Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #लिपुलेक
  • #रवि लामिछाने
  • #दक्षिण कोरिया
  • #विदेसिनेको संख्या
  • #मट्यांग्राे
  • #विपद्का घटना
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जानेमाथि कडाइ समस्यामा परे स्वयं जवाफदेही हुनुपर्ने
व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जानेमाथि कडाइ समस्यामा परे स्वयं जवाफदेही हुनुपर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २५, २०७९
काठमाडौं -  सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमाथि कडाइ गर्न थालेको छ । वैदेशिक रोजगारीको लागि व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरु अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य हुने गरेको भन्दै कडाइ गरेको हो । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा कुनै व्यावधान आइपरे वा बिचल्ली परे कामदार स्वयं जवाफदेही हुनुपर्ने प्रावधान राखेको छ । जसमा विभागले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुका लागि अनिवार्यरुपमा स्वघोषणा फाराम भर्नुपर्ने व्यवस्था गरेको छ । स्वघोषणा फाराम भर्ने पुरानै व्यवस्था भए पनि केही सर्तहरु पुनरवलोकन गरिएको विभागले जनाएको छ ।
आफ्नो स्वार्थ अनुकूल दाबी गर्ने, दुःख दिने नियतका साथ विनाप्रमाण प्रस्तुत हुने व्यक्तिलाई लक्षित गरी कडाइ गरिएको हो । स्वघोषणा गरेकै कारण वास्तविक पीडितलाई सहयोग रोकिँदैन । शेषनारायण पौडेल, महानिर्देशक
कामदारले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जा“दा कुनै ठगी भए, व्यवधान आइपरे विभागले कुनै दायित्व वहन गर्नु नपर्ने गरी स्वघोषणा फाराम भर्न लगाउने भएका कारण वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयविरुद्ध कुनै उजुरी गर्न पाइने छैन । विभागले पुनरवलोकन गरेको स्वघोषणा फारममा ‘कुनै म्यानपावर कम्पनी वा इजाजतवाला कम्पनी वा अन्य कुनै व्यक्तिमार्फत काम गरेको छैन, म स्वविवेकमा विदेश काम गर्न जान लागेकाले हवाई यात्रा वा कार्यस्थलमा पुगेपछि कुनै पनि व्यावधान आइपरेमा म सहु“ला बुझाउ“ला, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयका विरुद्ध कही“ कतै पनि उजुरी गर्ने छैन भनी राजीखुसीले स्वघोषणा गर्दछु’ भनी उल्लेख गरिएको छ । जसकारण स्वघोषणा फाराम भरेकै आधारमा व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जाने कामदार पीडित भएमा कही“कतै उजुरी गर्न नपाउने अवस्था सिर्जना भएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले कुनै पनि व्यक्ति व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान स्वतन्त्र रहे पनि अझ बढी सतर्क होउन्, ठगीमा नपरुन्, विदेशमा बिचल्ली नहोस् र सुरक्षित रहुन् भन्ने उदेश्यका साथ स्वघोषणा गर्न लगाउने गरिएको प्रस्ट पारे । तर, स्वघोषणा गरेकै कारण समस्यामा परेका व्यक्तिको उद्धार नरोकिने उनको भनाइ छ । ‘स्वघोषणा गर्ने नियम पहिलेदेखिकै हो, अहिले अलि बढी हाइलाइट गरेको मात्रै हो,’ महानिर्देशक पौडेलले भने, ‘कोही व्यक्ति सा“च्चिकै अप्ठ्यारोमा छ, ठगीमा परेको छ भने स्वघोषणा गरेकै कारण विभागले उद्धार तथा सहयोगका कार्य रोक्दैन, अहिलेसम्म रोकेको पनि छैन ।’ व्यक्तिगत श्रम स्वीकृति लिने वा लिन खोज्ने व्यक्ति जानेबुझेका र पढेलेखेकै धेरै हुने उनले बताए । विभिन्न माध्यमबाट खर्च गर्ने, आफ्नो स्वार्थ अनुकूल दाबी गर्ने, कुनै प्रमाण नभए पनि दुःख दिने नियतका साथ प्रस्तुत हुनेको हकमा विभागले सम्बोधन गर्न नसक्ने महानिर्देशक पौडेलले जानकारी दिए । उनका अनुसार विभागमा पर्ने उजुरीमध्ये ४० प्रतिशत उजुरी झूठा भेटिएका छन् । जसमा पीडित भनिएका पीडक हुने र पीडक भनिएका पीडित भएको पाइएको छ । नक्कली पीडितहरुबाट बच्न पनि स्वघोषणा गराउनु आवश्यक भएको पौडेलको भनाइ छ । उनले सा“च्चिकै पीडितहरुको हकमा विभाग सधैं साथमा रहेको बताए । व्यक्तिगत श्रम स्वीकृति १०८ देशका लागि लिन सकिने प्रावधान भए पनि साउदी अरब, कतार, कुवेत र युएईमा सम्बन्धित देश हेर्ने नेपाली राजदूतावासबाट कागजात प्रमाणीकरण गरी ल्याए मात्र श्रम स्वीकृति पाउने विभागले जनाएको छ । त्यस्तै गत वैशाखदेखि लागू हुनेगरी क्रोयसिया, पोल्याण्ड, रोमानिया, हंगेरी, बेलारुस, माल्दोभा, अल्वानिया र स्लोभाकियामा पनि सम्बन्धित देश हेर्ने नेपाली राजदूतावासबाट कागजात प्रमाणीकरण गरेर आउनेलाई श्रम स्वीकृति दिने व्यवस्था गरिएको विभागले उल्लेख गरेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
दक्षिण कोरियामा विदेशी कामदारमाथि हुने दुव्र्यवहार बढ्दो
दक्षिण कोरियामा विदेशी कामदारमाथि हुने दुव्र्यवहार बढ्दो शुक्रबार, भदौ ६, २०८२
साउनमा रोजगारीका लागि विदेसिनेको संख्या गत वर्षभन्दा साढे आठ हजारले बढ्यो 
साउनमा रोजगारीका लागि विदेसिनेको संख्या गत वर्षभन्दा साढे आठ हजारले बढ्यो  बिहीबार, भदौ ५, २०८२
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा बुधबार, भदौ ४, २०८२
कोरियाली प्रहरीले थाल्यो विशेष कारबाही
कोरियाली प्रहरीले थाल्यो विशेष कारबाही मंगलबार, भदौ ३, २०८२
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन सोमबार, भदौ २, २०८२
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग आइतबार, भदौ १, २०८२
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल शुक्रबार, साउन ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP