Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • मेरा लागि चलचित्र क्षेत्र विश्वविद्यालय हो
मेरा लागि चलचित्र क्षेत्र विश्वविद्यालय हो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ५, २०७६
Devendra
Hardik health
देवेन्द्र पाण्डे, उमेरले सानै हुनुहुन्छ तर, उहाँको काम भनेको आफूभन्दा ठूला कलाकारलाई अभिनय गराउने हो । यत्तिसम्म की निर्देशक पाण्डेले आफूले हजुरबा भन्नेसम्मका वरिष्ठ कलाकारहरूलाई फिल्ममा अभिनय गराउनु भएका छन् । सुरुमा पाण्डेलाई देख्नेले राम्रो काम गर्छ भनेर पत्याउँदैनन् । तर, काम गर्दै जाँदा पाण्डेसँग यत्ति निकट हुन्छन् कि पुनः अर्को फिल्म वा म्युजिक भिडियोहरूमा दोहो¥याएर काम गर्ने हुट्हुटी लागेको उहाँको निर्देशनमा काम गर्नेहरू नै बताउँछन् । धादिङको धुनबेँसी नगरपालिका वडा नं. ३ मा बुबा नारायणबहादुर पाण्डे र आमा कान्छी पाण्डेको कोखबाट ०४६ सालमा जन्मिनु भएका पाण्डेको बाल्यकाल काठमाडौं उपत्यकामा बित्यो । उहाँले काठमाडौंलाई नै कर्मथलो बनाउनु भएका छन् । उहाँको शिक्षा दिक्षा पनि काठमाडौं मै भयो । आफ्नो भविष्य बनाउने बाटोमा हिँड्दै जाँदा उहाँले विवाहको कुनै सोच बनाउनै भ्याउनु भएको छैन । जनप्रशासनतर्फ स्नातकोत्तर तहमा अध्ययनरत पाण्डेसँग निर्देशन र उहाँको अन्य अनुभवका बारेमा प्रभावकर्मी लोकराज रुम्दालीले गर्नुभएको कुराकानीको सम्पादित अंशः तपाईँ चलचित्र निर्देशमा कसरी लाग्नुभयो ? यसका बारेमा के बुझ्नु भएको छु ? — चलचित्र क्षेत्र मेरा लागि एउटा विश्वविद्यालय नै हो । चलचित्र क्षेत्रमा म ०५८ सालदेखि क्रियाशील छु । सानैदेखि चलचित्र क्षेत्रमा लागेको हुँ । ०५८ सालमा चलचित्रमा ग्रुप डान्समा नृत्य गरेको थिएँ । ०६३ सालमा एसएसली सकियो । अरु गीतहरूमा पनि नाँच्दै गएँ । वरिष्ठ निर्देशक शिव शर्माको असिस्टेन्टमा चलचित्र निर्देशन गरेँ । उहाँको मुख्य सहायक निर्देशक भएर लामो समय काम गरेँ । धेरै फिल्ममा काम गर्ने मौका पाएँ । ‘हत्याकाण्ड’, ‘आफ्नै मनलाई सोधेर’, ‘पर्खी राख है’ लगायत फिल्म शिव शर्माले निर्देशन गर्नुभएको चलचित्र हुन् । उहाँको असिस्टेन्ट गर्दै मैले म्युजिक भिडियो निर्देशन गर्ने मौका पाएँ । यहीबीचमा मलाई एउटा फिल्म निर्देशन गर्न अफर आयो । त्यो फिल्म ‘वान साइडलभ’ थियो । फिल्म सोँचेभन्दा धेरै राम्रो भयो । धेरैले मन पराइदिनुभयो । त्यसपछिमलाई झन् हौसला बढ्यो । केही समयपछि चलचित्र ‘भिलेन’ निर्देशन गरेँ । ‘भिलेन’ पनि सोँचेभन्दा धेरै राम्रो चल्यो । ‘भिलेन’ पछि मलाई धेरैले झन् हौसला दिनुभयो । चलचित्र र म्युजिक भिडियो कति वटा निर्देशन गर्नुभएको छ ? — चलचित्र दुई वटा निर्देशन गरेँ । ती दुवै चलचित्र राम्रो बनेका छन् । नाम चलेका कलाकारले अभिनय गर्नुभएको छ । म्युजिक भिडियो तीन सयभन्दा धेरै निर्देशन गरेको छु । फिल्म क्षेत्रमा किन लाग्नुभयो ? — मेरो चाहना फिल्म निर्देशक बन्ने थियो । म्युजिक भिडियोको पार्ट मेरो दोस्रो कुरा हो । निर्देशक बन्नका लागि म्युजिक भिडियोले थोरै सहयोग गरेको छ । यसले पनि भोलिका दिनमा निर्देशनलाई सहयोग गर्छ भनेर म्युजिक भिडियो निर्देशन गरेको हुँ । म्युजिक भिडियोले फिल्म निर्देशनलाई सहयोग मिल्छ । चलचित्र र म्युजिक भिडियो निर्देशन गर्दा दिमाग लगाउने विषय उस्तै हो । चलचित्र लामो हुन्छ, धेरै विषय राख्न सकिन्छ । म्युजिक भिडियो छोटो हुन्छ । थोरै समयमा दर्शकले बुझ्ने गरेर सबै कुरा समेट्नु पर्छ । तपाईको पढाइ र काम गराइमा तालमेल छैन त ? — मेरो पढाइ बुबाआमाको इच्छाअनुसार भयो । मेरो इच्छा फिल्म निर्देशनतिर थियो । त्यस कारणले तालमेल नमिलेको मात्रै हो । त्यसो त फिल्म क्षेत्र एउटा आफैँ विश्वविद्यालय हो । यो प्राविधिक क्षेत्र हो । फिल्म निर्देशन पढाइ मात्रै होइन, प्रत्यक्ष ज्ञान पनि चाहिन्छ । त्यो ज्ञान मैले फिल्ममा मुख्य सहायक निर्देशक भएर लामो समयसम्म सिकेको छु । मेरो पालामा फिल्मको निर्देशन नै पढौँ भन्ने थिएन । विदेशमा गएर पढ्ने कुरा पनि भएन । त्यस बेला निर्देशन पढ्ने स्कुल भएको भए पढ्ने थिएँ । यहाँ पढाइभन्दा काम गराइ बढी चाहिन्छ । यहाँ प्राक्टिकल बढी चाहिन्छ । म प्राक्टिलमा पोख्त भएको कारणले अहिले आएर फिल्म निर्देशकको विषय नपढेको मात्रै हो । नेपाली चलचित्रहरू राम्रा छन् ? राम्रा बनेका छन् त ? — अहिलेका नेपाली चलचित्रहरू धेरै राम्रा र उत्कृष्ट बनेका छन् । पहिला ‘डिभी’ थियो । पहिला चलचित्र ‘क्यान’मा खिचिन्थ्यो । अहिले चलचित्र बनाउन डिजिटल प्रविधि आएको छ । मन नपरेको कुरा डिलिट गरेर मजाले अर्को सिन खिच्न सकिन्छ । अहिले धेरै राम्रो भएको छ । नेपाली चलचित्रले कमाइ कस्तो गर्छन् ?चलचित्रको व्यापार कस्तो छ ? — नेपाली चलचित्रको व्यापार पनि १४÷१५ करोडसम्म हुने गरेको छ । नेपाली चलचित्रले यति धेरै पैसा कमाउने दिन आइसक्यो । चलचित्रको बजार राम्रो छ । पहिला ५६–५७ लाख कमाउँदा पनि कति धेरै कमाइ गरेको भन्ने समय थियो । अहिले धेरै ठूलो बजार भइसकेको छ । चलचित्र बनाउने प्रविधि नेपालमा कस्तो छ ? — पहिलाको भन्दा धेरै राम्रो प्रविधि नेपालमा आइसकेको छ । चलचित्र बनाउन पहिला जस्तो झन्झटिलो छैन । डिजिटल प्रविधि आइसक्यो । चलचित्रको गुणस्तर पछिल्लो समय ह्वात्तै बढेको छ । दृष्य, साउन्ड, कलर, अभिनय, गीत, संगीत सबै राम्रा हुने गरेका छन् । नयाँ टेक्नोलोजी आएको छ । नयाँ क्यामराहरू आएका छन् । पहिला क्यान, डिभी, पाल भन्ने थियो । अहिले त्यो प्रविधि छैन । अहिलेको युग भनेको डिजिटल युगहो । ममोरीबाट मन परेको कुरा राख्यो । मन नपरेको कुरा डिलिट ग¥यो । तपाईलाई चलचित्रको प्राविधिक विषयमा ज्ञान छ ? — निर्देशक भएपछि प्रविधिक विषयमा ज्ञान हुनु अनिवार्य नै हुन्छ । होइन भने चलचित्र निर्देशन गर्न कठिन हुन्छ । प्रविधिमा के विषयमा तपाईलाई अलिक धेरै ज्ञान छ ? — क्यामराको बारेमा अधिकांश विषयमा जानकारी छ । ज्ञान छ । क्यामराको लेन्सका विषयमा थाहा छ । क्यामराबाट लिइने दृष्य र सम्पादनका विषयमा थाहा छ । अरु थुप्रै विषयमा जानकारी छ । निर्देशकका लागि यी विषय जान्नै पर्छ । यी विषय नजान्ने हो भने चलचित्र निर्देशन गर्न गाह्रो हुन सक्छ । क्यामरा चलाउन आउँछ ? — क्यामरा चलाउन आउँदैन । तर, क्यामराको फ्रेमिङको बारेमा थाहा छ । चलचित्र निर्देशनमा लागेपछि पुरस्कार वा सम्मान पाउनु भएको छ कि छैन ? — पाएको छु । धेरै ठाउँमा बोलाएर सम्मान पनि गर्नु भएको छ । राष्ट्रिय स्तरका अवार्डहरू पनि पाएको छु । नेपाली सेनाबाट पनि अवार्ड पाएको छु । गाउँ ठाउँमा हुने स–साना पुरस्कार र सम्मान पनि पाएको छु । मेरो कामको मूल्यांकन गरेर अवार्ड र सम्मान दिँदा खुसी लाग्छ । अझै केही गरौँ भन्ने हौसला जागेर आउँछ । रापती समाजको राष्ट्रयस्तरको अवार्ड पनि पाएको छु । चलचित्रमा लाग्नु हुन्छ कि यो क्षेत्रबाट पलायन हुनुहुन्छ ? — चलचित्र निर्देशन नै मेरो पेसा हो । यो क्षेत्रलाई छाड्ने कुरै आउँदैन । बरु आगामी दिनमा कसरी राम्रो निर्देशक बनेर अझै राम्रा चलचित्र कसरी दिउँ भन्नेतिर लागेको छु । नयाँ चलचित्र बनाउने योजना छ कि छैन ? — ‘जन्ते बाख्रो’ चलचित्र बनाउने योजना बनाएको छु । तयारीहरू पनि भइरहेको छ । यो चलचित्र हाँस्यप्रधान हुनेछ । स्क्रिप्टको लेबलमा छु । फाइनल गर्दै छु । एउटा चलचित्र बनाउन कति लाग्छ ? — चलचित्र बनाउन अहिले त एक करोडभन्दा माथि नै खर्च हुन्छ । करोडभन्दा कम पैसामा चलचित्र नै बन्दैन । यति धेरै पैसा लगानी गरेर बन्ने चलचित्रको पैसा उठ्छ कि उठ्दैन ? — अहिले त चलचित्र राम्रोसँग बनाउने हो भने पैसा उठ्छ । चलचित्र हलबाट पनि राम्रो पैसा उठ्छ । युट्युबको बजार पनि छ । पहिलाजस्तो चलचित्र डुब्ने सम्भावना निकै कम हुन्छ । हिन्दी फिल्मभन्दा नेपाली दर्शकहरू नेपाली चलचित्रमा आकर्षित हुने गरेका छन् । चलचित्रतिर लाग्न तपाईलाई प्रेरणा कसरी मिल्यो ? — म बच्चैदेखि नृत्य गर्न जानेको थिएँ । नाच्दानाच्दै चलचित्र क्षेत्रमा लागेको हुँ । राम्रो निर्देशक बन्ने योजनाका साथ चलचित्रमा लागेँ । घरपरिवारमा पनि मलाई साथ थियो । तपाईको उमेर पनि सानो रहेछ । चलचित्रको निर्देशन गर्नु हुन्छ । कलाकारहरू तपाईभन्दा उमेर र अनुभवले ठूलो हाइटका हुन्छन् । काम कसरी गर्नु हुन्छ ? — म उमेरले मात्रै सानो । ज्ञान र सीप तथा अनुभवले सानो छैन । सुरुमा नपत्याउँने । काम हेरेपछि उहाँहरू पनि चकित हुने भएको छ । यस्तो फुच्चेले पनि राम्रो काम गर्ने भन्ने हुन्छ । चलचित्रमा कलाकार क–कसलाई अभिनय गराउनु भयो ? — नाम चलेका सिनियर कलाकार लगभग सबैसँग काम गरेको छु । फिल्म र म्युजिक भिडियोमा खेलाएको छु । निर्देशन गरेको छु । महानायक राजेश हमाल, नायिका करिष्मा मानन्धर, नायक निखिल उप्रेती, नायिका शिल्पा पोखरेल, नायिका निशा अधिकारी, नायिक ध्रुव कोइराला अधिकांश कलाकारसँग काम गरिसकेको छु । ती ठूला कलाकारले निर्देशनका बेला केही भन्नु भएको छ ? — उहाँहरूले केही भन्नु हुन्न । सुरुमा आश्चर्यका साथ हेर्नु हुन्छ । काम गर्दै जाँदा मेरो काम देखेर खुसी हुनुहुन्छ । धन्यावाद दिनु हुन्छ । मैले काम गर्ने भनेको प्रोफेसनल रूपमा हो । लप्पनछप्पन जानेको छैन । सबैले माया गर्नुहुन्छ । सानैमा पनि राम्रो प्रगति गरेछ, भन्नुहुन्छ् । नेपालमा कस्ता खालका चलचित्र चल्छन् ? — टिपिकल खालका चलचित्र चल्छन् । हाँस्य प्रधान चलचित्र चल्छन् । मैले नयाँ चलचित्र पनि त्यस्तै खालको बनाउँदै छु । दर्शकको भावना बुझेर चलचित्र बनाउनेछु । फरक स्वादको ‘जन्ते बाख्रो’ बनाउने सोचमा छु । हिन्दी र नेपाली चलचित्रमा फरक हुन्छ कि हुँदैन ? — धेरै फरक हुन्छ । हिन्दी चलचित्रको मेकिङदेखि लिएर अन्य विविध विषयहरू राम्रो हुन्छ । हिन्दी चलचित्रको पब्लिसिटीदेखि खर्च धेरै गरिएको हुन्छ । त्यो कुरा नेपालमा छैन । भारतको एउटा प्रान्तको जति नेपालमा दर्शक पनि हुँदैनन् । नेपालमा थोरै दर्शक हुनुहुन्छ । हिन्दीको लगानी पनि धेरै हुन्छ । दर्शक पनि धेरै हुन्छन् । हाम्रो दर्शक र लगानी पनि थोरै छन् । सोहीअनुसार चलचित्र बन्ने हो । चलचित्र कथा र प्रविधिक विषयमा तालमेल मिलेको हुँदैन भन्छन् ? — त्यस्तो हुँदैन । सबैले मेहनत गरेर चलचित्र बनाएका हुन्छन् । कुनै–कुनै चलचित्रमा तालमेल नमिलेको हुन सक्ला । सकेसम्म सबै विषय तालमेल मिलेकै हुन्छ । पछिल्लो समय धेरै लगानी गरेर चलचित्र बनेका छन् । सबैलाई आफ्नो लगानी नडुबोस् भन्ने हुन्छ । आफ्नो सिर्जनाको माया सबैलाई हुन्छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  ०४:४३
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’ आइतबार, असार ७, २०८३
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी आइतबार, जेठ ३१, २०८३
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की शुक्रबार, जेठ १५, २०८३
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव शुक्रबार, जेठ १५, २०८३
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य बिहीबार, जेठ १४, २०८३
‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल
‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल बिहीबार, जेठ १४, २०८३
गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे बुधबार, जेठ १३, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP