Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
  • #नेफिन
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘गिरिजाप्रसाद कै कारण नेपालमा लोकतन्त्र’
‘गिरिजाप्रसाद कै कारण नेपालमा लोकतन्त्र’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २७, २०७६
AR_KTM-7868
Hardik health
काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले गिरिजाप्रसाद कोइरालाकै कारण मुलुकमा लोकतन्त्र आएको बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आयोजना गरेको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिहरूको परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘गिरिजाप्रसाद कोइरालाजस्तो दृढ अठोट भएको नेताका कारण मुलुकमा लोकतन्त्र आएको हो । उनले कोइराला नेपालको लोकतान्त्रिक नेता भएकाले नै यो सब सम्भव भएको पनि बताए । उनले भने, ‘कोइराला नेपालको लोकतान्त्रिक नेता हुनुहुन्थ्यो ।’ उनले माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन पनि कोइरालाको विशेष योगदान रहेको बताए । उनले भने, ‘जंगलमा विद्रोह गरेर बसेको माओवादीलाई शान्तिप्रक्रियामा ल्याएर लोकतान्त्रिक मुलुक निर्माणमा गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको छ ।’ उनले कोइरालाले चारवटा राजाको संगत गरेको र अन्तर्राष्ट्रिय समुदायले लोकतान्त्रिक नेता भनेर चिनेका कारणले नै सरकारले आतंककारी घोषणा गरेको तत्कालीन नेकपा माओवादीसँग १२ बुँदे सम्झौता गर्दा पनि उनलाई कसैले थुन्ने आ“ट नगरेको बताए । गिरिजाप्रसाद कोइरालालाई शान्ति, लोकतन्त्र, गणतन्त्र र संघीयताबाट कसैले चाहेर पनि अलग गर्न नसक्ने उनको भनाइ थियो । पूर्वराष्ट्रपति डा यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल र बलियो बनाउन सबै राजनीतिक दलका नेतालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने सुझाव दिए । दलका नेताले शान्ति, लोकतन्त्र र राष्ट्रहितलाई सर्वोपरि राख्नुपर्ने उनको भनाइ थियो । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपालको विकासका लागि जलविद्युत, पर्यटनस“गै आधुनिक कृषिको विकासमा सरकार लाग्नुपर्ने सुझाव दिए । उनले यसको लागी कृषिको आधुनिकीकरण पहिलो प्राथमिकता भएको बताए । उनले भने, ‘जलविद्युत, पर्यटनस“गै आधुनिक कृषिको विकासमा सरकार लाग्नुपर्छ ।’ उनले फाउण्डेशनले देश विकासको क्षेत्रमा खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे । कांग्रेस केन्द्रीय सदस्य डा रामशरण महतले विपी कोइराला नेपालको प्रधानमन्त्री हुँदा एक चीन नीति अँगालेको र त्यसले अहिले पनि निरन्तरता पाइरहेको बताए । विपी कोइरालाको बेलाको संयुक्त राष्ट्रसंघको बैठकमा नै विपीले चीनलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा राख्नुपर्ने आवाज उठाउनु भएको स्मरण डा महतले गरे । कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसमा विचारलाई बन्देज लगाउने गरी विनियमावली बनाउन लागेको भन्दै विचारको स्वतन्त्रतामा बन्देज लगाएमा पार्टी समाप्त हुने बताए । कांग्रेस नेत्री एवं फाउन्डेशनका अध्यक्ष सुजाता कोइरालाले गिरिजाप्रसाद कोइरालाले अगाडि बढाएको सहमति, सहकार्य र एकताको मार्गबाटै शान्ति, लोकतन्त्र, गणतन्त्र संस्थागत भई देशमा समृद्धि आउने बताईन् । कांग्रेस केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले गिरिजाबाबुको कारणले नै मुलुकमा लामो समयदेखि अस्थिर रहेको राजनीति समाप्त भएको उल्लेख गरे । ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि टान फाउण्डेशनसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  ०५:५७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
राष्ट्रपति रामचन्द्र पौडेलसँग नवनिर्वाचित एनआरएन पदाधिकारीहरुकाे भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नवनिर्वाचित एनआरएन पदाधिकारीहरुकाे भेट सोमबार, चैत २३, २०८२
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP