Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियामा नेपाली व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा
मलेसियामा नेपाली व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ८, २०७९
Hardik health
काठमाडौं- नेपाली श्रमिकहरुको प्रमुख रोजगार गन्तव्य मलेसियाका रोजगारदाताबाट कामदारको मागपत्र हात पार्न नेपाली व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको पाइएको छ । म्यानपावर कम्पनीहरूले मागपत्र प्राप्त गर्न त्यहाँ ठूलो रकमको चलखेलसमेत गर्ने गरेको बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पछिल्लो मलेसिया भ्रमणको क्रममा मलेसियाका रोजगारदाताहरुले यो कुरा उठाएका हुन् । मन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलस“गको द्विपक्षीय छलफलमा नेपाली व्यवसायीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण समस्या भएको विषय उनीहरुले उठाएका थिए । यस विषयमा वैदेशिक रोजगार विभागले अध्ययन थालेको छ ।
मागपत्र हात पार्न हुने अस्वस्थ प्रतिस्पर्धा र आर्थिक चलखेलबारे वैदेशिक रोजगार विभागले थाल्यो अध्ययन  
अध्ययन प्रयोजनकै लागि विभागले म्यानपावर कम्पनीहरुसँग विवरण माग गरेको छ । शुक्रबार एक सूचना जारी गरी विभागले म्यानपावर कम्पनीहरुलाई मलेसिया पठाइएका श्रमिकहरुको रोजगारदाता कम्पनीको विवरण तथा रोजगारदाताबाट प्राप्त भएको हवाई टिकटसहित अन्य सेवा शुल्कको आम्दानी र खर्च विवरण सात दिनभित्र पेस गर्न निर्देशन दिएको छ । नेपाल सरकार र मलेसियाबीच सन् २०१८ मा द्विपक्षीय श्रम सम्झौता सम्पन्न भई मलेसिया जाने कामदारको हकमा ‘फ्रि भिसा, फ्रि टिकट’को प्रावधान लागू गरिएको थियो । उक्त सम्झौता अनुसार मलेसिया जाने कामदारलाई आउने–जाने हवाई टिकट, भिसा जारी तथा नवीकरण दस्तुर, लेबीलगायतका शुल्कहरु रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था विद्यमान रहेको विभागले जनाएको छ । तर, मलेसियाबाट कामदारको मागपत्र प्राप्त गर्न म्यानपावर व्यवसायीले अस्वस्थ प्रतिस्पर्धा र ठूलो रकमको चलखेल गर्ने गरेको तथ्य जानकारीमा आएको विभागले उल्लेख गरेको छ । वैदेशिक रोजगारीमा भएको यस्तो बेथिति वा हुनसक्ने अवस्थाको अन्त्य गरी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन व्यवसायीहरुलाई विभागले आग्रहसमेत गरेको छ । ‘मिति २०७९ वैशाख १४ देखि १९ गतेसम्म माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीज्यूको नेतृत्वमा सम्पन्न मलेसिया भ्रमणको सिलसिलामा रोजगारदाता संस्थाहरुका प्रतिनिधिसमेतको उपस्थितिमा भएको द्विपक्षीय छलफलमा कामदारहरुको मागपत्र प्राप्त गर्न नेपाली व्यवसायीहरुबाट अस्वस्थ प्रतिस्पर्धा हुने गरेको विषय उठान भएको र हालसालै पनि व्यवसायीहरुले मागपत्र प्राप्त गर्न ठूलो रकमको चलखेल भएको भन्ने जानकारी प्राप्त भएको,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ । श्रम सम्झौता अनुरुप कार्यान्वयन भइरहेको विद्यमान व्यवस्था विपरीत भइरहेका र हुनसक्ने गतिविधिलाई रोक्न व्यवसायीहरुको सहयोग अनिवार्य रहेको विभागले जनाएको छ । श्रम मन्त्रालयका एक अधिकारीका अनुसार व्यवसायीहरुको अस्वस्थ प्रतिस्पर्धाले नेपाली कामदारहरु मारमा पर्दै आएका छन् । विभागको अध्ययनबाट त्यस्तो विकृति पुष्टि भए कारबाही गरिनेसमेत उनले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP