रुपन्देही - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवलबाट खटिई गएको टोलीले घुस रकमसहित रुपन्देहीमा कार्यरत अमिन पक्राउ गरेकाे छ।
नापी कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीले जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवलबाट खटिई गएको टोलीले पक्राउ गरेकाे हो ।
अख्तियारका अनुसार निज अमिन रायमाझीलाई सेवाग्राहीबाट रु३०,०००।–(तीस हजार रुपैयाँ) घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।
उक्त रकमसहित जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मा रहेको ३ नं. नापी कार्यालयको क्वाटरबाट सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९ १४:२२