज हो ?’ उनले श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई इंगित गर्दै यस्तो नियम तत्काल सच्याउन संसद्बाटै माग गरे । वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेका सांसद लिम्बूले राज्यले निजी क्षेत्रलाई विभेदरहित वातावरणमा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था निर्माण गर्नुपर्ने बताए । उनले राज्यको नीतिअनुसार व्यवसायीले मर्यादित, सम्मानित र पेसाप्रति जवाफदेही हुनुपर्छ भनेरै पटक–पटक धरौटी वृद्धि गरी छ करोड रुपैयाँ बनाइएको उल्लेख गरे । सांसद लिम्बूले व्यवसायीले वर्षमा १०० जना श्रमिक रोजगारीका लागि विदेश पठाउनैपर्ने बाध्यकारी नियमका कारण थुप्रै व्यवसायीको इजाजतपत्र रद्द हुने अवस्था आएकोप्रति सरकारको ध्यानाकर्षण गराए । कोभिड–१९ का कारण सिर्जित समस्याले वैदेशिक रोजगार व्यवसायको क्षेत्रलाई तहसनहस बनाएको र त्यसबाट बल्ल तंग्रिँदै गरेको अवस्थामा सय जना कामदार पठाउन नसक्दा इजाजतपत्र रद्द हुने अवस्था आएका कारण व्यवसायी आतंकित हुनुपरेको उनको भनाइ छ । त्यस्तै सांसद डिला संग्रौलाले शिक्षालाई रोजगारीस“ग जोड्न माग गरिन् । संग्रौलाले हरेक दिन झण्डै एक हजार ५०० युवा रोजगारीको खोजीमा विदेश गइरह“दा राज्यले प्रत्येक नागरिकलाई १० जोड २ तहसम्मको शिक्षा दिनुपर्ने र त्यस्तो शिक्षा सस्तो, सुलभ र रोजगारीस“ग जोडिएको हुनुपर्ने बताइन् । प्रतिनिधिसभाको बैठकमा शिक्षा मन्त्रालयका लागि विनियोजित बजेटबारे छलफलमा भाग लि“दै संग्रौलाले स्नातक तहको शिक्षा रोजगारीमूलक हुनुपर्नेमा जोड दिइन् । अर्का सांसद गिरिराजमणि पोखरेलले विदेशबाट फर्किएका श्रमिकहरुको सीपको तथ्यांक लिएर उद्यमशीलता प्रवद्र्धनमा लगाउनुपर्ने बताए । पोखरेलले मुलुकको आर्थिक वृद्धिका लागि वैदेशिक रोगजारीबाट सीप बोकेर आएकाहरूको तथ्यांक लिन जरुरी रहेको भन्दै उनीहरुको सीपलाई उद्यमशीलता प्रवद्र्धनमा लगाउनुपर्ने धारणा राखे । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत मन्त्रालयका विविध शीर्षकमाथिको छलफलमा भाग लि“दै उनले विदेशबाट सिप सिकेर आएका श्रमिकहरूलाई पूँजी तालिम, उत्प्रेरणा र बजारसम्बन्धी ज्ञान दिएर उद्यमशीलता प्रवद्र्धनमा लगाउन सकियो भने अर्थतन्त्रलाई बहुआयामिक बनाउन भूमिका खेल्ने बताए ।  
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १०:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP