Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बेलायतमा नर्सलाई रोजगारी सम्झौता प्रक्रिया अझै लम्बिने
बेलायतमा नर्सलाई रोजगारी सम्झौता प्रक्रिया अझै लम्बिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ५, २०७९
Nursee
Hardik health
काठमाडौं- बेलायत सरकारले सन् २०२१ नोभेम्बरमा नेपालबाट स्वस्थ्यकर्मी(नर्स) लैजाने प्रस्ताव गरेपनि सम्झौता प्रक्रिया अझै अगाडि बढ्न सकेको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही मे २१ मा सम्झौता प्रक्रिया सम्पन्न गर्ने बताएको थियो । तर,उक्त मितिमा सम्झौता सम्पन्न नहुने निश्चित भएको छ । मन्त्रालयले स्थानीय तह निर्वाचनका कारण सम्झौता प्रक्रियामा ढिलाइ हुन पुगेको बताएको छ । बेलायतबाट नेपाली नर्सिङ जनशक्ति माग गर्दै श्रम सम्झौताका लागि भएको प्रस्तावमाथि विभिन्न चरणमा श्रम मन्त्रालय र बेलायत सरकारको नेसनल हेल्थ सर्भिसेसका प्रतिनिधिबीच छलफल भए पनि निचोड आइसकेको छैन । सरकारले आवश्यक प्रक्रिया पूरा गरेर २०७९ वैशाख अन्तिमदेखि नर्सिङ जनशक्ति पठाउने उल्लेख गरेको भए पनि अझैसम्म सम्झौताको मापदण्ड तयार पार्न सकेको छैन ।
बेलायतले ‘जिटुजी’ अर्थात् सरकार- सरकारबीच नै सम्झौता गरेर नेपाली नर्सिङ जनशक्ति लैजाने प्रस्ताव गरेको थियो । बेलायत सरकारबाट प्रस्ताव आएको छ महिना बितिसक्दा पनि आवश्यक मापदण्ड बनाउन ढिलाइ गर्नुले रोजगारीको लागि आएको राम्रो मौका गुम्ने खतरा बढेको सरोकारवालाहरु बताउँछन् । श्रम मन्त्रालयका अधिकारीहरु भने त्यस्तो अवस्था नभएको दाबी गर्छन्।
श्रम मन्त्रालयले यही मे २१ मा नेपाल आउन लागेको बेलायतको प्रतिनिधिमण्डलसँग नर्स पठाउने विषयमा सम्झौता गर्ने तयारी गरेको थियो । त्यसको लागि आवश्यक प्रक्रिया र मापदण्डबारे परराष्ट्र मन्त्रालयस“ग समन्वय गर्नुपर्ने हु“दा ढिलाइ हुन गएको श्रम मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘बेलायतमा नेपाली नर्स पठाउने प्रक्रियाका लागि आवश्यक मापदण्ड तयार पारेर ड्राफ्ट परराष्ट्र मन्त्रालय पठाएका छौं,’श्रम मन्त्रालयका प्रवक्ताएवं सहसचिव डण्डुराज घिमिरेले भने, ‘यसमा हाम्रो मात्र विषय नभएकाले परराष्ट्रले के–कस्तो हेरफेर र सुझाव दिन्छ त्यसको आधारमा अगाडि बढ्छौं ।’ उनका अनुसार अहिले नै सम्झौताले मूर्तरुप पाउने अवस्था छैन । परराष्ट्र मन्त्रालयबाट आवश्यक प्रक्रिया र मापदण्डमा स्वीकृति दिइहाले पनि कानुन मन्त्रालयले त्यसको अन्तिम अध्ययन र प्रमाणीकरण गर्नुपर्ने हुन्छ । घिमिरेले नर्सिङ जनशक्ति पठाउन तयार पारिएको मापदण्डको ड्राफ्ट परराष्ट्र, कानुन हुँदै श्रम मन्त्रालयसम्म आउन समय लाग्ने भएकाले अहिले आउने बेलायती प्रतिनिधिमण्डलस“ग सम्झौता हुन नसक्ने बताए । उनले भने, ‘स्थानीय तह निर्वाचनका कारण अहिले तत्काल सम्झौता हुने अवस्था छैन । तर, जेठको अन्तिम वा असारको पहिलो हप्तासम्म सबै प्रक्रिया पूरा गरेर सम्झौता गर्ने तयारीमा छौं ।’ बेलायतले ‘जिटुजी’ अर्थात् सरकार-सरकारबीच नै सम्झौता गरेर नेपाली नर्सिङ जनशक्ति लैजाने प्रस्ताव गरेको थियो । बेलायत सरकारबाट प्रस्ताव आएको छ महिना बितिसक्दा पनि आवश्यक मापदण्ड बनाउन ढिलाइ गर्नुले रोजगारीको लागि आएको राम्रो मौका गुम्ने खतरा बढेको सरोकारवालाहरु बताउँछन् । तर, बेलायतले नेपालबाट मात्र नभई एसियाली मुलुकहरुबाट एक लाख नर्सिङ जनशक्ति लैजाने तयारी गरेकाकारण नेपालले नर्सिङ जनशक्ति पठाउनपाएको अवसर गुमिहाल्ने अवस्था नभएको श्रम मन्त्रालयका अधिकारीहरुको दाबी छ । बेलायतले कस्तो खालको नर्सिङ जनशक्ति माग गरेको हो भन्ने विषयमा स्पष्ट नखुलाएका कारण पनि मापदण्ड तयार पार्न ढिलाइ भएको मन्त्रालयले जनाएको छ । बेलायत सरकारले वर्किङ भिसामा जानयोग्य नर्सिङ जनशक्तिलाई खाने-बस्ने व्यवस्थासहित शून्य लागतमा जान पाउने प्रावधानको प्रस्ताव गरेको छ । नर्सिङ जनशक्ति लैजानका लागि आइइएलटिएसमा सात अंक प्राप्त गरेको हुनुपर्ने, रोजगारीको अवधि पाँच वर्षको हुने र पाँच वर्षपछि नेपाल फिर्ता हुनुपर्ने सर्त राखेको छ । यसरी जाने जनशक्तिले आकर्षक पारिश्रमिक पाउने जनाइए पनि अन्य सेवा सुविधाबारे प्रस्ट खुलाइएको छैन । वर्किङ भिसा प्राप्त गर्ने नर्सिङ जनशक्तिले बेलायतको नेसनल हेल्थ सर्भिसेसअन्तर्गत सरकारी अस्पतालमा काम गर्न पाउने छन् । नेपालबाट १० हजार जनशक्ति लैजाने नीति भएपनि बेलायतले पहिलो वर्ष दुई हजार जनालाई रोजगारीको अवसर दिनेछ । पहिलो चरणमा २०० देखि ३०० नर्स पठाउनेतयारी भइरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP