Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • बालश्रमका घटनामा कमी आउँदै
बालश्रमका घटनामा कमी आउँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २६, २०७६
Hardik health
काठमाडौं– पछिल्लो समयमा बालश्रममा प्रयोग गर्ने प्रवृृत्ति कम हु“दै गएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले आर्थिक वर्ष २०७५÷०७६ मा बालश्रमसम्बन्धी विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषण भएका सामग्री अध्ययन प्रतिवेदन हेर्दा बालश्रमका घटनामा कमी आएको देखाएको छ । परिषद्का अनुसार आव २०७५÷०७६ मा बालश्रमसम्बन्धी ११२ घटना प्रकाशनमा आएका छन् । आव २०७४÷०७५ मा ३८४ बालश्रमसम्बन्धी घटना भएका थिए । बालश्रम ऐनले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन निषेध गरेको छ । १४ वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि श्रममा लगाउन नहुने व्यवस्था छ । आव २०७५÷०७६ मा सबैभन्दा बढी दोस्रो चौमासिकमा ५८, तेस्रोमा ३४ र पहिलो चौमासिकमा २० बालबालिकालाई बालश्रममा प्रयोग गरिएको देखिएको छ । श्रममा प्रयोग गरेको प्रकृति हेर्दा घरेलु तथा होटल श्रमिकमा बढी ४५ छ । इ“टा उद्योगमा २६ प्रतिशत, भारतमा काम गर्ने १२, पढाइ खर्च जुटाउन विभिन्न काम गर्ने १२, जसमा राजमार्गमा लालीगुरा“सको फूल र काफल बेच्ने, डुङ्गा चलाउने, भारी बोक्नेलगायत छन् । लागुऔषध ओसारपसारमा छ, पर्यटक घोडामा घुमाउने, डुङ्गामा चालकको रूपमा तथा विवाहलगायत शुभ कार्यमा बाजा बजाउने पा“च र यातायातमा तीन बालबालिका सङ्लग्न रहेको पाइएको छ । बालश्रममा प्रयोग गरिएका बालबालिकालाई लैङ्गिकरूपमा विश्लेषण गर्दा बालक ९१ र बालिका २१ रहेका छन् । उमेर समूहका आधारमा १० वर्ष वा सोभन्दामुनिका नौ, ११ देखि १४ वर्षको ४३ र १५ देखि १८ वर्षको ६० रहेको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए। पछिल्लो समयमा बालबालिकालाई विभिन्न बहाना बनाई समाजमा हत्या गर्ने प्रचलन बढ्दै गएको छ । सो अवधिमा बालबालिका हत्याका ६५ घटना सार्वजनिक भएकोमा सबैभन्दा बढी पहिलो चौमासिकमा २४ घटना भएका छन् । तेस्रो चौमासिकमा २३ र दोस्रो चौमासिकमा १८ बालबालिकाको हत्या भएको छ । हत्या भएका बालबालिकामध्ये घरायसी कलहका कारण २७, अवैध सम्बन्धका कारण जन्मिएका २० र सौतेनी आमा वा बाबुले गरेको हत्या १३ छन् । हत्या भएका बालबालिकालाई लैङ्गिकरूपमा हेर्दा बालक २५, बालिका २६ र शिशु १४ गरी ६५ जनाको हत्या भएको देखिन्छ । उमेरगत समूहलाई हेर्दा शिशुदेखि पा“च वर्ष २३, ६ देखि १० वर्ष ३१ र ११ देखि १८ वर्ष ११ बालबालिकाको हत्या भएको देखिन्छ । विद्यालय तथा माध्यमिक विद्यालयमा बालबालिकालाई विभिन्न खाले शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको प्रवक्ता चन्दको भनाइ थियो । सो अवधिमा विभिन्न सञ्चारमाध्यममा ३७ शारीरिक सजायका घटना सार्वजनिक भएका छन् । सो अवधिमा २१ बालिका र छ बालबालिकाले आत्महत्या गरेका छन् । सो अवधिमा १२ बालबालिकाको अपहरण भएकोमा पा“चको हत्या भएको थियो भने पा“चको अपहरणपछि सकुशल उद्धार, संरक्षण गरिएको थियो । दुई जनाको अवस्था जानकारीमा आएको छैन । रासस
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  ०५:५४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP