Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
  • #नेफिन
Search Here
प्रवास
  • Home
  • प्रवास
  • बालुवाका भरमा परिवारको जोहो
बालुवाका भरमा परिवारको जोहो
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २७, २०७६
Hardik health
दार्चुला– महाकाली नगरपालिका–५ खलङ्गाका करनसिंह बोहराले महाकाली नदीको बालुवाका भरमा परिवारको जोहो गर्छन् । बर्खायाममा नदीले थुपारेको र बगाएर ल्याउने बालुवा संकलन गरेर उनले पाँच जनाको परिवार पालेका छन् । बैतडीको पुच्र्यौडी नगरपालिका–५ बाट कामको सिलसिलामा २० वर्षअघि यहाँ आएका बोहराले पूरै परिवार खलङ्गा ल्याए । शुरुमा भारी बोक्ने काम खोज्दै आएका बोहरा पछि कामबाट राम्रो आम्दानी हुन थालेपछि पूरै परिवारसँगै खलङ्गा बस्दै आएका हुन् । बोहराका एक छोरा र दुई छोरी छन् । छोरीहरू महेन्द्र मावि खलङ्गामा अध्ययन गर्छन् भने छोरा ट्र्याक्टर चलाउँछन् । दुवै जना झिसमिसेमै महाकाली नदी किनार पुगेर बालुवा संकलन शुरु गर्छन् । बालुवा निकाल्न स्थानीयवासीको प्रतिस्पर्धा नै हुन्छ । बालुवा बढी थुपार्नकै लागि महाकाली नदीको मध्यभागसम्म पुग्छन् । महाकाली नदीको बङ्गाबगड क्षेत्र र वीरेन्द्र वन क्षेत्रबाट बढी बालुवा संकलन हुने गरेको छ । सदरमुकाम खलङ्गामा मात्रै सैयौँ परिवारले बालुवा झिकेर घरको जोहो चलाउने गरेका छन् । बोहरास“गै महाकाली किनारमा बालुवा संकलन गर्न भेटिएका बैतडी पुच्र्यौडीकै किसनसिंह बोहरा एक महीनाअघि मात्रै यहाँ आएका हुन् । ‘गाउँलेसँगै बालुवा निकाल्ने काममा लागेको छ’ उनले भने, ‘भेटघाटका लागि यहाँ आएको हुँ, तर महाकालीमा बालुवाबाट राम्रो आम्दानी हुने देखिएपछि काम गर्दैछु, गाउँमा काम गर्न पाइँदैन, सडकको काम डोजर र स्काभेटरले खोस्यो, अरु काम छैन ।’ वर्खाको उर्लिएको महाकाली नदीमा जोखिम मोलेर बिहानैदेखि बालुवा झिक्ने गरेका उनी स्थानीय सरकार आएपछि झनै काम खोसिएको बताउँछन् । नेपाल र भारतको सीमा भएर बग्ने महाकाली नदीमा अहिले स्थानीयवासीले दिनहँु बालुवा निकाल्ने गरेका छन् । नदीमै गएर झिकेको बालुवा ६० प्रतिकट्टा बिक्री हुने गरेको छ । ‘दैनिक ३०÷४० कट्टा बालुवा निकाल्न सकिन्छ’, उनले भने, ‘खान लगाउन पुगेको छ ।’ हिउँदमा महाकाली नदीमा बालुवा पाइँदैन । हिँउदमा गिट्टी कुट्ने काममा सक्रिय हुने गरेको करनसिंहले बताए । ‘सडक किनारमा बालुवाको थुप्रो बनाएर बिक्री गर्ने गरेका छौँ’ उनले भने, ‘महाकाली नदी निकारमा आएर पेट पाल्नकै लागि बालुवा निकालेर बोक्ने काम गर्छौँ ।’ स्थानीय भागरथी विष्ट पनि जोखिम मोलेरै महाकाली नदीमा बालुवा निकाल्दै आएका छन् । एक महीनादेखि निरन्तररूपमा बालुवा खोज्नमा व्यस्त रहेको उनले बताए । उनले भने, ‘महाकाली नदीभित्र पसेर मात्र बालुवा निकाल्न सकिन्छ, तर नदी कुन बेला बढ्छ थाहै हुँदैन ।’ दार्चुलाको व्यास, दुहँु, महाकाली नगरपालिका, लेकम गाउँपालिकाका अधिकांश नदी किनारका नागरिक बालुवामा आश्रित छन् । संकल्पद्वारा सञ्चालित दक्षिणी एशियाली सीमा नदीको पानीको सामुदायिक सदुपयोग परियोजना टोसा कार्यक्रमले गरेको सर्वेक्षणअनुसार तीन गाउँपालिका र एक नगरपालिकाका झण्डै २५० घरधुरी महाकाली नदीको बालुवा र गिट्टीमा आश्रित छन् ।
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  ०५:४९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
राष्ट्रपति रामचन्द्र पौडेलसँग नवनिर्वाचित एनआरएन पदाधिकारीहरुकाे भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नवनिर्वाचित एनआरएन पदाधिकारीहरुकाे भेट सोमबार, चैत २३, २०८२
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP