Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • देशभर उपनिर्वाचनको रौनक ३७ जिल्लामा ४८ निर्वाचन अधिकृत
देशभर उपनिर्वाचनको रौनक ३७ जिल्लामा ४८ निर्वाचन अधिकृत
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २२, २०७६
nirwacha
Hardik health
    प्रभाव संवाददाता काठमाडौं– आउँदो १४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहको रिक्त पदको उपनिर्वाचनको तयारीका लागि विभिन्न जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । बिहीबारदेखि नै देशभर उम्मेदवार मनोनयन दर्ता समेत सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मुलुकका ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि बिहीबार उम्मेदवारी दर्ता भएको भने स्थानीय तहका सदस्यको रिक्त पदका लागि भने २७ कात्तिकमा मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम तय भएको छ । धुलिखेल नगरपालिका वडा नं–२ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको लागि काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वडाध्यक्ष राजन कोइरालाको २०७४ भदौ ९ गते निधन भएपछि सो वडामा हुने उपनिर्वाचनमा एक हजार ८७७ मतदाता सहभागी हुने मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले बताए । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरिएको निर्वाचन कार्यक्रम अनुसार २७ कात्तिकमा उम्मेदारको मनोनयनपत्र दर्ता गर्ने र सूची प्रकाशन गर्ने, २८ गते उम्मेदारको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने र नामावली प्रकाशन गर्ने, ३० गते नाम फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने र १ मंसिरमा उम्मेदारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । त्यस्तै, उपनिर्वाचनका लागि सप्तरीको छिन्नमस्तामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । छिन्नमस्ता गाउँपालिका वडा नं ७ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा एक हजार ४०३ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत एवं सप्तरी जिल्ला अदालतका मुख्य जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीले बताए । राजपा नेपालबाट वडाध्यक्षमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा निर्वा्चित भएपछि उक्त पद रिक्त भएको हो । राजपा र समाजवादी पार्टीले संयुक्त उम्मेदवार दिने सहमति गरे पनि उम्मेदवार घोषणा गरिसकेका छैनन् । त्यस्तै, गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–६ अन्तर्गत रिमुवामा हुन गइरहेको उपनिर्वाचनका लागि बुधवार रुरुक्षेत्र गाउँपालिकाको मुकाम बलेटक्सारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले जानकारी दिए । तत्कालीन नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित पूर्णबहादुर रेगामीको २०७५ साउन १३ गते असामयिक निधन भएपछि सो पद रिक्त रहेको थियो । उक्त पदका लागि हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट गिरीप्रसाद सिंजाली र नेपाली कांग्रेसको तर्फबाट बेदबहादुर दर्लामीलाई उम्मेदवार बनाउने घोषणा गरिएको छ । खोटाङमा साकेला गाउँपालिका–३ का वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएपछि रिक्त रहेको सो पदका लागि हुने उपनिर्वाचनका लागि मात्तिम मानेभञ्ज्याङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित राईको निमोनियाका कारण गत ९ वैशाखमा मृत्यु भएपछि रिक्त रहेको सो पदका लागि हुने उपनिर्वाचनमा खिदिमाका एक हजार ३०३ मतदाताले मताधिकार उपयोग गर्ने मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले बताए । यता कपिलवस्तुकाको शिवराज नगरपालिका–१० लालपुरमा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि सो नगरपालिकाको वडा नं. ५ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश लोकजंग शाहले बताए । गलकोटको बडिगाड गाउँपालिका–२ मा हुने उपनिर्वाचनलाई लक्षित गरी बडिगाड गाउँपालिका–५ ग्वालिचौरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिए । शर्माका अनुसार उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार ध्रुवबहादुर ढकाललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । कार्यालय स्थापनापछि मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले निर्वाचनमा आचारसंहितालाई पूर्णरूपमा पालना गराउन सरोकारवालाहरूले नै अनुगमन तथा नियमन गर्नुपर्ने बताए । बडिगाड गाउँपालिका वडा नं २ का वडाध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समिति बागलुङको उपप्रमुखमा निर्वाचित भएपछि रिक्त रहेको पदमा निर्वाचन हुन लागेको हो । २ नं वडाको निर्वाचन त्रिभुवन नमूना माध्यामिक विद्यालयको दुई मतदान केन्द्रमा हुनेछ । सो वडामा एक हजार ७४२ मतदाता छन् । बागलुङमा क्षेत्र नं २ को प्रदेशसभा (ख) मा समेत उपनिर्वाचन हुँदैछ । गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको मृत्यु भएका कारण उपनिर्वाचन हुनलागेको हो । दुवै स्थानमा राजनीतिक दलहरूले आ–आफ्ना उमेदरवार उठाएर चुनवामा होमिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  ०९:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP